२०८३ कार्तिक ११ गते मङ्गलबार

सामाजिक सञ्जाल प्रयोगकर्ताको अधिकार एक सेन्टिमिटर पनि तलमाथि हुन दिइन्न : प्रधानमन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १५
kp-oli-fagun-9
प्रधानमन्त्री ओली। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल प्रयोगकर्ताको अधिकार एक सेन्टिमिटर पनि तलमाथि हुन नदिने गरी सामाजिक सञ्जालको नियमन गर्ने तयारीमा सरकार रहेको बताएका छन्।

बिहीबार काठमाडौँमा भएको डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

समाजिक सञ्जालमा हुने असामाजिक गतिविधिलाई रोक्नैपर्ने भएको र त्यसका लागि सरकारले तयारी अघि बढाएको प्रधानमन्त्रीको भनाइ छ। ‘यस्तो कुरा रोक्नुपर्छ भन्दा डिबेट गर्ने नै होइन, त्यो विरोधका लागि विरोध मात्र हो’, प्रधानमन्त्रीको भनाइ थियो।

सरकारले जनतामा पूर्ण डेमोक्रेसी चाहेको बताएका छन्। मानिस सुखी र खुसी हुन पूर्ण डेमोक्रेसी आवश्यक रहेको उनको भनाइ थियो।

राजनीतिक परिवर्तनले मात्र मानिस खुसी र सुखी बन्न नसक्ने बताएका ओलीले मानिसलाई खुसी हुन नदिने एउटा तत्त्व अपराध पनि भएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले मानवजाति अझै पनि अभाव र भोकमरीमा तड्पिरहनुपरेको उल्लेख गरे।

‘मानिस अभाव र भोकमरीमा तड्पिरहेको छ भने अरु कुराले मात्र सुखी हुन सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हामी परिपूर्ण डेमोक्रेसी चाहन्छौँ। सामाजिक जीवन उन्नत हुनुपर्छ। जैविक र मानवीय आवश्यकताको सहज आपूर्ति हुन सके मात्र समाजलाई समृद्ध, सन्तुष्ट र खुसी राख्न सकिन्छ।’

सूचना प्रविधिले मानव जातिलाई सुखसुविधा दिने भएपनि यसको दुरुपयोगबाट अपराधसमेत हुने गरेकाले सचेत हुन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ छ।

‘समाजमा ठुलो परिवर्तन आएको छ। राजनीतिक परिवर्तन र अरु स्वतन्त्रताका हकको मात्र होइन। हामी हरेक हिसाबले अधिकार सम्पन्न हुन चाहन्छौँ’, प्रधानमन्त्रीले भने, ‘सामाजिक प्रबन्धहरु यसरी गइरहेको छ कि अझैपनि डिजिटलको कुरा गरिरहेका छौँ। त्यसै बेला उल्लेखनीय प्रतिशत मानव जाति निरपेक्ष गरिबीको रेखामुखि छ।’

प्रकाशित: २०८१ फाल्गुण १५ गते बिहिबार ११:४३
प्रतिक्रिया

थप समाचार

बंगालको खाडीमा चक्रवातको प्रभावः नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने

काठमाडौं। बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन्। मौसमविद् विनोद पोखरेलले सामाजिक...

टीकाको उत्तम साइत १०:२६ बजे, कता फर्किने?

काठमाडौँ: हिन्दूहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी मनाइँदैछ । आजको दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष...

महँगीविरुद्ध फ्रान्समा प्रदर्शनी चर्कियो, १२ सय जना पक्राउ

देशभर लाखौँ मानिस सडकमा उत्रिएका छन्। प्रदर्शनका क्रममा सार्वजनिक भवनमा आगजनी, पसलमा लुटपाट र प्रहरीसँग झडपका घटना भएका छन्।

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

महिलाले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा

काठमाडौं। महिला उद्यमी महासंघ नेपाल (एफडब्लुइएएन) ले ‘म उद्यमी’ ट्रेडमार्क (सामूहिक चिन्ह) प्रयोगसँगै उत्पादनहरुको सामूहिक प्रदर्शन सुरु गरेको छ। एफडब्ल्युइएएनले बिहीबार ललितपुरको सानेपास्थित...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना