काठमाडौं – नेपालले आज आयरल्यान्डसँग खेल्दैछ। टेस्ट राष्ट्रसमेत रहेको आयरल्यान्डसँग नेपालले टस हारेर पहिले ब्याटिङको अवसर पाएको थियो।
नेपालले आज आयरल्यान्डसँग पहिलो पटक एक दिवसीय खेल खेल्न लागेको हो। समग्रमा नेपालले आयरल्यान्डसँग तेस्रो पटक एक दिवसीय खेल्दैछ।
पहिले ब्याटिङ गर्ने भएपछि नेपालको ओपनिङमा अर्जुन साउँद र कुशल भुर्तेल आएका छन्। यसअघि नेपालको ओपनिङमा कुशल भुर्तेललाई आसिफ शेखले साथ दिइरहेका थिए। तर अहिले भने नेपालले ओपनिङमा परिवर्तन गरेको हो।
आजको खेलमा ज्ञानेन्द्र मल्लले स्थान पाएका छन् भने आसिफ छैनन्।


