२०८३ कार्तिक ११ गते मङ्गलबार

साउदी अरेबिया : फुटबलरको नयाँ गन्तव्य

 |  विनय ज्योति सापकोटा
Sanket

विनय ज्योति सापकोटा

काठमाडौँ, असार १६
saudi football

काठमाडौँ- १० वर्ष लामो विदेशी हस्तक्षेप, द्वन्द्व, मरुभूमी र तेल लगायतले चर्चित छन् मध्यपूर्वी देशहरु। कुनै समय युरोप र अमेरिकाको दमन नखेपेको र युद्ध नगरेको सायदै कुनै देश होला मध्यपूर्वमा।

तर, अहिले यी सबै देशको परिचय उस्तै रहेन। यी देश अहिले रोजगारीका लागि हब बनिसकेका छन्। दक्षिण एसियाकै लाखौँ मानिस रोजगारीका सिलसिलामा खाडी जाने गरेका छन्। यस्तोमा पछिल्लो समय खाडीकै एउटा देश साउदी अरेबिया छुट्टै परिचय बनाउने प्रयत्नमा लागेको छ। विश्वको सबैभन्दा चर्चित खेल फुटबलसँग जोडेर छुट्टै विरासत स्थापित गर्ने ध्याउन्नमा साउदी लागेको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० र २०३४ को विश्वकप कुन देशमा आयोजना गर्ने भन्ने निर्णय लिइसकेको छैन। अहिले विश्वका जुनसुकै समृद्ध देश फिफा विश्वकप आयोजना लालयित छन्। यस्तोमा पछिल्लो समय कतारले विश्वकप आयोजना गरेपछि मध्यपूर्वका बाँकी देशमा पनि विश्वकप आयोजनाको महत्वाकांक्षा शिखरमा पुग्दैछ। विश्वकप आयोजनाको महत्वकांक्षा पाल्ने एउटा देश हो, साउदी अरेबिया पनि।

अन्तर्राष्ट्रियमा मिडियामा प्रकाशित विभिन्न रिपोर्टहरु हेर्ने हो भने साउदीले इजिप्ट र ग्रिससँग मिलेर पनि आयोजना गर्न सक्नेछ। साउदीले सन् २०२७ को एसिया कप फुटबल त आयोजना गर्ने अनुमति पाइसकेको नै छ। गत वर्ष कतारमा भएको विश्वकपमा अर्जेन्टिनालाई हराएको टिमले एसिया कपको उपाधि जितेर विश्वकपमा आयोजना गर्ने योजना बनाएको छ।

पछिल्लो समय साउदीको एक कम्पनीले इंग्लिस प्रिमियर लिगको क्लब न्युकासल युनाइटेड किनेको छ। प्रिमियर लिगका की क्लबको तुलनामा औषत खेलाडी समावेश गरेर पनि न्युकासले उत्कृष्ट खेल प्रस्तुत गर्‍यो र नयाँ सिजनका लागि च्याम्पियन्स लिगमा छनौट भयो। न्युकासलको ८० प्रतिशत सेयर किनेको कम्पनी हो– साउदीको सार्वभौम सम्पत्ति कोष। यो कोषले देशका चार ठूला क्लबहरू अल–नासर, अल–नाहिलाल, अल–अहली र अल–इतिहादको पनि ७५ प्रतिसत सेयर खरिद गरेको छ। साउदीले फुटबलमा गरेको यो निकै उल्लेख्य लगानीसमेत हो। अझ पछिल्लो समय प्रिमियर लिगको ठूला क्लब मध्येको एक म्यानचेस्टर युनाइटेडमा पनि साउदीको लगानी भित्रिने चर्चा चलिरहेको छ।

त्यसो त साउदी अरेबियामाथि विभिन्न अरोप पनि लाग्ने गरेका छन्। उसले सन् २०१८ मा वासिङ्टन पोस्टका पत्रकार जमाल खसोगीको हत्या गरेको, यमनमा गोलावारी गरेको र महिलाको अधिकारलाई सुनिश्चित नगरेको आरोप साउदी माथि लाग्ने गरेका छन्। घरेलु फुटबल र यूरोपियन फुटबलमा पर्याप्त लगानी गर्ने र विश्वकप आयोजना गरेर आफू माथि लागेका आरोप चिर्ने प्रयासमा साउदी देखिन्छ।

अहिले साउदीले थाहा पाएको छ कि कसरी खेलकुदले देश माथि लागेका दागहरु मेटाइदिनेछ र देशको नाम उचो बनाउने छ। उसले देशमा बक्सिङ, पिजिए(प्रो गल्फ)को विश्व भ्रमण त आयोजना गरेको छ। तर यी खेलभन्दा फुटबलको उचाई धेरै माथि छ। साउदीसँग फुटबलको ठूलो फ्यानबेस भए पनि त्यहाँका फुटबल प्रेमिहरु युरोपेली फुटबल हेर्न रुचाउँछन्। त्यसैले युवाहरुले रेलु फुटबल नै हेरुन् भन्ने चहान्छ साउदी। जसका कारण फुटबलको माथिदेखि तलसम्मको संरचना सुन्दर बन्दै जानेछ।

यदि अल–नासर, अल–नाहिलाल, अल–अहली र अल–इतिहादजस्ता क्लबले सही खेलाडी अनुबन्ध गर्न सकेका अवस्थामा हरेक क्लबका ७० हजार समर्थक हुने साउदी फुटबलको दाबी छ। यदी रंगशालामा उल्लेख्य समर्थक उपस्थित भएको अवस्थामा टेलिभिजन अधिकारबाट पनि धेरै पैसा कमाउन सकिनेछ।

 

सोही कारण साउदीले फुटबलमा लगानी विस्तार गरिरहेको छ। घरेलु फुटबलको क्रेज बढाउन विश्वस्तरका फुटबलर भित्र्याउने देखि युरोपका शीर्ष पाँच लिगमा जस्तै सुविधायुक्त रंगशालाको व्यवस्था गर्ने र सबै क्लबमा मूख्य प्रशिक्षक अनुभवी र विदेशी राख्ने काम गरिएको छ। साउदीमा लगि खेल्ने खेलाडी साउदीमै बस्नेछन् र उनीहरुले त्यहाँ धेरै पैसा खर्च गर्नेछन्। अहिलेको खास कुरा के छ भने क्रिस्टियानो रोनाल्डो, करिम बेञ्जिमा, एनगोलो कान्टेलगायतका खेलाडी आफ्नो करियरको उत्तरार्धमा रहेका छन्। यद्यपी उनीहरु युरोपेली फुटबलले नचाहेका खेलाडी भने होइनन्। त्यसैले उनीहरुको चार्म अझै बाँकी रहेको छ।

साउदीले फुटबलको यही सुत्र प्रयोग गरेर धेरै काम गर्न खोजिरहेको छ। अहिले साउदीको अल नासरसँग रोनाल्डो छन्। अल इतिहादले बेन्जिमा र कान्टेलाई अनुबन्ध गरेको छ। कान्टेको तलबभन्दा रोनाल्डो र बेञ्जिमाले दोब्बर तलब पाउने छन्। इतिहादले त मेस्सी र पियरे इमिरेक औबामियाङसमे ल्याउने सोचेको थियो। तर मेस्सी अमेरिकन लिग खेल्न इन्टर मियामीमा अनुबन्ध भए।

कतारसँग डाहा र अर्जेन्टिनालाई हराउँदा उत्साह
साउदी कतार विश्वकपबाटै निकै झस्किएको छ। कतारले विश्वकप कसरी सफल आयोजना गर्यो र कतारी टिम विश्वकपमा लज्जास्पद हार व्यहोर्‍यो साउदीले नजिकबाट नियालेको छ। त्यसैले साउदी अरेबिया अबको ६ वर्षमा आफ्नो टिमलाई विश्वकपको नकआउट स्टेजसम्म पुग्न सक्ने टिम बनाउन चहान्छ।

उसले आफ्नो समूहमा रहेको सबैभन्दा बलियो टोली अर्जेन्टिनालाई हराएपछि उसको मनोबल निकै माथि पुगेको छ। साउदीले समूह चरणको खेलमा अर्जेन्टिनालाई २-१ गोलले पराजित गरेको थियो। साउदीले सुरुवाती खेलमा हराएको अर्टेन्टिनाले विश्वकपनै जित्यो। त्यसैले अहिले साउदीले युरोपेली क्लबसँगको सहकार्यमा उसका युवा खेलाडीलाई युरोपका फुटबल सिक्ने व्यवस्था मिलाउँदै छ।

अहिले साउदी खेलाडी भित्र्याउन जसरी आक्रामक बनेको छ, त्यसरी नै दशक अघि चीन पनि आक्रमक बनेको थियो। तर चीनको योजना अहिले ध्वस्त बनिसकेको छ। उसले त्यसलाई निरन्तरता दिनै सकेन। फुटबलमा एउटा फेल प्रोजेक्टका चिनियाँ रणनीतिलाई हेर्ने गरिन्छ। सम्झौता तोडिनु, आर्थिक संकट आइपर्नु र कारोना भाइरसको महामारी देखा पर्नुले चीनको फुटबल योजनालाई अघि बढ्न दिएन।

यद्यपि अहिले साउदीको योजना चीनको भन्दा बलियो गरि अघि आएको भने देखिएको छ। उसले फुटबलमा घरेलु समर्थक नै बटुल्ने र फुटबलको माहोल सिर्जना गर्ने जुन वातावरण बनाएको छ त्यसले यसको पुष्टि गर्छ। त्यसमाथि मोटोपन र चिनी रोगजस्ता रोग धेरै भएको देशमा मानिसले शारिरिक अभ्यासमा समय दिउन् भन्ने पनि साउदी सरकारको ध्येय छ।

साउदी जाने खेलाडीको लर्को
क्रिस्टियानो रोनाल्डोले सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेडसँगको आफ्नो सम्झौताको आपसी सहमतीमा तोडे। युनाइटेडसँगको सम्झौता तोडेपछि उनी अल–नासरका लागि उपलब्ध भए। साढे दुई वर्षको सम्झौता गरेका पोर्चुगिज आइकन अहिले रियादमै छन्। उनलाई अल नसारले र्षको दुई सय मिलियन अमेरिकी डलर(२६ अर्ब नेपाली रुपैयाँ) तलब दिने गरेएको छ।

अल नसार पछिल्लो सिजनमा केही अंकले मात्र लिग च्याम्पियन बन्न सकेन्। तर क्लबका लागि रोनाल्डो हुनु आफैंमा ठूलो उपलब्धि रह्यो। यसले धेरै समर्थकलाई मैदानसम्म तानेको थियो।

करिम बेञ्जिमा अर्का खेलाडी हुन्, जसले भर्खरै साउदी क्लब जोइन गरे। बेन्जेमा अल–इतिहादमा प्रति सिजन २०० मिलियन अमेरिकी डलर पाउने गरि साउदी प्रो लिगमा सामेल हुने अर्का ठूला स्टार हुन्।

रियल म्याड्रिडका पूर्व सहकर्मी रोनाल्डोको क्लब अल–नासरमा सामेल भएको केही महिना पछि फ्रान्सेली स्टारको आश्चर्यजनक कदम देखिएको हो। रियलमा डेढ दशका विताएका बेन्जेमा सन् २००९ मा लियोनबाट स्थानान्तरण भएका थिए। रियलमा उनले सबैथोक जिते। पाँच च्याम्यिन्स लिग जितेका बेन्जिमाले ला लिगा, कोपा डेल रे, सुपर कोपा र फिफा विश्वकपमा धेरै उपाधि जिते। यी अधिकांश उपाधि जित्दा रोनाल्डो पनि सँगै थिए।

सन् २०२२ का बालोन डी‘ओर विजेता स्पेनको राजधानीमा १४ वर्षको शानदार खेलजिवन पछि रियल मड्रिडबाट अल–इतिहादमा सरेका छन्। रिपोर्टका अनुसार बेन्जेमाले रियलमा पाउने भन्दा १२ गुणा तलब इतिहादमा पाउनेछन्।

बेन्जिमाको क्लबका नयाँ साइनिङ हुन् एनगोलो कान्टे। विश्वकप विजेता कान्टेलाई चेल्सीले नै सम्झौताको समय थप गर्ने कार्य अघि बढाएको थियो। तर उनले त्यो चाहेनन्। त्यसैले एकै देशका बेन्जिमा र कान्टे एउटै व्यवसायिक क्लबमा देखिने छन्। उनी पनि ठूलो मूल्यमा इतिहादमा अनुबन्ध भएका हुन्।

चेल्सीका डिफेन्डर कालिदोउ कोलिबेली र गोलकिपर इडवार्ड मेन्डीसँगै उल्भ्सका मिडफिल्डर रुबेन नेभेस र  पनि अल हिलालमा मात्रै अनुबन्धित भए। हिलालले सेनेगलका डिफेन्डर र पोर्चुगलका मिडफिल्डरलाई अनुबन्ध गरिएको जनाकारी क्लबको सामाजिक सञ्जालमा सूचना राखेको छ।

युरोपको चेल्सीमा खेलिरहेका लाई अनुबन्ध गर्दा हिलालले सम्झौता रकम भने खुलाएको छैन। ३२ वर्षीय यी सेन्टर ब्याक गत वर्षको जुलाईमा चेल्सीमा अनुबन्ध भएका थिए।

कोलीबेलीले चेल्सीमा ३२ खेल खेले। उल्भ्समा सन् २०१७ मा अनुबन्ध हुनुभन्दा अघि नेभेसले भने पोर्चुगिज क्लब पोर्टोबाट खेलेका थिए। उनले उल्भ्समा २१९ खेल खेलेर २७ गोल गरेका छन्। रुबेनलाई त अहिले बार्सिलोना र म्यानचेस्टर युनाइटेडले पनि अनुबन्ध गर्न चाहिरहेका थिए। तर उनले युरापेका ति प्रतिष्ठित क्लब रोज्नुको साटो साउदीको प्रो लिगलाई रोजिदिए।

त्यसो त अल हिलालले ब्राजिलियन स्टार रोबर्टो फिर्मिनोलाई अनुबन्ध गरेको घोषणा गर्न मात्रै बाँकी छ। यस्तै अल नसारले इन्टर मिलानका मार्सेलो ब्रोजोभिकलाई अनुबन्ध गर्ने तयारी गरेको छ। यस्तै अल इतिहादले सेल्टिकका जोटालाई अनुबन्ध गर्ने तयारी गरेको छ। अल नसारले चेल्सीका हाकिम जियाचलाई अनुबन्ध गर्ने चर्चा चलिरहेको छ।

युरोपमा चम्किएका खेलाडी किन साउदी गइरहेका छन् त? यसको सहज उत्तर हो-पैसा। अधिकांश फुटबलहरु ३५ वर्षपछि संन्यास लिन्छन्। त्यो पनि चोटका कारणले चाँडै खेलजिवन नगुमाएको अवस्थामा। त्यसैले ठूलो उपाधि जित्ने भन्दा पनि आफ्नो आम्दानीको दायरालाई ठूलो बनाउन खेलाडी साउदी जान थालेका हुन्। खेलाडी मात्र होइन हेभिवेट प्रशिक्षक पनि अब साउदी जाने हल्ला चलिरहेको छ। स्टेभेन जेरार्ड, जोसे माउरिन्होलाई समेत साउदीका क्लबले मुख्य प्रशिक्षक बनाउन चाहेका छन्। तर माउरिन्होले भने प्रस्ताव नकारेको समचार सार्वजनिक भइरहेका छन्।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा तयार पारिएको सामग्री)

प्रकाशित: २०८० असार १६ गते शनिवार ०१:२८
Sanket

विनय ज्योति सापकोटा

सापकोटा खेलकुद, कला र विज्ञान/प्रविधिमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना