धनगढी: कैलीको धनगढीसँग सीमनना जोडिएको भारतको वनगाउँ बजारमा आइतराबार राती भीषण आगलागी भएको छ।

नेपाली ग्राहकलाई लक्षित गरेर सञ्चालित भारतको लखिमपुर जिल्ला कजरिया पञ्चायत अन्तरगत वनगाउँ बजारमा भएको आगलागीका कारण ६० वटा पसल जलेर ध्वस्त भएका स्थानीको भनाई छ।

व्यवसायी दीपक अग्रवालका अनुसार एक भाँडा पसलमा विद्धुतको तार सर्ट भएर बेलुका ७ बजेको समयमा आगलागी सुरु भएको थियो। सो आगो समयमै नियन्त्रण गर्न नसक्दा बजार भर फैलिएको उनले बताए।

धनगढी उप महानगरपालिकाबाट दुईवटा दम्कल, नेपाली सुरक्षा कर्मी, भारतीय सुरक्षा कर्मी र स्थानीयको प्रयास पछि राती ११ बजे तिर आगो नियन्त्रणमा आएको अग्रवालले बताए। वनगाउँ बजारबाट भारतको पलिया बजार करिब ५० किलो मिटर टाढा रहेको छ। पलियाबाट दम्कल आउन ढिलाइ हुने भएका कारण आफुहरूले धनगढीलाई दम्कल सहयोग मागेको अग्रवालको भनाई छ।

आगलागीका कारण ५० देखि ७० करोड मूल्य बराबरको क्षति भएको स्थानीय व्यवसायी अङ्कित गुप्ताले बताए। एक आपसमा टाँस्सियर पसल वनेका कारण आगो नियन्त्रणमा समस्या भएको उनी बत्ताउँछन्। वन गाउँ बजारमा बिहानै देखि सामान किनमेल गर्ने नेपालीको भीड लाग्ने गर्दछ।