२०८३ कार्तिक ११ गते मङ्गलबार

१५औं महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदनः गल्ती स्वीकार्दै नयाँ दिशा तय गर्ने संकल्प

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १९
gagan thapa

काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

काठमाडौंको खुलामञ्चमा जारी महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमार्फत सभापति थापाले विगतका राजनीतिक कमजोरी तथा सत्ताकेन्द्रित अभ्यासको गम्भीर आत्मसमीक्षा गर्दै पार्टीलाई नयाँ वैचारिक तथा सांगठनिक दिशा दिने संकल्प अघि सारेका हुन् ।

प्रतिवेदनमा वि.सं. २०६२/६३ देखि २०८२ सम्मका दुई दशकको राजनीतिक यात्रा र निर्वाचन परिणामको निर्मम समीक्षा गरिएको छ । सभापति थापाले विगतमा उद्देश्यभन्दा पद र सत्तालाई बढी महत्त्व दिँदा नागरिकसँगको विश्वास कमजोर बनेको स्वीकार गरेका छन् ।

साथै, वि.सं. २०८२ भदौमा भएको युवा विद्रोहलाई आकस्मिक वा क्षणिक आवेगका रूपमा नभई सुशासन, रोजगारी र जवाफदेही राज्यका लागि उठेको जायज नागरिक आवाजका रूपमा बुझ्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । उक्त आन्दोलनका क्रममा भएका हिंसा, दमन र जनधनको क्षतिको स्वतन्त्र तथा निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउनुपर्ने माग पनि प्रतिवेदनमार्फत गरिएको छ ।

राजनीतिक प्रतिवेदनमा आगामी दिनमा कांग्रेसले अवलम्बन गर्ने प्रमुख नीति तथा कार्यदिशा यस प्रकार समेटिएका छन् ः

चुनावपूर्व गठबन्धन नगर्ने अडानः कांग्रेस अब निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगरी आफ्नै चुनाव चिह्न (रुख) र आफ्नै मौलिक कार्यक्रम लिएर जनतामाझ जाने स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको छ ।

जिम्मेवार प्रतिपक्षको भूमिकाः हाल संघीय संसद्मा प्रतिपक्षको जिम्मेवारीमा रहेको कांग्रेसले सरकारको नियमित विरोध मात्र नगरी तथ्यमा आधारित निगरानी गर्ने, सार्वजनिक सरोकारका मुद्दा उठाउने र भरपर्दो वैकल्पिक नीति प्रस्तुत गर्ने जनाइएको छ ।

प्रधानमन्त्रीको दुई कार्यकाल सीमाः प्रतिवेदनमा शासकीय सुधारका लागि प्रधानमन्त्रीको पदावधि बढीमा दुई कार्यकाल मात्र कायम गर्ने संवैधानिक प्रस्ताव अघि सारिएको छ ।

यसका साथै संवैधानिक नियुक्तिमा दुई वर्षको ‘कुलिङ अफ पिरियड’ (अवकाशपछिको निश्चित अन्तराल) को व्यवस्था प्रस्ताव गरिएको छ । उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्रः बिपी कोइरालाको लोकतान्त्रिक समाजवादको मर्मलाई आत्मसात् गर्दै आजको चुनौतीलाई ‘हातमा पासपोर्ट बोकेर उभिएको वा देशभित्रै अवसर खोजिरहेको युवा’को यथार्थसँग जोड्नुपर्ने उल्लेख छ ।

यसका लागि निजी क्षेत्र–मैत्री (प्रो–प्राइभेट), उच्च आन्तरिक उत्पादनमुखी (प्रो–ग्रोथ) र सामाजिक न्याय–केन्द्रित (प्रो–सोसल जस्टिस) तीनखम्बे आर्थिक मार्गचित्र प्रस्तुत गरिएको छ ।

प्राइमरी निर्वाचन र आन्तरिक लोकतन्त्रः निर्वाचनमा टिकट वितरण गर्दा नेतृत्वको निकटता वा आर्थिक सामथ्र्यका आधारमा नभई पार्टी सदस्यहरूको मत (प्राइमरी), योग्यता, सामुदायिक योगदान र आचरणका आधारमा गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

पुस्तागत सहकार्य र समावेशिताः पार्टीका हरेक तहमा कम्तीमा एक तिहाइ महिला पदाधिकारी सुनिश्चित गर्ने र पाँच पुस्ताको अनुभवलाई जोड्न १८ देखि २१ वर्ष उमेर समूहका युवा समेटिएको ‘युथ काउन्सिल’ र अग्रजहरूको ‘विसडम काउन्सिल’ गठन गर्ने अवधारणा ल्याइएको छ ।

पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलताः पार्टीका कुनै पनि सदस्य वा पदाधिकारीमाथि भ्रष्टाचार वा अनियमितताको आरोप लागेमा पार्टीले संस्थागत संरक्षण वा बचाउ नगर्ने र कानुनको सामना गर्नुपर्ने नीति तय गरिएको छ ।

साथै, शहीद तथा घाइते परिवारको शिक्षा र स्वास्थ्य सहयोगका लागि १० करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ । पार्टीलाई केवल सत्ताको खेलमा सीमित नराखी आम नागरिकको जीवन बदल्ने सामाजिक आन्दोलनका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै सभापति थापाले ‘समुन्नत नेपाल र सम्मानित नेपाली’को राष्ट्रिय ध्येय पूरा गर्न महाधिवेशनसमक्ष आह्वान गरेका छन् ।

प्रकाशित: २०८३ असोज १९ गते सोमबार ०२:२८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना