२०८३ असोज २६ गते सोमबार

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]
 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २५
beni

म्याग्दी। कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको सास्ती हटेको छैन। साँघुरो, हिलाम्मे र जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप बढ्दा घण्टौँसम्म जाम हुने गरेको छ।

यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङ जोड्ने सडकका विभिन्न खण्ड बगाएको थियो। नदी कटान भएका स्थानमा अस्थायी एकतर्फी मार्ग निर्माण र पहिरो पन्छाएपछि बिहीबार साँझदेखि सवारीसाधन सञ्चालन गर्न थालिएको हो।

सडक सञ्चालनमा आएसँगै उपल्लो मुस्ताङ र चीनको कोरला नाकाबाट भन्सार जाँच पास गराएर आएका करिब पाँच सय मालवाहक कन्टेनर तथा ट्रक गन्तव्यमा पुग्ने प्रतिक्षामा सडकमा रोकिएका छन्। बेनीबाट मुस्ताङतर्फ जाने सवारी साधनको चापसमेत बढ्दा सडकमा लामो जाम हुने गरेको छ।

दसैँ र जाडोयामका लागि चीनबाट आयात गरिएका कपडा, खाद्यान्न तथा फलफूल बोकेका कन्टेनर लामो समयसम्म बाटोमै रोकिँदा व्यवसायी र चालक समस्यामा परेका छन्। विशेषगरी फलफूल बोकेका केही गाडीमा सामान कुहिन थालेको छ। सडक अवरुद्ध हुँदा सामान ढुवानीमा ढिलाइ हुनुका साथै व्यवसायीले आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ।

क्षतिग्रस्त सडकको मर्मत तथा सुधारको काम जारी रहेकाले काम गर्नुपर्ने समयमा सवारी आवागमन रोकिने गरेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताइन्।

‘सोमबारदेखि सबै किसिमका सवारीसाधन सञ्चालन गराउने कार्ययोजना अनुसार परिक्षणका लागि हलुका सवारीसाधन मात्र गुडाउन थालिएको सडकमा अन्धाधुन्दा रूपमा मालवाहक ट्रक, पर्यटक र यात्रुवाहक यातायातका साधन चल्न थालेपछि मर्मतको काम प्रभावित भयो’, उनले भनिन्, ‘प्रारम्भिक मर्मत भएको सडकलाई हिलो बनाउदाँ तिल्केनीचौरलगायत केही ठाउँमा गाडी फस्ने समस्या देखिएको छ।’

कमजोर सडकमा पुनः पहिरो खस्ने र आवागमन अवरुद्ध हुने चिन्ताले चालक तथा यात्रु त्रसित छन्। बेनी-जोमसोम-कोरला सडक योजनाका प्राविधिक विनोद पौडेलले कुनौटा-पोखरेबगर क्षेत्रको करिब १० किलोमिटर सडक सुधारलाई तीव्रता दिइएको जानकारी दिए। उनका अनुसार असोज २६ गतेभित्र मर्मत सकेर सहज रूपमा सञ्चालन गर्न सकिने बनाउने लक्ष्य राखिएको छ।

लामो समय सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न तथा खाना पकाउने ग्यासको आपूर्तिमा समस्या हुनुका साथै विद्युत् र फोन तथा इन्टरनेट सेवासमेत प्रभावित भएका छन्। दैनिक उपभोग्य वस्तुको आपूर्ति र जनजीवन सहज बनाउन सडकको पूर्ण सुधार आवश्यक देखिएको छ।

चीनसँगको व्यापारिक आवागमनका लागि प्रयोग हुँदै आएका अन्य नाकामध्ये रसुवागढी बाढीपहिरोका कारण बन्द रहेको र तातोपानी नाकाबाट अपेक्षाअनुसार आवागमन हुन नसकेको अवस्थामा कोरला नाका महत्त्वपूर्ण विकल्प बनेको छ।

तर, नाकाबाट सामान आयात भए पनि बेनी-जोमसोम सडक सहज नहुँदा ढुवानी र यात्रामा समस्या कायमै छ। अस्थायी मार्गबाट सवारी सञ्चालन हुन थाले पनि सडकको पूर्ण सुधार नभएसम्म म्याग्दी र मुस्ताङबीचको आवागमन तथा चीनसँगको व्यापार सहज हुने अवस्था देखिएको छैन।

प्रकाशित: २०८३ असोज २५ गते आईतबार ०६:०२
प्रतिक्रिया

थप समाचार

करिब ८ अर्ब भारु खर्चेर नेपाल सीमासम्म फोरलेन सडक विस्तार गर्दै भारत

सडक विस्तार हुँदा मुजफ्फरपुर–सोनबरसा करिडोरबाट नेपाल सीमासम्मको बाटो ९० मिनेटमा छोट्टिने छ, खगडिया–पूर्णिया सडकले नेपाल र बंगालको ढुवानी सहज हुने र रामजानकी मार्गसँग जोडिएपछि धार्मिक पर्यटन...

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...

बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो, मानवीय क्षति छैन

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएका बाढी धादिङसम्म पुगेको छ । बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाएको छ भने नदी किनारका खेत तथा जग्गा कटान गरेको छ । धादिङमा हालसम्म मानवीय क्षति भने...

५७ पैसा महँगो हो भने पनि हामी रिभ्यु गर्न तयार छौंः अध्यक्ष धिताल

काठमाडौं। विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले विद्युत् क्षेत्रमा खुला पहुँच (ओपन एक्सेस) लागू हुँदा बजारमा प्रतिस्पर्धा बढ्ने र उपभोक्ताले सस्तोमा बिजुली पाउने बताएका छन्। शुक्रबार...

लेदो पन्छाएपछि बिपी राजमार्गमा यातायात पुनः सञ्चालन

काठमाडौं। रातभर परेको अविरल वर्षाका कारण बिपी राजमार्गको निर्माणाधीन सडक खण्डमा झरेको लेदो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ। शनिबार विहान बिपी राजमार्गअन्तर्गत नार्के र पिन्थलीबीचको...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।
roop_jyoti
बैंकिङ

व्यवसायी रुप ज्योति संकटमा, ऋण नतिरेपछि हिमालयन बैंकले दियो ‘अल्टिमेटम’

हिमालय वायर्स प्रालिले लिएको ऋण नतिरेपछि हिमालयन बैंकले रुप ज्योतिलाई ३५ दिनको ‘अल्टिमेटम’ दिएको छ। उक्त समयभित्र ऋण चुक्ता नगरे सम्पत्ति लिलाम गरेर असूल गर्ने चेतावनी बैंकले दिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना