काठमाडौँ- संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। अन्तरास्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा शनिबार सम्पन्न अधिवेशनबाट दुई वर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो।
अधिवेशनले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो। कार्यसमितिका ११ जना निर्विरोध निर्वाचित भए।
निर्विरोध निर्वाचित हुनेहरूमा उपाध्यक्ष तर्फ खुल्लामा किरण दाहाल, महिलामा सिर्जना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा सविता शर्मा (समावेशी महिला), कोषाध्यक्षमा अमूल थापा निर्विरोध निर्वाचित भएका हुन्। यसैगरी सदस्यहरुमा राजु थापा (खुल्ला), पुजन आचार्य (खुल्ला), कमलराज भट्ट (खुल्ला), रघुनाथ बजगाई (खुल्ला), विनोदकुमार कटुवाल (भिडिओ) र शिला तिम्सिना (फोटो) पनि निर्विरोध निर्वाचित भए।
कार्यसमितिको सचिव (खुल्ला) गुञ्जन राज गिरी निर्वाचनबाट चयन भए। यस्तै समावेशी २ सदस्यमा अन्जना लामिछाने र मीरा बस्नेत चयन भए। अध्यक्षका लागि तीन जना, सचिव (खुला)का लागि ४ जना र सदस्य समावेसीका लागि ४ जनाले प्रतिस्पर्धा गरेका थिए।


