काठमाडौँ- सामाजिक सञ्जालामा ट्रोल गर्ने व्यक्तिलाई ५ लाख रुपैयाँसम्म जरिमाना तिराउने व्यवस्था गर्न सरकारले प्रस्ताव गरेको छ।
प्रस्तावित सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ मा ट्रोल गर्नेलाई ५ लाख रुपैयाँसम्म जरिमाना गर्न सक्ने व्यवस्था समावेश गरिएको छ।
सरकारले यो विधेयक संसदमा पेस गरिसकेको छ। संसदका दुवै सदनबाट पारित भएमा यो व्यवस्था लागू हुनेछ।
‘कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य नगर्ने,’ प्रस्तावित विधेयकमा भनिएको छ, ‘यस विपरीतको कार्य गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई विभागले ५ लाख रुपैयाँ सम्म जरिवाना गर्न सक्नेछ।’
सामाजिक सञ्जाल प्रयोगकर्तालाई जरिमाना गर्नुअघि सफाईको मौका हुने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ।
यस्तो छ विधेयक


