काठमाडौं – नेपालले आयरल्यान्डविरुद्ध दोस्रो विकेट पनि गुमाएको छ। खेलमा १३ बलमा सात रन बनाएका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल १२.३ ओभरमा आउट भएका हुन्।
आइरिस बलर योङको हातबाट आउट हुँदा नेपालको खातामा ४४ रन रहेको छ। उनी बाहिरिएसँगै कप्तान रोहित कुमार पौडेले मैदान प्रवेश गरेका छन्।
टेस्ट राष्ट्रसमेत रहेको आयरल्यान्डसँग नेपालले टस हारेर पहिले ब्याटिङको अवसर पाएको थियो। खेलको आठ ओभर एक बलमा नेपालले पहिलो विकेट गुमाएको थियो। नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो।
नेपालले आज आयरल्यान्डसँग पहिलो पटक एक दिवसीय खेल खेलिरहेको। यो खेलमा नेपालले पहिलो विकेट गुमाउँदा २७ रन बनाएको थियो। नेपालविरुद्ध आयरल्यान्डका क्रेग योङले विकेट लिए। उनले प्रहार गरेको बललाई लोरक्यान ट्रकरले क्याच गरेका थिए। ज्ञानेन्द्रलाई पनि यि दुवैले उसैगरी आउट गराएका हुन्।
नेपालले पहिले ब्याटिङ गर्ने भएपछि नेपालको ओपनिङमा अर्जुन साउँद र कुशल भुर्तेल आएका थिए। अहिले मैदानमा अर्जुन र रोहित छन्।


