२०८३ कार्तिक १३ गते बिहिबार

पाकिस्तानलाई नेपालले दियो १८० रनको लक्ष्य

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, असार २९
cricket nepal pakistan

काठमाडौं – श्रीलंकामा जारी एसीसी टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए लाई १८० रनको लक्ष्य प्रदान गरेको छ।

निकै कमजोर सूरुआत गरेको नेपालले अन्तिममा केही सम्हालिए खेल्दै ३७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७९ रन बनाएको हो। पेसर सोमपाल कामीले अर्धसतक बनाएपछि नेपालले एक सयभन्दा धेरैको लक्ष्य दिन सकेको हो। सोमपालले आज ९ चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ७५ रन बनाएका थिए। उनले १०१ बलमा सो रन जोड्न सकेका हुन्।

सुरुआति पाँच ओभरमै नेपालले तीन विकेट गुमाएको नेपालले त्यसको केही समयमै थप दुई विकेट पनि गुमाएको थियो। नेपालले ओपनर जोडी कुशल भुर्तेल र आशिफ शेखक साथै कप्तान रोहित पौडेल, भीन सार्की र आर्जुन साउँद पनि आउट भए।

त्यस्तै, १० ओभर सकिँदा त नेपालले छ विकेट गुमाइसकेको थियो। कोलोम्बो क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। तर पाकिस्तानी बलरले घातक सुरुआत गरेपछि नेपालको तीन खेलाडी सुरुमै आउट भए।

ओपनर कुशल भुर्तेल छ बलमा एक रन बनाएर बाहिरिएका थिए। उनलाई शाहनवाज धनानीले तेस्रो ओभरको पहिलो बलमा आउट गरेका हुन्। कुशल आउट हुँदा नेपालको खातामा १४ रन मात्र थियो। त्यस्तै अर्को ओपनर आशिफ शेख पनि धनानीकै हातको सिकार भए।

आसिफले १२ बलमा १२ रन बनाएर आउट भए। उनी आउट हुँदा नेपालको खातामा १२ रन मात्र थियो। चौथो नम्बरमा मैदान छिरेका कप्तन रोहितलाई भने मुहम्मद वासिमले पेवेलियन फर्काएका थिए। रोहितलाई मोहम्मद ह्यारिकले क्याच गरेका हुन्। रोहित आउट हुँदा नेपालको खातामा २४ रन मात्र छ।

तेस्रो नम्बरका ब्याटर अर्जुन साउँद पनि २० बलमा १७ रन बनाएर आउट भए। उनलाई सस्तैमा आउट गर्दा नेपालले ३५ रन मात्र बनाएको थियो। साउँदलाई पाकिस्तानका धनानीले नै पेवेलियनको बाटो देखाएका थिए। धनानीको बललाई ह्यारिसले क्याच गरेपछि अर्जुन बाहिरिए।

अर्जुन आउट हुनुअघि नै पाँचौ नम्बरमा मैदान छिरेका भीम सार्की पेवेलियन फर्किसकेका थिए। शून्य रन बनाएका भीम वासिमको सिकार भए। त्यस्तै सातौं नम्बरका पवन सर्राफलाई पनि धनानीले नै आफ्नो सिकार बनाए। पवन आउट भएसँगै नेपालको छैटौं विकेट पनि गएको थियो। छैटौं नम्बरमा मैदान छिरेका कुशल मल्लले १७ रन को योगदान दिए।

पवनले नेपालका लागि एक रन मात्र प्रदान गर्न सके। गुल्सन कुमार झा र सोमपाल कामीले केही लामो पारी खेल्न चाहे पनि सकेनन्। किनभने गुल्सनलाई १९ रन बनाएको अवस्थामा वासिमले डगआउटको बाटो देखाइदिए। यता, युवा बलर प्रशित जिसीले चाहिँ केही सम्हालिएर खेले। उनले २४ बलमा २६ रन हिर्काए।

नेपालविरुद्ध पाकिस्तानका धनानीले पाँच विकेट लिए भने वासिमले चार विकेट गिराएका थिए। त्यस्तै मुवासिर खानले पनि एक विकेट लिए। धनानीले त खेलमा तीन मेडनसमेत राखे।

खेलमा नेपाली टिमका कप्तान रोहित पौडेलले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। नेपालसँग खेल्ने पाकिस्तान को ए टोली हो। त्यो टिममा पाकिस्तानको सिनियर टोलीबाट खेलेका ८ युवा र स्टार खेलाडी रहेका छन्। पाकिस्तान साविक विजेता टिमसमेत हो।

नेपाल रहेको समूह बी मा पाकिस्तन, भारत र युएई पनि रहेका छन्।

प्रकाशित: २०८० असार २९ गते शुक्रबार ०१:१४
प्रतिक्रिया

थप समाचार

अपराजित थाइल्यान्डलाई हराउँदै पहिलो जितको खोजीमा नेपाल

काठमाडौँ - त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज मंगलबार नेपालले शीर्षस्थानमा रहेको थाइल्याण्डको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो...

तिलक वर्माले नटआउट ७२ रन बनाएपछि भारतसँग इंग्ल्याण्ड फेरि पराजित

काठमाडौँ - तिलक वर्माले नटआउट ७२ रन बनाएपछि भारतले इंग्ल्याइण्डविरुद्ध पाँच खेलको टी-२० श्रृंखलाअन्तर्गत दोस्रो खेलमा पनि जित निकालेको छ। हिजो राति भएको खेलमा भारतले इंग्ल्याण्डलाई २ विकेटले...

भिड्दै भारत र इंग्ल्याण्डबीच दोस्रो खेलः रिंकु आउट, दुवे र रमनदीप समावेश

एजेन्सी - भारत र इंग्ल्याण्डबीचको ५ वटा टी–२० म्याचको सिरिजको दोस्रो खेल आज चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुँदैछ। यो खेल भारतीय समयअनुसार साँझ ७ बजे सुरु हुनेछ। टस साँझ ६ः३० बजे हुनेछ। सिरिजको...

पाँच वटा पिचसहित क्रिकेट मैदान निर्माण हुँदै

मनहरी (हेटौँडा) - यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार...

१७ वर्षीय आयुषले ११७ बलमा १८१ रन बनाउँदै बनाए विश्व कीर्तिमान

एजेन्सी - मुम्बईका १७ वर्षीय क्रिकेटर आयुष म्हात्रेले मंगलबार नागाल्याण्डविरुद्धको विजय हजारे ट्रफीको खेलमा ११७ बलमा १८१ रनको उत्कृष्ट इनिङ खेल्दै विश्व रेकर्ड बनाएका छन्। उनले लिस्ट ए क्रिकेटमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना