काठमाडौंं। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली सार्वजनिक गरेको छ। निर्वाचन समितिले ७ हजार ११४ सय जना मतदाताको नामावली सार्वजनिक गरेको हो।
नेपाली कांग्रेसको विधान तथा निर्वाचन निर्देशिका, २०८३ बमोजिम १६ देखि २२ गतेसम्म सम्पन्न हुने १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचन प्रयोजनका लागि नामावली सार्वजनिक गरिएको हो।


