काठमाडाैँ: साताको अन्तिम कारोबार दिन (शुक्रबार) सेयर बजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.४५ अंक घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ८ अर्ब ५७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ८ अर्ब ८९ करोड १५ लाख ७४ हजार रुपैयाँबराबरको २ करोड २८ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज बेनी हाइड्रोपावरको सेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कारोबारमा आएको मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ४.०८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन लुम्बिनी विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ४८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।


