काठमाडौं – नेपालले आज पहिलो पटक आयरल्यान्डसँग एकदिवसीय खेल खेल्दैछ। जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटकोअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले टेस्ट टोली आयरल्यान्डसँग एकदिवसीयमा प्रतिस्र्धा गर्न लागेको हो।
समूह चरणबाटै आउट भएको नेपालले गत आइतबार सातौं स्थानको लागि भएको खेलमा युएईलाई हराउँदै आयरल्यान्डसँग खेल्ने पक्का भएको थियो। आज हरारेको टाकासिंगा स्पोर्टस् क्लबमा यि दुई टिमले पौने १ बाट सुरु खेल सुरु गर्नेछन्।
टेस्ट राष्ट्रसँग नेपालले खेल्ने यो तेस्रो एकदिवसीय हुनेछ। यसअघिका दुवै खेलमा नेपालले हार बेहोरेको छ। यसअघि नेपालले जिम्बावे र वेस्ट इन्डिजसँग खेलेको थियो। यही छनोटको सुरुका ति खेलमा हार बेहोरेर नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
सुपर सिक्समा पुग्न नसके पनि नेपालले युएईलाई भने हराउन सफल भएको छ। समूह ए बाट ४ मध्ये ३ खेलमा हार र १ मा जितसहित चौथो स्थानमा रहेर बाहिरिएको थियो। नेपालले अमेरिकालाई हराएको थियो। जिम्बावे, वेस्टइन्डिजसँगै नेदरल्यान्ड्ससँग पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन।
उता, आयरल्यान्ड पनि ४ खेलमा ३ मा हार र १ मा जितससहित चौथो स्थानमा रहेर समूह बी बाट सुपर सिक्स पुग्न सकेको थिएन। आयरल्यान्ड समूह चरणमा ओमान, स्कटल्यान्ड र श्रीलंकासँग पराजित भएको थियो।
युएईलाई भने हराएको थियो। आयरल्यान्डले प्लेअफ खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो।


