२०८३ साउन १३ गते बुधबार

प्रज्ञा मेलामा रु.१ देखि ३५०० सम्मका पुस्तक खरिद सुविधा

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार १८
nepal acedemy

काठमाडौं– पुस्तक प्रदर्शनीमा आउने पाठकले इतिहास, संस्कृति र साहित्यका पुस्तक बढी मन पराउन थालेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सव अवसरमा जारी पुस्तक प्रदर्शनीमा इतिहास, संस्कृति र साहित्यका पुस्तक बढी बिक्री भएका हुन्। प्रदर्शनीमा प्रतिष्ठान र साझा प्रकाशनद्वारा प्रकाशित पुस्तक राखिएको छ।

प्रदर्शनीमा इतिहाससम्बन्धी ‘सिञ्जाको ऐतिहासिक रुपरेखा’, लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, सत्यमोहन जोशीको ‘नेपाली चाडपर्व’, एसपी आशाको ऐतिहासिक उपन्यास ‘हामीले कसरी प्रजातन्त्र ल्यायौँ’, प्रा नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासलगायत पुस्तक बढी बिक्री भएको साझा प्रकाशनका प्रदर्शनी संयोजक पुण्य बखरेलले जानकारी दिए।

प्रदर्शनीमा १ देखि १ हजार ५ सयसम्मका पुस्तक राखिएको छ। १ रुपैयाँ मूल्य पर्ने ‘हबल्दार देवीप्रसाद’ र ‘भीमसेनपाती’, ३ हजार ५ सय मूल्य पर्ने प्रज्ञा नेपाली बृहत् शब्दकोश पुस्तक प्रदर्शनीमा राखिएको हो। सांस्कृतिक संस्थानले प्रकाशन गरेको नेपाली संस्कृति पुस्तिका पनि ३ रुपैयाँमै पाइन्छ। यसलाई पनि पाठकले मन पराएका छन्। यसका विभिन्न अंक साझा प्रकाशनको प्रदर्शनी कक्षमा राखिएको छ।

पुरातत्त्व विभागले प्रकाशन गर्ने प्राचीन नेपालका विभिन्न अंक पनि प्रदर्शनीमा पाउन सकिन्छ। साझाको प्रदर्शनी कक्षमा ४ सय ९२ थरीका पुस्तक राखिएको र दैनिक कम्तीमा पनि २० हजार बराबरको पुस्तक बिक्री हुने गरेको उनले बताए। प्रतिष्ठानको बिक्री कक्षमा पनि दैनिक कम्तीमा ३० हजारसम्मका पुस्तक बिक्री हुने गरेको व्यवस्थापक सुधीर ढुंगेलले जानकारी दिए।

प्रतिष्ठानले करिब ६०० थरीका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखेको छ। साझाले २५ देखि ३० प्रतिशत र प्रतिष्ठानले १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिरहेका छन्। प्रदर्शनी २३ असारसम्म सञ्चालन गरिनेछ। पाठकको रुचि बढेमा समय लम्ब्याउन सकिने पनि जनाइएको छ।

प्रकाशित: २०८० असार १८ गते सोमबार ०७:३२
प्रतिक्रिया

थप समाचार

फासीवादी मनोविज्ञानमाथि राजेन्द्र महर्जनको नयाँ पुस्तक

काठमाडौँ: लेखक तथा राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको नयाँ पुस्तक ‘उन्मादः फासीवाद मन्थन’ भर्खरै बजारमा आएको छ। फासीवाद, नाजीवाद, सामूहिक उन्माद, श्वेत श्रेष्ठतावाद र समकालीन लोकप्रियतावादी...

ललित विष्टको दोस्रो कथा सङ्ग्रह ‘उत्कर्ष’ बजारमा

काठमाडौँ: ललित विष्टको दोस्रो कथा सङ्ग्रह 'उत्कर्ष' सार्वजनिक भएको छ। किताबलाई फोनिक्स बुक्सले प्रकाशन गरेको हो। सङ्ग्रहमा सामाजिक सौन्दर्यको शिल्पमा बुनिएको १० वटा कथा रहेका छन्। यथार्थ...

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा, ५३ हजार अमेरिकी डलर खर्च हुने अनुमान

कोलोराडो: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तर्राष्ट्रिय...

‘भीरफूल’ लिएर आए जनक

काठमाडौँ: गजलकार जनक सन्यालको गजलसङ्ग्रह ‘भीरफूल’ सार्वजनिक भएको छ। आइतबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमकाबीच मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाह, साहित्यकार रेनुका शोलु, पूर्ण रावल,...

पाँचौँ इलाम साहित्य महोत्सव सम्पन्न, १ करोड २५ लाखको ‘जुनिता ट्रस्ट’ स्थापना

इलाम सदरमुकाममा आयोजना गरिएको पाँचौं संस्करणको इलाम साहित्य महोत्सव शनिबार विभिन्न कार्यक्रमसँगै सम्पन्न भएको छ। शुक्रबारबाट सुरु भएको महोत्सवमा साहित्य, कला, शिक्षा, पर्यटनलगायत विविध...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना