काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई पूर्णता दिने तयारी गरिरहँदा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र भने जुँगाको लडाईँ सुरु भएको छ। सत्तारुढ १० दलीय गठबन्धनले मन्त्रालयको भानबन्डा टुंगो लगाएको छैन। तर ८ मन्त्रालय लिने तयारीमा रहेको कांग्रेसभित्र कसको नेतृत्वमा सरकारमा जाने र कसले कुन मन्त्रालय पाउने भन्ने विषय पेचिलो बन्न पुगेको छ। यसअघि एमालेले पाएका अधिकांश मन्त्रालय कांग्रेसलाई दिने प्रधानमन्त्रीको दाहालको तयारी छ।
सत्ताच्यूत भएको तीन महिनापछि सत्तारोहणको तयारी भइरहँदा कांग्रेसमा नेताहरूबीच हानथाप चलिरहेको छ। सांसद्हरुले मन्त्रीको लबिइङ तीव्र पारेका छन्। मन्त्री बन्ने इच्छा जाहेर गर्नेहरुका कारण सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा भिड बाक्लिएको छ।
नेपाली कांग्रेसमा यतिबेला कुन मन्त्रालयमा को जाने भन्ने मात्र विषमया छलफल केन्द्रित छैन। कसलाई कसरी रोक्ने भन्ने रणनीतिमा समेत काम भइरहेको छ। एक नेताले अर्कालाई रोक्ने प्रयासमा नेताहरूको समय खर्च गरिरहेका छन्। गुटगत हिसाबले हुने भागबन्डाको हिसाब अर्कै छ। तर एकै समूहमा रहेका नेताहरु नै एकअर्कालाई रोक्ने कसरतमा छन्। त्यो पनि सभापति देउवाकै समूहका।
उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महतबीच एकअर्कालाई रोक्ने प्रतिस्पर्धा चलिरहेको संस्थापन समूहका एक नेताको दाबी छ। एकै समूहमा रहेका यी दुई नेताबीच सुमधुर सम्बन्ध छैन।
उपसभापति खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने सम्भावना धेरै छ। तर प्रवक्ता महत भने खड्कालाई रोक्न लागिपरेका छन्। महतले अर्थमन्त्रालयमा दाबी गरिरहेका छन्। खड्कालाई रोकेर आफू अर्थमन्त्री बन्ने दाउ महतको छ। खड्काले पनि सकभर आफूले नेतृत्व गरेर सरकारमा जाँदा महतलाई मन्त्रीको सूचीमा नपार्ने कसरतमा रहेको उनी निकट एक सांसद् बताउँछन्।
पार्टीको १४औं महाधिवेशनमा खड्काले आफूलाई महामन्त्री हराउन भूमिका खेलेको बुझाइ महतको छ।
‘उपसभापति र प्रवक्ताबीच सुमधुर सम्बन्ध छैन। त्यसकारण एकले अर्कालाई रोक्न प्रयास गरिरहेको देखिन्छ,’ संस्थापन समूहका ती नेताको दाबी छ। त्यसो त पार्टीको १४औं महाधिवेशनमा खड्काले आफूलाई महामन्त्री हराउन भूमिका खेलेको बुझाइ महतको छ।
सभापति देउवाको समूहबाटै खड्काले उपसभापति जितेका थिए भने महामन्त्रीका उम्मेदवार महत पराजित भएका थिए। प्रवक्ता महतले आफ्नो हार र विश्वप्रकाश शर्माको जितमा खड्काको भूमिका रहेको विश्लेषण गरेका छन्। ‘१४औँ महाधिवेशनमा भएका धोकाधडीको विषय त प्रष्ट नै छ। आफू जित्ने र अरुलाई हराउन विद्रोह गरेर फरक समूहबाट उम्मेदवार बनेकालाई जिताउने कुरा पनि भएकै हुन्,’ महत निकट स्रोत भन्छ, ‘यसको असर त काहिँ/कतै देखिने कुरा अस्वभाविक होइन।’
त्यसो त पुस १० गते प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच धक्कामुक्की भएको घटना सार्वजनिक भएको थियो। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिने कि नदिने भन्ने विषयमा दुई नेताबीच धक्कामुक्की भएको समाचार बाहिरिएका थिए। यद्यपि खड्काले पछि उक्त घटना सत्य नभएको प्रष्टीकरण दिएका थिए।
‘बालुवाटारमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मलाई झम्टेको, हातपात गर्न कोसिस गरेको भनी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा केही दिनदेखि सम्प्रेषण भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यो कुरा सत्य होइन,’ उनले भनेका थिए।
खड्कालाई सांसद्हरुको सुझाव- सरकारको नेतृत्व गर्नुस्
उपसभापति खड्काले यसअघि सार्वजनिक रूपमै मन्त्री नबन्ने घोषणा गरेका थिए। तर उनी निकट सांसदहरुले भने उनलाई उपप्रधानमन्त्री बनेर सरकारमा जान सुझाइरहेका छन्। प्रकाशमान सिंह र विमलेन्द्र निधिको उदाहरण पेस गरेर खड्कालाई नेतृत्वसहित सरकारमा जानुपर्ने सुझाव ती सांसद्हरुको छ।
‘हिजो पार्टीको महामन्त्री हुँदा प्रकाशमान सिंह उपप्रधानमन्त्री बन्नुभयो। विमलेन्द्र निधि पनि त्यसरी नै उपप्रधानमन्त्री बन्नुभयो। त्यसकारण तपाई पनि उपप्रधानमन्त्री बनेर पार्टीको नेतृत्व गर्दै सरकारमा जान हामीले सुझाव दिएका छौँ,’ उनी निकट ती सांसद् भन्छन्।
खड्का देउवाका अतिनिकटमध्येका एक हुन्। त्यसकारण देउवा उनको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउने विषयमा सकारात्मक देखिन्छन्। तर प्रवक्ता महतलगायतका नेताहरुको असन्तुष्ट देखिन्छन्। महतलगायतका नेताहरुले खड्कालाई रोक्न गरेको प्रयासले कांग्रेस कसको नेतृत्वमा सरकार जान्छ? भन्ने एकिन भइसकेको छैन। यदि खड्काको नेतृत्वमा कांग्रेस सरकारमा नजाँदा कसले नेतृत्व गर्छ? संस्थापन समूहका नेताहरूको जवाफ छ- प्रकाशमान सिंहले।
उनले कार्की र चौधरी दुवैलाई कोषाध्यक्ष बनाउने वचन दिएका छन्। जुन कुरा कार्की र चौधरी दुवैलाई थाहा छ। त्यसकारण चौधरीलाई मन्त्री बनाएर आफू कोषाध्यक्ष बन्ने दाउ कार्कीको छ।
सिंह पार्टीको १४औं महाधिवेशनमा तत्कालीन संस्थापन इतर समूहमा विद्रोह गर्दै सभापति लडेका थिए। तर पहिलो चरणमा आवश्यक मत प्रतिशत कसैले ल्याउन नसक्दा सभापतिको निर्वाचन दोस्रो चरणमा धकेलिएको थियो। दोस्रो चरणमा सिंहले देउवालाई सघाएका थिए। महाधिवेशनपछि उनले आफ्नो छुट्टै समूह निर्माण गर्न सकेका छैनन्। देउवा निकट नै देखिन्छन्।
गत पुसमा सम्पन्न संसदीय दलको निर्वाचनमा पनि सिंह देउवाको सहयोगी नै देखिए। त्यसकारण यसअघि उपप्रधानमन्त्री बनिसकेका सिंहको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउन देउवा तयार हुनेछन्।
संस्थापन इतर समूहका नेता डा शेखर कोइरालाले सरकारको नेतृत्व गर्ने चर्चा पनि चलिरहेको छ। तर, त्यो सम्भावना न्यून रहेको स्रोतको दाबी छ।
अर्थमन्त्रीमा महतको दाबी बलियो, चौधरीको लबिइङमा ज्ञानेन्द्र
शिथिल बनेको अर्थतन्त्र सम्हाल्ने जिम्मेवारीमा कांग्रेसले कसलाई पठाउला? यो सबैभन्दा चासोको विषय बन्न पुगेको छ। अर्थमन्त्रीको दौडमा प्रवक्ता महतको दाबी बलियो बन्दै गएपनि केही नेताहरू भने महतबाहेकका नेतालाई अर्थमन्त्री बनाउने दौडमा छन्।
अर्थमन्त्रीका लागि महामन्त्री गगनकुमार थापा, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सांसद विनोद चौधरी, उदयशम्शेर राणालगायतको चर्चा थियो। तर, कांग्रेस पदाधिकारीहरुको भनाइलाई मान्ने हो भने महत अर्थमन्त्री बन्ने लगभग निश्चित छ।
‘अर्थमन्त्री बन्ने चर्चामा रहेकामध्ये सबैभन्दा बलियो दाबेदार महतजी देखिनुभएको छ,’ एक पदाधिकारीले भने, ‘उहाँ (महत) सभापतिको विश्वासपात्रमध्येका एक हुनुहुन्छ। र अहिलेसम्मको कुरा गर्ने हो भने उहाँ अर्थमन्त्री बन्ने पक्काजस्तै छ।’
महतलाई टक्कर दिन सांसद विनोद चौधरी दौडधुपमा छन्। चौधरीको लबिइङमा पूर्वअर्थमन्त्री कार्की सारथी बन्न पुगेका छन्। पूर्ववर्ती देउवा सरकारमा सञ्चारमन्त्री बनेका कार्कीले यसपटक आफ्नो मन्त्री बन्ने सम्भावना क्षीण रहेको बुझेका छन्। लगातार मन्त्रीको दाबी गर्न नमिल्ने र गर्दा पनि आफ्नो दाबी कमजोर हुने बुझाइ कार्कीको छ। त्यसकारण उनी चौधरीका लागि लबिइङ गरिरहेको नेताहरु बताउँछन्।

विनोद चौधरी।
कार्कीले किन चौधरीका लागि लबिइङ गरिरहेका छन् त? कारण हो- कांग्रेसको कोषाध्यक्ष पद। १४औं महाधिवेशन सम्पन्न भएको डेढ वर्ष बित्न लाग्दा पनि सभापति देउवाले कोषाध्यक्ष चुन्न आन्तरिक चुनाव गराउन सकेका छैनन्।
कांग्रेसको विधानअनुसार कोषाध्यक्ष सभापतिको प्रस्तावमा केन्द्रीय सदस्यमध्येबाट बन्ने र त्यसका लागि केन्द्रीय कार्यसमितिमा चुनाव हुनुपर्नेछ। कांग्रेस विधानको धारा २१ को उपधारा ४ मा भनिएको छ, ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष एक।’
‘फ्रेस, आइडिया र निर्णय क्षमता भएको र जनताले बोली पत्याउने नेतालाई अर्थमन्त्री बनाउन चाहेकाले त्यसैअनुसार नाम सिफारिस गर्न सभापतिजीलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ,’ देउवानिकट नेताले भने, ‘सभापतिजीले के निर्णय गर्नुहुन्छ। हेरौं।’
कांग्रेस सभापति देउवाले आफूलाई सहज हुने परिस्थितिमा जोसुकैलाई पदको आश्वासन दिन्छन्। पार्टीको १३ औं महाधिवेशनमा सभापति जित्न उनले स्व खुमबहादुर खड्का र विमलेन्द्र निधि दुवैलाई उपसभापति मनोनित गर्ने वचन दिएका थिए। तर सभापति जितेपछि उनी सकसमा परेका थिए। सोही कारण उनले खड्काको निधन भएपछि मात्रै निधिलाई उपसभापति मनोनित गरेका थिए।
यसपटक कोषाध्यक्षको हकमा देउवाले एक जनालाई कतै सेटल गरेर एक जनालाई कोषाध्यक्ष बनाउने तयारी गरेका छन्। उनले कार्की र चौधरी दुवैलाई कोषाध्यक्ष बनाउने वचन दिएका छन्। जुन कुरा कार्की र चौधरी दुवैलाई थाहा छ। त्यसकारण चौधरीलाई मन्त्री बनाएर आफू कोषाध्यक्ष बन्ने दाउ कार्कीको छ।

ज्ञानेन्द्रबहादुर कार्की।
‘सभापतिले कोषाध्यक्ष बनाउने वचन दिएको कुरा दुवै नेतालाई थाहा छ। त्यसकारण दुईमध्ये एक मन्त्री बन्ने र एक कोषाध्यक्ष बन्ने गरी उहाँहरुले लबिइङ गरिरहनुभएको छ। अघिल्लो सरकारमा पनि मन्त्री बनेका कारण ज्ञानेन्द्रजी यसपटक विनोदजीलाई अर्थमन्त्री बनाएर आफू कोषाध्यक्ष बन्नका लागि दौडधुप गरिहरनुभएको छ,’ स्रोतले भन्यो, ‘उहाँहरुले सल्लाह गरेरै यो सबै काम गरिरहनुभएको छ।’
देउवालाई प्रचण्डको आग्रह- अर्थमन्त्रीमा ‘फेस भ्याल्यू’ भएको पात्र दिनुस्
प्रधानमन्त्री प्रचण्डले भने सभापति देउवालाई अर्थमन्त्रीमा फेस भ्याल्यु भएको व्यक्तिलाई पठाउन आग्रह गरेको बुझिएको छ। मन्त्रिपरिषद् विस्तारबारे दुई नेताबीच छलफल हुँदा संकटग्रस्त अर्थतन्त्रलाई लयमा फर्काउन सक्ने र जनताले समेत पत्याउन सक्ने पात्र आवश्यक रहेको प्रचण्डले बताउँदै आएका छन्।
‘फ्रेस, आइडिया र निर्णय क्षमता भएको र जनताले बोली पत्याउने नेतालाई अर्थमन्त्री बनाउन चाहेकाले त्यसैअनुसार नाम सिफारिस गर्न सभापतिजीलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ,’ देउवानिकट नेताले भने, ‘सभापतिजीले के निर्णय गर्नुहुन्छ। हेरौं।’



