२०८३ साउन १३ गते बुधबार

के नेयमार पीएसजीका समस्या हुन्?

 |  Untitled
Sanket

Untitled

काठमाडौं, फागुन १९
neymar
नेयमार। तस्बिर : जोन बेरी/गेट्टी इमेजेज

काठमाडौँ- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका लागि वर्षको सुरुवात ठिकठाक भएन। टिमका स्टार खेलाडी नेयमारको अनुपस्थितिसँग जोडेर टिमको पुनरुत्थानका विषयमा चर्चा हुन थालेको छ। अहिले क्लबका केही प्रशंसक चकितसमेत छन्।

उनीहरुलाई लाग्न थालेको छ- फ्रेन्च च्याम्पियन ब्राजिलयन स्टार नहुँदा नै बलियो टिम बन्नेछ। लिग वान अन्तर्गत रेन्नस, लेन्स र मोनाको विरुद्धको अप्रत्यासित हार, च्याम्पियन लिगको पहिलो लेगमा वायर्न म्युनिखसँगको पराजय र फ्रेन्च कपमा मार्सेलीसँगको पराजयका कारण पीएसजीमा चिन्ता थपिएको हो।

नेयमारले चोट बोक्न पुगेको घरेलु लिग अन्तर्गत लिलेविरुद्धको खेलमा लियोनल मेस्सीको शानदार ‘फ्री-किक’को सहयोगमा पीएसजीले ४-३ को कठिन जित निकालेको थियो। यस्तै मार्सेलीविरुद्ध भने पीएसजीले ३-० को सहज जित दर्ता गरायो।

त्यसो त नेयमार नहुँदाका बखत टिममा सन्तुलन बढेको विश्वास गर्नेहरूको पनि कमी छैन। नेयमार अनुपस्थित रहेको मार्सेलीविरुद्धको खेलमा नेयमार उपस्थित थिएनन्। तर, उनको अनुपस्थितिमा टिमले सन्तुलित पास खेलेको थियो र आक्रमण पनि धारिलो देखिन्थ्यो।

नेयमारको क्षमतामाथि शंका गर्ने वा प्रश्न उठाउने ठाउँ छैन। तर मेस्सी र एम्बाप्पेबीचको तालमेल नेयमारको अनुपस्थितिमा राम्रो देखिएको भने पक्कै हो। जब मेस्सी पीएसजी आए तब नेयमार नहुँदा टोलीले २८ खेलमा २२ जित दर्ता गरेको छ। जुन ७८.७५ प्रतिशतको जितदर हो।

नेयमार व्यावसायिक फुटबलको इतिहासका सबैभन्दा महँगा खेलाडी हुन्। र चर्चा चल्न थालेको छ, आगामी सिजनमा पीएसजीलाई नेयमारलाई ट्रान्सफर मार्केटमा राख्न सक्नेछ। पीएसजीले सन् २०१७ मा बार्सिलोनाबाट नेयामार अनुबन्ध गर्दा २२२ मिलियन यूरो तिरेको थियो। आजका दिनमा त्यो मोटो रकम नेयमारको विक्रिबाट उठ्न नसक्ने कुरा पीएसजीले बुझेकै छ। तर पनि नेयरमालाई अनुबन्ध गर्ने कुरा अन्य टोलीका लागि सहज काम भने होइन। केही सीमित टोली छन्, जसले नेयमारको ट्रान्सफर मूल्य तिर्न सक्छन्।

यस्तोमा नेयमारसँग नाम जोडिएको एउटा टोली हो- इंग्लिस क्लब चेल्सी। चेल्सीले नेयमार अनुबन्ध गर्न चासो देखाएको छ। चेल्सीले नेयमारलाई ६० मिलियन यूरो तिरेर अनुबन्ध गर्ने प्रयास गरिररहेको छ।

मार्काबाट

प्रकाशित: २०७९ फाल्गुण १८ गते बिहिबार ०२:२२
प्रतिक्रिया

थप समाचार

अर्जेन्टिनाका लियोनेल मेस्सी उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। अन्तरर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको...

यसपटकको विश्वकपबाट फिफाले गर्‍यो १५ अर्ब डलरको कीर्तिमानी आम्दानी

फिफाले यस गृष्मकालीन विश्वकपबाट १५ अर्ब अमेरिकी डलरको कीर्तिमानी आम्दानी गरेको छ। यो आम्दानी सुरुमा लक्ष्य राखिएको ११ अर्ब डलरभन्दा निकै बढी हो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार...

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रका संघलाई बढ्नेछ सहयोग

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन्। यो रकम प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा...

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स, एएफपी। स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ। समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना