२०८३ असोज २६ गते सोमबार

करिब ८ अर्ब भारु खर्चेर नेपाल सीमासम्म फोरलेन सडक विस्तार गर्दै भारत

[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]
 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २६
photo-1_60df7927

भारत सरकारले नेपाल र पश्चिम बंगालसम्म सीधा पहुँच विस्तार गर्ने उद्देश्यसहित दुईवटा ठूला फोरलेन सडक परियोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ। केन्द्र सरकारले मुजफ्फरपुर–सोनबरसा र खगडिया–पूर्णिया फोरलेन सडक निर्माणलाई अघि बढाएसँगै नेपाल–भारत सीमावर्ती क्षेत्रका गाउँहरू सिधै आधुनिक सडकसँग जोडिने भएका हुन्।

कुल २२६ किलोमिटर लम्बाइका यी दुई सडक सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गरिनेछन्। हाल टेन्डर प्रक्रिया अगाडि बढिरहेको यी परियोजनाले सीमाञ्चल तथा मिथिला क्षेत्रको आर्थिक र सामाजिक विकासलाई तीव्रता दिने अपेक्षा गरिएको छ।

मुजफ्फरपुर–सोनबरसा करिडोर : ९० मिनेटमै नेपाल सीमा पुगिने

नेपालको सीमासम्म द्रुत पहुँच पुर्‍याउन ८३ किलोमिटर लामो मुजफ्फरपुर–सोनबरसा फोरलेन निर्माण गरिन लागेको हो। ३ हजार ५९१ करोड भारतीय रुपैयाँ लागत अनुमान गरिएको यो सडक बनेपछि मुजफ्फरपुरबाट सीतामढी ४० मिनेटमा र नेपाल बोर्डर (सोनबरसा) मात्र ९० मिनेटमा पुग्न सकिनेछ।

यस करिडोरअन्तर्गत ३४० मिटर लामो एक ठूलो पुल, पाँचवटा साना पुल तथा तीनवटा रेलवे ओभरब्रिज निर्माण गरिनेछ। यसबाट सीमावर्ती क्षेत्रका बासिन्दालाई मुजफ्फरपुर र सीतामढीका मुख्य बजारसम्म आवतजावत गर्न तथा स्थानीय उत्पादन ढुवानी गर्न सहज हुनेछ।

खगडिया–पूर्णिया खण्ड : नेपाल र बंगालतर्फको ढुवानी सहज बन्ने

३ हजार ९३६ करोड भारतीय रुपैयाँ लागतको १४४ किलोमिटर लामो खगडिया–पूर्णिया फोरलेन बनेपछि हाल लाग्दै आएको करिब ६ घण्टाको यात्रा घटेर डेढदेखि दुई घण्टामा सीमित हुनेछ। यसबाट खगडिया, भागलपुर, कटिहार र पूर्णिया क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्।

पूर्णियामा ६.७ किलोमिटर लामो ग्रिनफिल्ड बाइपास र लजिस्टिक हब निर्माण गरिने भएकाले सहरमा सवारी चाप कम हुनुका साथै नेपाल तथा पश्चिम बंगालतर्फ जाने मालसामान ढुवानी द्रुत हुनेछ। साथै स्थानीय मकै, जुट लगायतका कृषि उपजले सहज बजार पाउनेछन्।

धार्मिक पर्यटन र रामजानकी मार्गसँग जडान

यो नयाँ सडक सञ्जाललाई ऐतिहासिक रामजानकी मार्गसँग समेत जोडिनेछ। यसबाट अयोध्यादेखि जनकपुरधामसम्मको यात्रा थप सुगम बन्ने र समग्र क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

भारत सरकारको यस कदमलाई सीमा क्षेत्रमा काम गर्दै आएको संस्था ‘मिडिया फर बोर्डर हार्मोनी’ ले स्वागत गरेको छ। संस्थाका भारततर्फका अध्यक्ष अमरेन्द्र तिवारीले भारत–नेपाल सम्बन्ध सुदृढ बनाउन यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। नेपालतर्फबाट यस संस्थाको नेतृत्व पत्रकार अनिल तिवारीले गर्दै आएका छन्।

प्रकाशित: २०८३ असोज २६ गते सोमबार १०:५७
प्रतिक्रिया

थप समाचार

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी। कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको सास्ती हटेको छैन। साँघुरो, हिलाम्मे र जोखिमपूर्ण...

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...

बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो, मानवीय क्षति छैन

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएका बाढी धादिङसम्म पुगेको छ । बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाएको छ भने नदी किनारका खेत तथा जग्गा कटान गरेको छ । धादिङमा हालसम्म मानवीय क्षति भने...

५७ पैसा महँगो हो भने पनि हामी रिभ्यु गर्न तयार छौंः अध्यक्ष धिताल

काठमाडौं। विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले विद्युत् क्षेत्रमा खुला पहुँच (ओपन एक्सेस) लागू हुँदा बजारमा प्रतिस्पर्धा बढ्ने र उपभोक्ताले सस्तोमा बिजुली पाउने बताएका छन्। शुक्रबार...

लेदो पन्छाएपछि बिपी राजमार्गमा यातायात पुनः सञ्चालन

काठमाडौं। रातभर परेको अविरल वर्षाका कारण बिपी राजमार्गको निर्माणाधीन सडक खण्डमा झरेको लेदो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ। शनिबार विहान बिपी राजमार्गअन्तर्गत नार्के र पिन्थलीबीचको...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।
roop_jyoti
बैंकिङ

व्यवसायी रुप ज्योति संकटमा, ऋण नतिरेपछि हिमालयन बैंकले दियो ‘अल्टिमेटम’

हिमालय वायर्स प्रालिले लिएको ऋण नतिरेपछि हिमालयन बैंकले रुप ज्योतिलाई ३५ दिनको ‘अल्टिमेटम’ दिएको छ। उक्त समयभित्र ऋण चुक्ता नगरे सम्पत्ति लिलाम गरेर असूल गर्ने चेतावनी बैंकले दिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना