२०८३ कार्तिक १६ गते आईतबार

मिनी-संसदमा गएनन् सांसद, पूर्वाधार समितिको बैठक बस्दै नबसी स्थगित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २८
infra_devlopment_samiti (1)
पूर्वाधार विकास समिति बैठक। फाइल तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ- प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठक गणपूरक सङ्ख्याको अभावमा स्थगित गरिएको छ। मेलम्ची खानेपानी आयोजनाका विषयमा छलफल गर्न १ः०० बजे बोलाइएको बैठक गणपूरक सङ्ख्या नपुगेपछि पौने दुई बजे स्थगित गरिएको समिति सचिव उदयकुमार भण्डारीले जानकारी दिए।

बैठक स्थगित गर्ने बेलासम्म समितिका २७ सांसदमध्ये ११ जनाको उपस्थिति थियो। गणपूरक सङ्ख्याका लागि तीन जना सांसद अपुग भएपछि स्थगित भएको हो।

समितिले पारित गरेको आन्तरिक कार्यविधि, २०८० मा तोकिएको समयभन्दा आधा घण्टासम्म पर्खने व्यवस्था गरिएको छ। त्यसबेलासम्म सांसदहरू ऐनबहादुर शाही ठकुरी, प्रतिमा गौतम, प्रदीप पौडेल, मैना कार्की, गोकर्णराज विष्ट, महेश बस्नेत, निर्मला कोइराला, प्रेमबहादुर महर्जन, निशा डाँगी, शिव नेपाली, लालवीर चौधरी उपस्थित भएका थिए।

बैठक स्थगित भएपछि सांसदद्वय उर्मिला माझी र बिना लामा सवा दुई बजे बैठककक्षमा आइपुगे। समितिको गणपूरक सङ्ख्याका लागि १४ सांसद आउनुपर्नेमा सवा दुई बजेसम्म आइपुग्ने सांसदसमेत १३ जनाको मात्र उपस्थिति रहेको समिति सचिव भण्डारीले जानकारी दिए। त्यसबेलासम्म पहिले उपस्थित भएका सांसद र मेलम्ची खानेपानी आयोजनासँग सम्बद्ध कार्यालयका कर्मचारी हिँडिसकेका थिए।

बैठकमा अनुपस्थित हुने सांसदमा कल्पना चौधरी, खमबहादुर गर्बुजा, दिनेशकुमार यादव, राजेन्द्र बजगाईँ, शङ्कर भण्डारी, ठाकुरप्रसाद गैरे, दयालबहादुर शाही, बसन्तकुमार नेम्वाङ, राजकुमार गुप्ता, माधव सापकोटा, दीपकबहादुर सिंह, सुशीला श्रेष्ठ, चन्द्रकान्त राउत र धनबहादुर बुढा रहनुभएको समिति सचिवालयले जनाएको छ।

बैठकमा खानेपानी मन्त्रालयका सचिव रामआधार साह, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटा र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका आयोजना निर्देशक सञ्जीवविक्रम राणा उपस्थित थिए।

प्रकाशित: २०८० असार २८ गते बिहिबार ०७:१०
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना