काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जोर्डनका लागि प्रस्थान गर्न लागेका १५ जनालाई फर्काइएको छ। विमानस्थल कार्यालयमा उनीहरले देखाएका कागजात शंकास्पद देखिएको भन्दै फिर्ता गरिदिएको हो।
‘कागजात अध्ययन गर्दा केही शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको हो,’ अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए।
यसरी रोकिनेहरूमा एक पुरुष र १४ जना महिला छन्। विमानस्थलमा अध्यागमन विभागका कर्मचारीले उनीहरुलाई रोकेर विभागमा जानकारी गराएका थिए। ‘अध्ययन हुँदैछ, भोलि छलफलका लागि बोलाएका छौँ, व्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ,’ उनले भने।
उनका अनुसार आधिकारिक रूपमा श्रम स्वीकृति लिएको देखिएको छैन। उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ।


