२०८३ कार्तिक ११ गते मङ्गलबार

‘महिला फुटबलप्रतिको दृष्टिकोण फरक बनाउने कोसिस गर्दैछु’

 |  विनय ज्योति सापकोटा
Sanket

विनय ज्योति सापकोटा

काठमाडौँ, साउन ३
sabi

काठमाडौँ- इजरायलको शीर्ष डिभिजनको महिला फुटबल लिग खेल्न जान लागेकी नेपाली फुटबलर सावित्रा भण्डारीलाई युवा तथा खेलकुद मन्त्रालयले बुधबार बिदाइ गरेको छ। अघिल्लो सिजन मात्र दोस्रो डिभिजनबाट बढुवा भएको होपोएल रानाना क्लबले सावित्रालाई अनुबन्ध गरेको छ।

अब उनको क्लब इजरायलको लिगमा उत्कृष्ट बन्यो भने रानानाले युरोपको महादेशिय फुटबल महासंघले आयोजना गर्ने लिगमा छनोट खेल्न पाउनेछ। विश्व क्लब फुटबलको केन्द्र रहेको युरोपेली लिगमा खेल्न पाउनु भएको नेपाली खेलाडीको लागि निकै महत्वपूर्ण कुरा हो। जसको सुरुआत सावित्राले गरेकी छन्।

‘फुटबल खेलेर बाँच्न सकिन्छ, केही गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छु। मेरो देशका लागि अझै धेरै गर्न बाँकी छ,’ आफ्नो बिदाइमा उनले भनेकी छन्।

इजरायलमा गएर राम्रो फुटबल प्रदर्शन गर्दै आउन पुस्ताका लागि पनि आधार तयार गर्ने सावित्राको लक्ष्य रहेको छ। ‘मेरो व्यावसायिक फुटबलका लागि इजरायलको यात्रामा महिला फुटबल हेर्ने दृष्टिकोण फरक बनाउने कोसिस गर्नेछु। आउने पुस्ताको लागि मैले बाटो बनाउनका लागि आधार तयार गरेको छु,’ उनले भनिन्।

सावित्राले यसअघि पनि दक्षिण एसियाको सबैभन्दा ठूलो भारतको महिला लिग, पाकिस्तान र बंगलादेशको लिगमा खेलिसकेकी छन्। उनले त्यहाँ पनि उत्कृष्ट प्रदर्शन गरेकी छन्। भने सावित्रा नेपाली टिमकी पनि निसन्देह उत्कृष्ट फरवार्ड हुन्।

नेपाली महिला फुटबलमा उनी सर्वाधिक गोलकर्तासमेत हुन्। उनले भन्दा धेरै अन्तर्राष्ट्रिय गोल आजसम्म कुनै अर्को नेपाली महिला खेलाडीले गरेका छैनन्। ‘इजरायलमा र युरोपमा खेल्ने जुन अवसर प्राप्त भएको छ। त्यसको लागि क्लबलाई पनि धन्यवाद भन्न चाहन्छु,’ सावित्रालाई शुभकामना दिँदै एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले भने।

त्यस्तै, नेपालका लागि इजरायली राजदूत हानन गोदरले पनि होपोएल रानाना उत्कष्ट टिम रहेको र आफूले पनि सो क्लबलाई नजिकबाट चिनेको बताएका छन्। गोदरले भने, ‘मैले आयोजकलाई नजिकबाट चिनेको छु। अहिले सबैले इजरायलमा तपाईंलाई पर्खिरहेका छन्। इजरायलको फुटबल तपाईंलाई स्वागत गर्दछ।’ उनले एम्बसेस्सी इजरायलको तर्फबाट उनलाई शुभकामना दिए।

अब सावित्रा अगस्टको १ तारिख इजरायल जानेछिन्। उनी एक दिन अघि मात्र बंगलादेशबाट फुटबल खेलेर नेपाल फर्किएकी थिइन्। बंगलादेशमा नेपाली टोलीबाट उनले मात्र गोल गरेकी थिइन्। सोही गोलका कारण नेपाल हारबाट जोगिएको थियो।

नेपालले दुवै खेलमा बराबरी गरेपछि पेनाल्टीमा जित निकालेर नेपाली टिम फर्किएको थियो। त्यसको दुई दिनमै मन्त्रालयले उनको बिदाइ गरेको हो। ‘यो माया, सम्मान र विलाई आशा गरेको थिएन। एक दुई दिनमै आएर बिदाइ गरिदिनु भयो। त्यसका लागि धन्यवाद,’ सावित्राले युवा तथा खेलकुदमन्त्री र इजरायली एम्बासडरलाई सम्बोधन गर्दै भनिन्, ‘आउने दिनमा यत्तिकै सहयोग गरिदिनु हुनेछ भन्ने आशा गरेको छु।’

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू सावित्राले विदेशमा खेलेर नेपालको फुटबल पनि विकास गर्ने कौशल विकास गर्ने आशा राखेको बताएका छन्। उनले भने, ‘उहाँको यात्रा अघि बढोस् भन्ने शुभकामना छ। यो अवसरबाट नेपाली फुटबलको विकासमा प्रयोग गर्न सकिने गरी फुटबल कौशलको विकास गरेर आउनुहोस्।’ साथै मन्त्री लिम्बूले आउँदो वर्षमा अझै राम्रो स्थानमा पुग्न सक्नेगरि क्षमताको विकास गर्न पनि सल्लाह दिएका छन्।

मन्त्रीले सन् १९६० देखि मैत्री सम्बन्ध रहेको इजरायल सरकारले विभिन्न क्षेत्रमा सहयोग गरेको बताउँदै नेपालमा लामो समय काम गरेका राजदूतलाई धन्यवाद दिएका छन्।

कार्यक्रममा बोल्दै सावित्राले एसियाली देशमा आफूले खेलिरहेको लिगभन्दा एक स्टेप माथि गएको बताएकी छन्। उनले भनिन्, ‘एसियाली देशबाट एक पाइला अघि बढेको छु। युरोपको मान्यता पाएका देशको लिगमा खेल्नु चुनौती हो। म यो चुनौती स्वीकार्न तयार छ। यो नेपाली फुटबलरका लागि सुरुआत हो र म अन्तिम परीक्षासम्म पनि तयार रहने छु।’

कार्यक्रममा इजरायली दूतावास र सावित्राले हस्ताक्षर गरेर फुटबल साटासाट गरेका थिए।

थप तस्बिर

प्रकाशित: २०८० साउन ३ गते बुधबार ०२:३५
Sanket

विनय ज्योति सापकोटा

सापकोटा खेलकुद, कला र विज्ञान/प्रविधिमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना