२०८३ साउन १३ गते बुधबार

कतै बाढीपहिरो कतै खडेरीले पिरोलिए किसान   

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २५
khet hilyaudai Dhan ropai damauli
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बाराहीटोलस्थित भुङभुङेमा रोपाइँका लागि गोरुको सहायताले खेत हिल्याउँदै किसान। असार लागेसँगै जिल्लाका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको छ। प्रतिकात्मकत तस्बिर। तस्बिर : कृष्ण न्यौपाने/रासस

महोत्तरी – असारे पानीमा रुझ्दै धान रोप्नुपर्ने बेलामा पानी नपरेकाले यहाँका किसान धान लगाउन नपाएपछि चिन्तित छन्। मध्य असारअघि धानको शाही (बीउ) रोपाइँ सकेर अहिले रोपो गोड्ने बेला धानको गाबो नै लाउन नपाएका यहाँका किसान खडेरीको चिन्ताले पिरोलिएका हुन्।

‘अई बेर मुँहमे माड लगवाक कोनो उपाय नई सुधैय’ (यसपाली मुखमा माड लाग्ने केही उपाय देखिन्न) लामो सास फेर्दै महोत्तरीको भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान गोविन्दलाल खाँ थारुले भने, ‘धानके गबो नई रोपायल, परिवारक प्रतिपाल केना होतै ?’ (धानको गबो नै लगाउन पाइएन, जहान परिवारको गुजारा केले होला ?)। असार मास (महिना) मा चैत/वैशाखको जस्तो हुरहुरे बतासले धुलो उडाउनु खडेरी (अनिकाल) को कूलक्षण भएको थारुको चिन्ता छ। उहाँजस्तै यहाँका आम किसान अहिले मुख्यबाली भनिने धान लगाउन नपाएपछि चिन्तामा छन्।

 ‘अखाढ अन्तिम भगेल, ऐखनधैर रोप हरियाके चाही, मुदा अईबेर पाइनक अभावमे रोपनीए नई भसकल’ (असार सकिनै लाग्यो, यतिखेर धानको रोपो हरियो भएर लहलहाउनु पर्ने हो, तर यसपालि पानी नभएर रोपाइँनै गर्न सकिएन) स्थानीय ७० वर्षीय रघुवर महराले पीडा पोखे। झमझम असारे झरिमा रुझ्दै धान रोप्नु, गोड्नुपर्ने बेला प्रचण्ड घामले घरबाट निस्कन नसकिने भएको उनको भनाइ थियो।

‘अहिले त पहिलो रोपो लहलहाएर हरियो देखिनुपथ्र्यो। यतिबेलासम्म हामीले त धानको गब नै हाल्न पाएका छैनौँ’, भङ्गाहा–४ रामनगरका ६५ वर्षीय किसान हरिदेव साहले भने, ‘मुख्यबाली धान नै लाउन नपाएपछि घरपरिवार/लालाबालाको प्रतिपाल खै कसरी गर्नेहोला ?’ गत मङ्लबार रातिदेखि परेको पानीले अब झरी पर्ला भन्ने आशा जगाए पनि पानी पर्न नसकेर चिन्ता थपिएको उनको भनाइ थियो।

‘ढिलै भए पनि झरी लाग्लाजस्तो लागेको थियो, मङ्गलबारदेखि परेको पानी बुधबार मध्यान्हपूर्व हटेर टन्टलापुर घाम लाग्यो’, मटिहानी–३ का किसान इलियास राइनले भने, ‘अब धान रोप्न पाइने आश छाडे हुनेभयो।’ असार सकिनै लाग्दासम्म बीउ रोप लाउन नसकिएको धानबाट उत्पाद पनि राम्रो नहुने उनले बताए।

यता हिउँदे धानखेतीमा जेठ मध्यअघि ब्याड राख्ने, असार मध्यअघि शाही (बीउ) रोप सक्ने र साउन मध्यअघि खरुअन (कलम,बीउ रोपको धान गाँजिएपछि उखेलेर रोपिने) तालिका छ। यसपाली पानीको अभावका कारण किसानले राम्ररी ब्याड राख्न नपाएको बताउँछन्। धानको हिले ब्याड राम्रो मानिए पनि पानी नभएपछि घर नजिक घुर्‍यानमा थोरथार राखिएको धुले बीउ पनि पानी बेगर पहेंलिएर धेरैजसो सुकेको किसानको दुःखेसो छ।

 ‘अब त पानी परेपनि त्यो बीउ रोप्ने/नरोप्ने विचार गर्नपर्ने भएको छ। बीउमा हाँगा फाटिसकेकाले त्यति छिप्पिएको बीउ रोपेर के फल आउँला ?’ बलवा नगरपालिका–११ भलनीका जगत यादवले भने।

‘वर्र्षाकाल (याम) भनिने असारमा दिनभरि प्रचण्ड घाम र रातभरि आकासमा झलमल्ल तारा देखिन्छन्’, जलेश्वर नगरपालिका–६ का ८५ वर्षीय महेश्वर रायले भने, ‘अहिलेको दिन लक्षणले त असारको भनक नै दिदैन।’ महाकवि कालिदासले आफ्नो कालजयी कृति मेघदूतम्मा असार सङ्क्रान्तिका दिन नै आकाशमा पानी ल्याउने मेघ (बादल) देखिने चर्चा गरेको साहित्यमा रुचि राख्ने रायले स्मरण गरे।

‘महाकवि कालिदासले ऋतु लक्षणका आधारमा असार लाग्नासाथै मेघ मडारिने र वर्षा सुरु हुने सन्दर्भ आफ्नो कृति मेघदूतम्मा जोड्नु भएको छ’, रायले भने, ‘अब ती ऋतु विचार सान्दर्भिक देखिन, बुझिन छाडे।’ नेपाल सरकारको सहसचिवबाट अवकास लिनुभएका रायले अवकास पछिको जीवनलाई खेतीसँग जोड्ने योजना बनाए पनि मौसमले साथ नदिएको बताए। प्राकृतिक सम्पदा, वनजङ्गल, पाखापहरा, नदी, खोल्साखोल्सी र नदी उकास क्षेत्रमाथि अनियन्त्रित खेलवाडले पुराना ऋतु लक्षणका मान्यता खण्डित हुँदै गएका उनको भनाइ थियो।

यसपाली गत हिउँददेखि नै खडेरीको लक्षण देखिएको पाका किसान बताउँछन्। हिउँदभरि पानी नपरेर बितेपछि पानीका स्रोतका मूहान (नदी, खोल्साखोल्सी, इनार, बोरिङ, चापाकल, जरुवा) चैतदेखि सुक्दै गएका स्थानीय बताउँछन्। पानी अभावका कारण खेतीमा मात्र नभई पिउन पनि धेरै ठाउँमा खानेपानीको हाहाकार परेको थियो।

सिँचाइको प्रबन्ध नहुनु, समयमा बीउ, मल नपाउनु र खेतीपातीका लागि सुलभ ऋण नपाउनुलगायत समस्या किसानले झेल्दै आएका बर्दिबास–९ पशुपतिनगर टोकीटोलका किसान रामचन्द्र थापा मगरले बताए। ‘तीन तहका सरकार भए पनि किसानका हितमा उल्लेखनीय कुनै काम हुन सकेको छैन। सरकारले बर्सेनि बजेटमार्फत किसानका सहुलियतका लागि घोषणा गरेका कार्यान्वयको पक्ष फितलो छ’, उनले भने।

जिल्लामा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेमध्ये ५० हजार हेक्टरको सेरोफेरो धान खेतीका लागि उपयुक्त मानिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले जनाएको छ। जिल्लाका कूल खेतीयोग्य जग्गामध्ये मुस्किलले १० प्रतिशत मात्र सिञ्चित (कुलो, नहरको पानी लाग्ने) छ। यसबाहेक सबै जग्गा आकासे पानीको भरमा खेती गर्नुपर्ने हुँदा किसानले जुनसुकै बालीको उपयुक्त बेलामा खेती लगाउन पाएका छैनन्।

‘उ..ल हेर्नुहोस्, हाम्रो ठाउँ त सिञ्चित भनिएको छ नि !’, बर्दिबास नगरपालिकाका ७० वर्षिय किसान नरबहादुर पुलामीले भने, ‘प्रचण्ड घामले मुखको थुक त सुकाउने भयो, पानीको मुहान के टिक्थ्यो ?’ पानीको मूहान सुकेर कुलो चल्न छाडेपछि कमिलाका ताँती हिँडेका उनले देखाए।

असार सकिनै लाग्दासम्म धान रोपाइँ पाँच÷छ हजार हेक्टरमात्र रोपाइँ भएको केन्द्रले जनाएको छ। रोपिएको धानको रोपो पनि पछि पानी नपुग्दा पहेँलिँदै गएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादवले बताए। उनले सिञ्चित जग्गामा पनि घामका कारण पानीका स्रोत सुकेकाले धान रोपाइँ पछि परेको बताए।

चुरे पर्वत् श्रेणीबाट झर्ने रातु, बडहरी, भब्सी, जङ्घा, मरहा, गणन्ता, ओक्सी, बिग्ही, खयरमारा, टुटेश्वर र बाँकेलगायत नदी जिल्ला भएर बग्दै एकअर्कोमा मिसिएर भारतको सीतामढी जिल्ला पुग्दछन्। जिल्लाको पूर्व–पश्चिम चौडाइभित्र प्रत्येक दुई किलोमीटरभित्र नदी परे पनि किसानको खेतमा पानी पुर्‍याउन नसकिएकामा यहाँका किसान कटाक्ष गर्छन्।

जिल्लाभित्रका नदीबाट खेतबारीमा पानी पुर्‍याउने सपना कुनै तहका सरकारले आफूहरुलाई देखाउन नसकेका भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवारको गुनासो छ। जिल्लाको मुख्यबाली धान प्रतिकूल मौसमले लगाउन नपाएपछि यसपाली अन्नको सङ्कट बढ्ने उनले बताए।

कृषि ज्ञान केन्द्र महोत्तरीका कृषि विज्ञले अझै पनि पानी परे नयाँ बीउ राखेर १५ दिनभित्र रोपाइँ गर्न सकिने बताएका छन्। पानी नपरे कम पानीमा गर्न सकिने धान बाली लगाउने तयारी गर्नुपर्ने विज्ञको सुझाव छ। हिँउदे लहरे तरकारी, कात्तिक लाग्दै गहुँ लगाउने तयारी गर्नुपर्ने भन्दै अन्य हिउँदे तरकारी बाली लगाए जाडो मौसम लागेपछि सिँचाइको अभावका कारण बाली डढ्ने स्थिति नरहने वरिष्ठ कृषि विकास अधिकृत डा यादवले बताए।

सर्वसाधारण किसानले भने आफ्ना जनप्रतिनिधिलाई सिँचाइका लागी पानीको व्यवस्थाका लागि विकल्पको खोजी गर्न आग्रह गरेका छन्। ‘सबै कुराको मुख्य जरो हाम्रा लागि खेती नै हो भन्ने कुरा हाम्रा जनप्रतिनिधिले बुझी दिन पर्‍यो’, गौशाला नगरपालिकाको बटौवाका किसान लक्ष्मी महतोले भने, ‘खेतीका लागि सिँचाइ पहिलो प्राथमिकतामा पर्छ, यसको विभिन्न विकल्पबारे तीनै तहका सरकारले खोजी गर्नुपर्‍यो।’

‘पछिल्ला छ वर्षयता स्थानीय तहमा जनताका प्रतिनिधि आएका छन्। जनताका मर्का र समस्या तत्कालै बुझ्न, हेर्न सक्ने स्थानीय तहले पहलकदमी लिई दिनुपर्‍यो’, बर्दिबास–९ पशुपतिनगरका किसान नथुनी महतोले बताए। जिल्लाका १५ स्थानीय तहले कृषि लक्षित विभिन्न योजना घोषणा गरे पनि सिँचाइको उचित प्रबन्ध हुन नसक्दासम्म सबै योजनाहरु प्रभावकारी बन्न नसक्ने उनको भनाइ छ।

स्थानीय तहले फलपूmलका बिरुवा बाँड्ने, नमुना बीउबिजन दिने र पशुपालक किसानलाई घाँसका बीउ/बिरुवा दिने गरे पनि दीर्घकालिन समस्या समाधानका लागि पहल नभएको भङगाहा–४ का किसान सत्यनारायण यादवले बताए। उनले स्थानीय तहले किसानलाई आत्मनिर्भर बनाउन कृषि अभियान सञ्चालन गरी किसानलाई पनि उक्त अभियानमा सहभागी गराउनुपर्नेमा जोड दिए।

यसपाली असार सकिनै लाग्दासम्म राम्ररी पानी नपरेर धान बाली लगाउन नपाएपछि किसानले आफ्नो ठाउँलाई ‘सुख्खा खडेरीग्रस्त क्षेत्र’ घोषणा गरेर कृषिका अन्य अनुकूल योजना अघि बढाउन स्थानीय सरकार तथा जनप्रतिनिधिसँग माग गरेका छन्।

‘खडेरीग्रस्त क्षेत्र घोषणा गरेपछि यहाँका किसानलाई तत्काल राहत प्याकेज दिनुपर्‍यो। किसानका ब्याज मिनाहा गर्न, अब गर्नसकिने खेतीबारे प्राविधिक परामर्श र अनुदानमा रकम दिई कृषिमा लाग्न प्ररित गर्नुपर्छ’, अखिल नेपाल किसान महासङ्घ महोत्तरीका संयोजक पर्शुराम ठाकुरले भने। उनले केन्द्रीय सरकारसम्म किसानका माग पुर्‍याउन स्थानीय तह तथा जनप्रतिनिधिलाई आग्रह गरे।

गोपालप्रसाद बराल

प्रकाशित: २०८० असार २५ गते सोमबार ०५:४८
प्रतिक्रिया

थप समाचार

देशमा १५ प्रतिशत रोपाइँ, सुदूरपश्चिम सबैभन्दा अघि

काठमाडौँ- यसवर्ष हाल सम्म देशभर करीब साढे १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जारी गरेको तथ्यांक अनुसार हाल सम्म देशभर १५.६ प्रतिशत रोपाइँ...

झापाले भित्र्यायो चैते धान रोप्ने नयाँ प्रविधि

झापा- जिल्लाका ८ वटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ बिघा जमिनमा यसवर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ। परम्परागत खेतीभन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो...

सुनसरीमा घट्यो गहुँखेली, बढ्यो मकैखेती

इनरूवा (सुनसरी)- सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्थे। उनले रू एक लाखदेखि एक लाख ५० हजारको लागतमा एक बिघा १० कट्ठामा गहुँखेती गर्दै...

धान गोड्न धमाधम [फोटो फिचर]

काठमाडौँ- काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा लगाइएको धानबालीले अहिले खेत ढाकेको भएको छ। किसानहरुलाई यतिबेला धान गोड्ने चटारो छ। ललितपुरको खोकनाका जेठको अन्त्य र असारको पहिलो सातातिर रोपिएको...

अझै नियन्त्रणमा आएन ‘लम्पी स्किन’

चितवन- पशुचौपायमा देखिएको लम्पिस्किन रोग अझै नियन्त्रणमा आउन सकेको छैन। सङ्क्रमणदर केही कम भए पनि नियन्त्रणमा आउन नसकेको हो। पछिल्लो समय चितवनका सात पालिकामा नौ हजार पाँच सय ४१ पशु चौपाय प्रभावित...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना