२०८३ असोज १९ गते सोमबार

पासपोर्ट बोकेको युवालाई उद्यमी बनाउने कांग्रेसको आर्थिक नीति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १९
gagan thapa

काठमाडौं। नेपाली कांग्रेसले मुलुकको आर्थिक विकासको केन्द्रमा विदेशमा अवसर खोजिरहेको युवालाई राख्दै उनीहरूलाई श्रम बजारका कामदार मात्र नभई उद्यमशीलता र सम्पत्ति सिर्जनाका साझेदार बनाउने नीति अघि सारेको छ।

कांग्रेस सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण तथा समुन्नति’ राजनीतिक प्रस्तावमा पछिल्लो समय नेपालको प्रमुख आर्थिक चुनौतीका रूपमा युवा पलायन, कमजोर उत्पादकत्व र आयातनिर्भरतालाई औँल्याउँदै आर्थिक विकासको प्राथमिकता बदल्नुपर्ने प्रस्ताव गरिएको छ।

प्रस्तावमा बीपी कोइरालाको समयको ‘हलो जोतिरहेको किसान’को प्रतीकलाई अहिले ‘हातमा पासपोर्ट बोकेर देशभित्रै र विदेशमा अवसर खोजिरहेको युवा’को यथार्थसँग जोडिएको छ। युवालाई आर्थिक विकासको नीतिको केन्द्रमा राख्दै उनीहरूलाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई नवप्रवर्तन, उद्यमशीलता र सम्पत्ति सिर्जनाका साझेदार बनाउने कांग्रेसको प्रस्ताव छ।

कांग्रेसले आर्थिक नीतिको सफलता कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बढेको तथ्यांकबाट मात्र नाप्न नहुने जनाएको छ। नागरिकको जीवनस्तरमा आएको परिवर्तन, सिर्जना भएको मर्यादित रोजगारी र देशभित्रै विस्तार भएको आर्थिक अवसरलाई आर्थिक नीतिको मुख्य परिणामका रूपमा लिनुपर्ने प्रस्तावमा उल्लेख छ।

यसका लागि उत्पादन, उद्यम र रोजगारी विस्तारलाई आर्थिक नीतिको केन्द्रमा राख्ने कांग्रेसको प्रस्ताव छ। विशेषगरी युवालाई उद्यमशीलतामा जोड्दै निजी क्षेत्रलाई आर्थिक समुन्नतिको मुख्य इन्जिन बनाउने अवधारणा अघि सारिएको छ।

‘युवा श्रम बजारका कामदार मात्र होइनन्’

कांग्रेसले युवालाई केवल श्रम बजारका लागि आवश्यक जनशक्तिका रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने जनाएको छ। युवालाई नवप्रवर्तन, उद्यमशीलता र सम्पत्ति सिर्जनाको साझेदार बनाउने प्रस्तावमा उल्लेख छ।

त्यसका लागि निजी क्षेत्रलाई लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण, युवालाई उद्यमको अवसर तथा पछाडि परेका समुदायलाई उत्पादन र सम्पत्ति सिर्जनामा सहभागी हुने अवसर उपलब्ध गराउनुपर्ने कांग्रेसको दृष्टिकोण छ।

कांग्रेसको प्रस्तावले युवालाई देशमै रोक्न राज्यले प्रत्यक्ष रोजगारी बाँड्नेभन्दा उनीहरूले आफ्नै क्षमता प्रयोग गरेर अवसर सिर्जना गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने संकेत गरेको छ।

प्रस्तावअनुसार राज्यको भूमिका प्रत्यक्ष व्यापार वा व्यवसाय सञ्चालन गर्नेभन्दा प्रभावकारी नियमन, आधुनिक पूर्वाधार निर्माण, गुणस्तरीय सार्वजनिक सेवा र समान अवसर सुनिश्चित गर्नेमा केन्द्रित हुनुपर्छ।

कांग्रेसले यही आधारमा उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्रलाई आफ्नो आर्थिक मार्गचित्रको तीन आधारका रूपमा अघि सारेको छ। उदार अर्थतन्त्रले निजी क्षेत्र र लगानीलाई अघि बढाउने, उत्पादनमुखी अर्थतन्त्रले आन्तरिक उत्पादन र रोजगारी बढाउने तथा न्यायमूलक अर्थतन्त्रले आर्थिक अवसरबाट पछाडि परेका समूहलाई उत्पादन र सम्पत्ति सिर्जनामा जोड्ने प्रस्तावमा उल्लेख छ।

यसरी कांग्रेसले आर्थिक नीतिलाई वैदेशिक रोजगारीबाट आउने आयमा निर्भर रहने अवस्थाबाट उत्पादन, उद्यम र रोजगारी सिर्जना गर्ने अर्थतन्त्रतर्फ लैजाने वैचारिक दिशा अघि सारेको छ।

 

प्रकाशित: २०८३ असोज १९ गते सोमबार ०३:२४
प्रतिक्रिया

थप समाचार

उच्च आर्थिक वृद्धि हासिल गर्न उत्पादनमा आधारित अर्थतन्त्र बढाउने कांग्रेसको नीति

काठमाडौं। नेपाली कांग्रेसले आयातमा निर्भर अर्थतन्त्रको संरचना बदल्दै आन्तरिक उत्पादन र उत्पादकत्व बढाउने आर्थिक नीति अघि सारेको छ। कांग्रेसको प्रस्तावमा उच्च, दिगो र समावेशी आर्थिक वृद्धि...

कांग्रेसको आर्थिक नीतिः निजी क्षेत्र सम्पत्ति निर्माण, उत्पादन, नवप्रवर्तन र रोजगारीको मुख्य इन्जिन

निजी लगानीको सुरक्षा, नीतिगत स्थिरता र व्यापार गर्न सहज वातावरण बनाउँदै सरकार र निजी क्षेत्रको सम्बन्धलाई नियमन तथा कर असुलीबाट सहकार्य र साझेदारीतर्फ लैजाने प्रस्ताव उनको प्रतिवेदनमा उल्लेख...

यसै वर्ष आर्थिक सुधारका २७ नयाँ कानुन ल्याउन सरकारको तयारी

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सुधारका लागि सरकारले चालू आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने बताएका छन्। शुक्रबार आयोजित नेपाल पूर्वाधार सम्मेलन २०२६ तयारी सम्बन्धी...

नेप्से सुधारदेखि आईपीओ प्रणाली पुनरावलोकनसम्म, अर्थ समितिका ५ निर्देशन

काठमाडौँः नेपाली पुँजी बजारमा देखिँदै आएका कानुनी अस्पष्टता, प्रविधिगत कमजोरी र अस्वस्थ कारोबार नियन्त्रणका लागि प्रतिनिधिसभाको अर्थ समितिले सरकार तथा नियामक निकायलाई कडा निर्देशन दिएको...

भारतद्वारा जुट आयातमा एन्टी डम्पिङ शुल्क परिमार्जन

काठमाडौँ: भारत सरकारले नेपाल र बंगलादेशबाट जुट आयातमा एन्टी डम्पिङ शुल्क परिमार्जन गरेको छ। जसमा उत्पादन र उत्पादकको आधारमा विशिष्ट उत्पादकहरूका लागि शून्य शुल्क र बाँकीका लागि उच्च दर तोकिएको...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...
beema_pradhikaran
बीमा

रसुवा बाढीमा भएको क्षतिमा झण्डै २१ अर्बको बीमा दाबी, कुन कम्पनीमा कति ? 

काठमाडौँः गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट भएको क्षतिका लागि बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना