काठमाडौँ- नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले भातृतसंस्थालाई प्रदेश समितिले चुस्त बनाउन सक्ने जिकिर गरेका छन्। भातृसंस्था पार्टीका हतियार भएको तर यसको चुस्त समिति बन्न नसकेको उनको भनाइ थियो।
‘अहिलेको आवश्यकता हो भातृसंस्था। भातृसंस्था हाम्रा हतियार हुन्। भातृसंस्था चुस्त बनाउन आवश्यक छ। भातृसंस्था प्रदेश तय गर्नका लागि प्रदेशलाई जिम्मा दिनुपर्छ,’ उनले भने, ‘सबै प्रदेशमा भातृसंस्थालाई चुस्त दुरुस्त बनाउ हामी सक्छौं। केन्द्रमा भातृसंस्थाको मौजुदा अवस्थाले हामी अघि बढ्न सक्दैनौं। १ महिना भन्दा कम समय दिनुस्, हामी चुस्त समिति बनाउँछौं।’
महामन्त्रीको वार्षिक कार्यतालिका हौसिएर आएको उनको भनाइ थियो। कार्यान्वयनमा लैजान नसकिने र कार्यतालिकाले प्रदेश समितिलाई उपेक्षा गरेको उनको भनाइ थियो।
केन्द्रीय समिति सदस्यले अनुशासन पालना नगरेको समेत उनको भनाइ थियो। एउटा जिम्मेवारीमा रहेका साथीले अर्काका बारेमा राखेका तथानाम गाली गर्नु उचित नभएको उनले धारणा राखे। ‘अनुशासन विहिनताले कुनै पनि लक्ष्य प्राप्ति हुँदैन,’ उनले भने।
उनले केही मन्त्रालय र मन्त्रीका बारेमा बजारमा केही टिकाटिप्पणी आएकाससमेत आरोप लगाए। गठबन्धन सरकारको अनूभूति आफूहरुले पाउन नसकेको उनको टिप्पणी थियो।
