काठमाडौं। उद्योगी विनोद चौधरीले नेपाली कांग्रेसको उपसभापति पदमा उमेदवारी दिएका छन्। उनले समावेशी समूहबाट उपसभापतिमा उमेदवारी दर्ता गराएका हुन्।
कांग्रेसको राजधानीमा जारी १५औँ महाधिवेशनअन्तर्गत मंगलबार नयाँ कार्यसमिति चयनका लागि उमेदवारी दर्ता भइरहेको छ।
महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्वका लागि मतदान गर्ने भएका छन्।


