२०८३ कार्तिक १४ गते शुक्रबार

कुवेतलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २०
sunil chhetri after winning saff india football

काठमाडौं – भारतको बैंगलोरमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनल खेलमा गल्फ टिम कुवेतलाई हराउँदै भारतले उपाधि जितेको छ। १४ औं संस्करणको साफको फाइनल खेलमा भारतले नवौं पटक उपाधि जितेको हो।

फाइनलको निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर अतिरिक्त समयमा पनि नतिजा निस्कन सकेन।

त्यसपछि नेपाली रेफ्री प्रज्वल क्षेत्रीले खेललाई पेनाल्टीसम्म पुर्याएका थिए। पेनाल्टीमा भारतले ५–४ को जित निकालेर उपाधि जितेको हो। खेलको १४ औं मिनेटमै शबैश अल खाल्दीले गोल गरेर कुवेतलाई अग्रता दिलाएका थिए।

तर भारतका लल्लियान्जुआमा चेग्तेले खेलको ३८ औं मिनेटमा गोल फर्काएसँगै खेल १–१ को बराबरीमा पुगेको थियो। त्यसपछि खेलमा थप गोल हुन सकेन।

निकै प्रतिस्पर्धात्मक खेलमा गोलका अवसर धेरै सिर्जना भए पनि गोल भने हुन सकेन्। त्यसपछि पेनाल्टी सुटआउटबाट भारतले उपाधि जितेको हो। भारतका लागि पेनाल्टी सुटआउटमा कप्तान सुनील क्षत्री, सन्देश झिंगन, लालिनजुला, शुभाशिष बोस र महेश सिंहले गोल गरे भने उदान्त सिंह गोल गर्न चुकेका थिए। कुवेतका लागि मोहम्मद अब्दुल्लाह सुरुमै गोल असफल भए। साफमा आमन्त्रित टिमका लागि फवाज अलाताबी, अहमद अलधेरी, अल्दुल अजिज र साबिब अल खाल्दीले मात्र गोल गरे का थिए।

भारतले यसअघि सन् १९९३, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ को पनि उपाधि जितिसकेको छ। उपाधि विजेता भारतले पुरस्कार स्वरुप ५० हजार अमेरिकी डलर पाएको छ।

यो प्रतियोगितामा भने नेपालले फेयर प्ले ट्रफि जितेको छ।

प्रकाशित: २०८० असार २० गते बुधबार १२:०४
प्रतिक्रिया

थप समाचार

साफको उपाधि चुम्नबाट चुक्यो नेपाल

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका भएको बंगलादेशविरुद्धको खेलमा नेपाल पराजित भएको छ। घरेलु टोली नेपालले ४-१ गोलले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा...

साफ यु-२० च्याम्पियनसिप फुटबल उपाधिका लागि भिड्दै नेपाल र बंगलादेश

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बङ्गलादेश भिड्दैछन्। सेमिफाइनलमा दुवै टोली टाइब्रेकरमा जित हात पार्दै फाइनल पुगेका हुन्। सेमिफाइनलमा नेपालले भुटानलाई...

साहारालाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा

कपिलवस्तु- नेपाल पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा साहारा क्लबलाई १–० गोलले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो। पुलिसका लागि शिशिर...

प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई   

भोजपुर- प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ। अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो। जितसँगै देराउराली फुटबल क्लबले नगद तीन...

फिफा वरीयतामा नेपाल २ स्थान तल चिप्लियो, दक्षिण एसियामा भारत पहिलो

काठमाडौं– फिफाको विश्व वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली दुई स्थान तल झरेको छ। बिहीबार अद्यावधिक भएको नयाँ विश्व वरीयताअनुसार नेपाल १७५औँ स्थानमा छ। यसअघि नेपाल १७३औँ स्थानमा थियो। नोभेम्बरमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना