काठमाडौं – एलेक्जाले नेपालको अनलाइन ट्राफिक धेरै हुने स्रोतको तथ्यांक्क प्रस्तुत गर्ने गर्दछ। तर यसलाई पैसाले म्यानिपुलेट गरेको भनि मानिसहरुले आलोचना पनि गर्ने गरेका छन्। पछिल्लो समय एक कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा ६० प्रतिशत इन्टरनेट ट्राफिक युट्युब, फेसबुक र टिकटकबाट आउने पाइएको छ।
नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग) ले केहि दिन अघि सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा कूल इन्टरनेट ट्राफिकमध्ये यी तीन प्लेटफर्ममार्फत बढी ट्राफिक आउने गरेको हो ।
पछिल्लो समयमा नेपालमा सामाजिक सञ्जालको धेरै प्रयोग भइरहेको छ। यो समयमा मानिसहरू यि तीन सामाजिक सञ्जाल धेरै चलाउनले तथ्यांकमा देखिएको हो। प्रतिवेदन अनुसार नेपालको कूल इन्टरनेट ट्राफिकमध्ये १८ दशमलव ६ प्रतिशत टिकटकबाट, १९ दशमलव ६ प्रतिशत फेसबुकबाट र २० दशमलव २ प्रतिशत गुगलबाट आउने गरेको छ।
यो तथ्यांक्क प्रस्तुत गर्दै उक्त संस्थाले अन्य प्लेटफर्मममा आउट ट्राफिक योभन्दा कम रहेको बताएका छन्। तर यि तीन साधान अधिकांश मानिसहरुले प्रयोग गर्दै आएको काराण यसको ट्राफिक धेरै देखिएको कम्पनीको तर्क छ। त्यस्तै पछिल्लो समय नेपालमा छोटा भिडिओ शेयर गर्ने प्लेटफर्म टिकटक पनि लोकप्रिय बन्दै गएको छ। युट्युबले पनि रिलमार्फत् छोटो भिडियो देखाउन थालेको छ। यी तीन प्रमुख प्लेटफर्म नेपाली प्रयोगकर्तामाझ बढी चर्चित भएकाले बढी ट्राफिक यसैबाट आउने गरेको हो।


