२०८३ कार्तिक ११ गते मङ्गलबार

के नेयमार पीएसजीका समस्या हुन्?

 |  Untitled
Sanket

Untitled

काठमाडौं, फागुन १९
neymar
नेयमार। तस्बिर : जोन बेरी/गेट्टी इमेजेज

काठमाडौँ- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका लागि वर्षको सुरुवात ठिकठाक भएन। टिमका स्टार खेलाडी नेयमारको अनुपस्थितिसँग जोडेर टिमको पुनरुत्थानका विषयमा चर्चा हुन थालेको छ। अहिले क्लबका केही प्रशंसक चकितसमेत छन्।

उनीहरुलाई लाग्न थालेको छ- फ्रेन्च च्याम्पियन ब्राजिलयन स्टार नहुँदा नै बलियो टिम बन्नेछ। लिग वान अन्तर्गत रेन्नस, लेन्स र मोनाको विरुद्धको अप्रत्यासित हार, च्याम्पियन लिगको पहिलो लेगमा वायर्न म्युनिखसँगको पराजय र फ्रेन्च कपमा मार्सेलीसँगको पराजयका कारण पीएसजीमा चिन्ता थपिएको हो।

नेयमारले चोट बोक्न पुगेको घरेलु लिग अन्तर्गत लिलेविरुद्धको खेलमा लियोनल मेस्सीको शानदार ‘फ्री-किक’को सहयोगमा पीएसजीले ४-३ को कठिन जित निकालेको थियो। यस्तै मार्सेलीविरुद्ध भने पीएसजीले ३-० को सहज जित दर्ता गरायो।

त्यसो त नेयमार नहुँदाका बखत टिममा सन्तुलन बढेको विश्वास गर्नेहरूको पनि कमी छैन। नेयमार अनुपस्थित रहेको मार्सेलीविरुद्धको खेलमा नेयमार उपस्थित थिएनन्। तर, उनको अनुपस्थितिमा टिमले सन्तुलित पास खेलेको थियो र आक्रमण पनि धारिलो देखिन्थ्यो।

नेयमारको क्षमतामाथि शंका गर्ने वा प्रश्न उठाउने ठाउँ छैन। तर मेस्सी र एम्बाप्पेबीचको तालमेल नेयमारको अनुपस्थितिमा राम्रो देखिएको भने पक्कै हो। जब मेस्सी पीएसजी आए तब नेयमार नहुँदा टोलीले २८ खेलमा २२ जित दर्ता गरेको छ। जुन ७८.७५ प्रतिशतको जितदर हो।

नेयमार व्यावसायिक फुटबलको इतिहासका सबैभन्दा महँगा खेलाडी हुन्। र चर्चा चल्न थालेको छ, आगामी सिजनमा पीएसजीलाई नेयमारलाई ट्रान्सफर मार्केटमा राख्न सक्नेछ। पीएसजीले सन् २०१७ मा बार्सिलोनाबाट नेयामार अनुबन्ध गर्दा २२२ मिलियन यूरो तिरेको थियो। आजका दिनमा त्यो मोटो रकम नेयमारको विक्रिबाट उठ्न नसक्ने कुरा पीएसजीले बुझेकै छ। तर पनि नेयरमालाई अनुबन्ध गर्ने कुरा अन्य टोलीका लागि सहज काम भने होइन। केही सीमित टोली छन्, जसले नेयमारको ट्रान्सफर मूल्य तिर्न सक्छन्।

यस्तोमा नेयमारसँग नाम जोडिएको एउटा टोली हो- इंग्लिस क्लब चेल्सी। चेल्सीले नेयमार अनुबन्ध गर्न चासो देखाएको छ। चेल्सीले नेयमारलाई ६० मिलियन यूरो तिरेर अनुबन्ध गर्ने प्रयास गरिररहेको छ।

–मार्काबाट

प्रकाशित: २०७९ फाल्गुण १८ गते बिहिबार ०२:२२
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना