काठमाडौँ- लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुरको आरोपमा यादवलाई नियन्त्रणमा लिइएको जानकारी जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा पूर्वमन्त्री यादवले दिएको १२ लाख २८ हजार रुपैयाँको चेक गत माग १० गते बाउन्स भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो। एमाले नेतासमेत रहेका यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
उनी २०७४ सालमा लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’ बाट जसपाबाट निर्वाचित भएका थिए। पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएर कारबाही भोगेपछि उनी एमाले प्रवेश गरेका थिए। प्रदेशसभा चुनावमा जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए।


