काठमाडौँ- रन्जित परियारले सुखदुख आफ्नो परिवार चलाइरहेका थिए। सिलाइबुनाइले गुजारा चलेकै थियो। तर उनका ६ वर्षे छोरा स्पर्शलाई गम्भीर रोग लागेपछि उनी अहिले चिन्तित छन्।
सुरुमा त के रोग हो पत्तै लागेन। उनले एक वर्ष पहिलेबाट हो जँचाउनसुरु गरेको। सुरुमा स्पर्शलाई एलर्जीजस्तो छालामा डाबर आएको थियो। उनीहरुले त्यसलाई एलर्जी नै भन्ठानेका थिए। किनभने त्यहाँभन्दा पहिले स्पर्शलाई केही रोग थिएन्। स्वस्थ्य देखिन्थे।
एलर्जीलाई उनीहरुले सामान्य रुपमा नै लिएका थिए। ‘म बेलुका गलेर घर फर्किँदा एलर्जी आएको जस्तो देखिन्थ्यो। त्यसैले, हामीले त्यसलाई धेरै गम्भीरतापूर्वक लिएनौँ। सामान्य होला भन्ठान्यौँ,’ रन्जितले भने।
केही दिन सम्म नरोकिएपछि अस्पताल लगे। नजिकैको बजारको मेडिकलबाट ल्याएको औषधिले निको नभएपछि उनीहरुले भरतपुर अस्पताल लगेका थिए। त्यहाँका डाक्टरहरुले यो रोग यहाँ हुँदैन काठमाडौं लैजानु भने।
रन्जित आफ्नो काम थाती राखेर स्पर्शलाई काठमाडौं लिएर आए। काठमाडौंमा पनि छालाको रोगमा धेरै अस्पतालमा बुझे। अन्तिममा एउटा प्राइभेट अस्पतालमा छोरालाई देखाउन पुगे।
‘त्यहाँ बच्चाकै छालाको रोग विशेषज्ञ हुनुहुँदो रहेछ, स्मिता जोशी भन्ने,’ रन्जितले भने, ‘हामीले उहाँलाई देखायौँ।’
जेशीले रन्तिजलाई भनिन, ‘यो छालाकै रोग हो भनेर एकिनसाथ भन्न सकिएन। हाम्रो डाक्टरहरुको समूह छ। हामी त्यहाँ छलफल गर्छौं। हामी सोध्छौं। स्विट्जरल्यान्डमा एउटा ग्रुप छ त्यताबाट निर्णय आएपछि भन्छौं।’
स्विट्जरल्यान्डबाट रिपोर्ट आउन तीन महिना लाग्ने भएपछि स्पर्शलाई लिएर रन्जित गाउँ फर्किए। काठमाडौं बसिरहन पनि सम्भव भएन। त्यो बीचमा त एकाएक स्पर्शको रोग निको भयो। बिबिरा आफसेआफ हराउन थाले। हराएका विविराको डाम हातमा अलिअलि देखिएको थियो। पिंक कलर अलिअलि देखिएको थियो, निशान थियो।
ठीक भयो भन्ने सोचमा थिए रन्जित। तर, तीन महिनापछि फेरी आउन सुरु भयो। काठमाडौंबाट डाक्टर जोशीले पनि स्विट्जरल्यान्डबाट रिपोर्ट आयो भनिन्।
डाक्टरसँगको सल्लाहमा रन्जित बच्चा लिएर काठमाडौं लागे। बच्चाको अवस्था बताए, बिबिराहरु फेरी देखा परेको छ बताए।
यता, स्विट्जरल्यान्डबाट आएको रिपोर्टमा पनि यही हो भनेर तोकेर त आएको थिएन। यद्यपि पछि गएर भविष्यमा क्यान्सरसम्म हुनसक्ने भनेर रिपोर्टमा शंका गरिएको थियो।
त्यसपछि त्यहाँका डाक्टरहरुले भने, ‘यो छालाको रोगको डाक्टरको काम होइन रहेछ। ह्युमन केयर भन्ने क्लिनिकमा जानु त्यहाँ धर्मगत भट्टराई हुनुहुन्छ, उहाँले हेर्नुहुन्छ।’
यति सल्लाह पाएपछि रन्जित त्यतै गए। ‘भट्टराईले मेरो बच्चालाई लागेको जस्तो रोगको नेपालमा रहेका एक मात्र विषेशज्ञ हुनुहुँदो रहेछ,’ रन्जितले भने, ‘सुरुमै उहाँले मै हो यो रोग हेर्ने भन्नुभयो। स्किन(छाला) मात्र भन्नुभएको भएर झन् ठूलो समस्या हुन्थ्यो। तर अब तपाईंहरु आइसक्नु भयो, चेक गरौँ।’
डाक्टर भट्टलाईले स्पर्शको रगतका धेरै परीक्षण गरे। नेपालमा गरिएको रगतको जाँचमा रगतमा हुनुपर्ने मात्र मिलेको देखिएन्। कुनै तत्वहरु पनि ठीक गरि सही तरिकाले मिलेका थिएनन्।
‘यो रिपोर्ट त राम्रो छैन्,’ डाक्टर भट्टराईले रन्जितलाई भने, ‘नेपालको ल्याबको तलामाथि भएर नतिजा आएको रहेछ भने त्यसको निर्णय लिन सकिँदैन। त्यसैले यसको जेनेटिक टेस्ट गर्नुपर्छ। त्यसबाट आउने रिपोर्टले अघि बढ्न सकिन्छ।’
जेनेटिक रिपोर्ट हेरेर मात्र भट्टराईले पनि के गर्ने भने निधो गर्न सक्ने भएको बताए। ती काम गर्नमै रन्तिजको धेरै पैसा खर्च भइसकेको थियो। घरमा ध्याउन्न परिसकेको थियो। रिपोर्ट पर्खिने समयसम्म – डेढ महिना – घर फर्के।
जाँच्न नमुना दिएको डेढ महिनामा रिपोर्ट पनि आयो। रन्जितले आफ्ना छोराको उपाचारका लागि एक लाख ३५ हजार जोगाएर राखेका थिए।
त्यही रकम लिएर बावुछोरा काठमाडौं आए।
काठमाडौं आएपछि त डाक्टरले बच्चाको रिपोर्ट सोचेजस्तो सजिलै निको नहुने रोग लागेको बताए। निको हुन लामो उपचार गर्नुपर्ने बताए।
‘काठमाडौंमा उपचार गरेर बस्न सकिँदैन चितवनमा उपचार गर्ने व्यवस्था मिलाइदिनू,’ रन्तिजले डाक्टरसँग आग्रह गरेको नेपाल क्लिक्सलाई बताए। डाक्टरले भने, ‘तपाईं यस्तो भन्नुहुन्छ बच्चाको केस एकदमै सिरियस छ। यो नेपालमा उपचार हुने नै रोग होइन। यसका लागि भारत जानुपर्छ। तपाईंको बच्चाको बोनम्यारो ट्रान्सफर गर्नुपर्छ। बोनम्यारो परिवर्तनको विकल्प छैन।’
स्पर्शको रोग देखिएको एक वर्ष बितिसकेको थियो। एक वर्ष रोग पहिचानमै लाग्नु दुखद् कुरा थियो। डाक्टरले त यही अवस्था रहे रोग देखिएको चार वर्षभित्र बच्चाको जहिल्यै पनि मृत्यु हुनसक्ने भनेपछि रन्जित झस्किएका छन्। उनी आत्तिएका छन्।
‘तपाईंसँग कति पैसा छ। अलिकति औषधि गर्न सक्नुभयो भने केही भए पनि रोकथाम हुन्छ,’ डाक्टरले भने।
डाक्टरको सल्लाह मान्दै रन्जितले भएको पैसा त्यही उपचारमा लगाएका छन्। अब त आफ्नो पैसा पनि सकिएको बताउँछन् रन्जित। अन्तिमम बँचेको ५० हजार उपचारमा सकियो।
‘चाँडै भारत लिएर जानु भन्ने डाक्टरको सल्लाह छ। पैस सकिएपछि आत्तिएको छु। फेसबुक वा मिडिया जहाँ पनि गएर सहयोग जुटाउने पक्षमा छु। अब के हुन्छ थाहा छैन्,’ उनले मधुर स्वरमा वेदना सुनाए, ‘हात फैलाएर सहयाग मागिरहेको छु।’
यसरी सहयोग माग्न थालेपछि उनले आफ्नो छोराको रोग निको पार्न सकिन्छ कि भन्ने आशा गर्न थालेका छन्।
‘स्पर्शको उपाचारका लागि धेरै पैसा चाहिने रहेछ। आफ्नो जग्गा जमिन भइदिएको भए पनि त्यसलाई बेचेर चलाउन हुन्थ्यो। त्यो पनि छैन। साह्रो पीडा भयो,’ उनले भने।
रन्जितले त खुसदुख परिवार राम्रो चलाएका थिए, भविष्यलाई जोहो गरेको रकम पनि सकियो। विराम नआइदिएको भए गाह्रौ पर्दैन थियो होला। ‘परिवार पाल्न त म सक्थेँ। तर रोग लागेपछि कमाएको सबै सकियो। ४४ वर्षको भएँ, सिलाई गर्छु। मेरो ११ वर्षको ठूलो छोरी पनि छ। गाह्रो भयो,’ उनले भने।
भारतमा डीजीआई भन्ने अस्पताल छ। त्यहाँ गएर उपचार गर्नुपर्ने छ। नभए दिल्लीमा भएको सारकारी अस्पतालमा गए पनि हुन्छ भनेर नेपालका डाक्टरले सल्लाह दिएका छन्। ‘मलाई डाक्टरको नम्बर पनि दिनुभएको छ उहाँलाइ फलो गर्दै जानु भन्नुभएको छ,’ उनले भने, ‘त्यसअघि उपचारको लागि पैसा चाहिन्छ। जुन मसँग छैन। के गर्ने कसो गर्ने थाहा छैन। त्यसैले सबैलाई सहयोग मागिरहेको छु।’
रन्जितको बच्चालाई उपचारको लागि सहयोग गर्न उनको बैंक खातामा पैसा पठाइदिन सकिन्छ। उनले आफ्नो खाता नेपाल बैंकमा रहेको बताएका छन्।
खातावालाको नामः रन्जित परियार
नेपाल बैंक लिमिटेडको खाता नम्बरः ०४८०१००७५३७८३००००००२
मोबाईल नम्बरः ९८२१२०१६८५


