२०८३ कार्तिक १२ गते बुधबार

भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र बनाइन्छ : प्रधानमन्त्री दाहाल

 |  रासस
Sanket

रासस

काठमाडौँ, असार १६
prachanda

काठमाडौंँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्धको अनुसन्धान कार्यले थप तीव्रता पाउने बताएका छन्। पोखरामा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले भ्रष्टाचार तथा अनियमितताविरुद्ध सरकार दृढरुपमा खडा भएको र कुनै पनि सम्झौता नहुने उल्लेख गरे।

‘पछिल्ला केही दिनमा बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो। विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौं। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगेका समस्या सम्बोधन गर्न पूरै कोसिस गरिएको छ। विदेशमा रहेका लाखौं नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौं, यसको दूरगामी अर्थ छ।’

भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणलगायतमा सरकार दृढताका साथ अगाडि बढेको र यसलाई थप तीव्र पारिने बताए। ‘अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो। तर विस्तारै लयमा फर्किएको छ। यसपटकको भारत भ्रमण ऐतिहासक भएको छ। राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन्। भारतीय प्रधानमन्त्रीले सीमा समस्या हल गरिनेबारे बोल्नु भएको छ। यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्’, उनले भने।

पारवाहन सन्धि पुनरवलोकन सबैभन्दा महत्त्वपूर्ण निर्णय रहेको उनले बताए। साथै विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा नभएको उल्लेख गरे। उनले भने, ‘पारवाहन सन्धि पुनरवलोकन पनि महत्त्वपूर्ण निर्णय हो। विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा होइन। १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य होइन। यसले विद्युत् व्यापार बढ्छ, लगानीको ढोका खुल्छ। यो आउने पिँढीले सम्झिरहने काम हो।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्र र जनताप्रति इमान्दार भएर काम गरिरहेको दाबी गरे। उनले छिट्टै आफ्नो चीन भ्रमण हुने र त्यसको तयारी भइरहेको बताए। ‘त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो गर्ने कोसिस हुन्छ’, उनले भने। वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने र कसैले यसलाई कमजोर बनाउन नसक्ने स्पष्ट पार्दै उनले यसमा दलहरु समझदारीका साथ अगाडि बढने बताए।

उनले भारतसँग थप हवाईमार्गका बारेमा छलफल गरिएको र त्यो छिट्टै निष्कर्षमा पुग्ने बताए। चीन भ्रमणमा जाँदा पनि यो विषयमा छलफल हुने उनको भनाइ छ।

प्रकाशित: २०८० असार १६ गते शनिवार ०३:४७
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना