काठमाडौं – कुशल भुर्तेल ७१ रन रन बनाएर आउट भएका छन्। उनले ४३ बलमै सो रन जोडेर आउट भएका हुन्। नेपाली टिमका ओपनर अर्जुन साउँद पहिलो बलमै आउट भएपछि नेपाल शून्य रनमै एक विकेट गुमाएको थियो।
तर त्यसपछि कुशले देव खनालसँग ९८ रनको साझेदारी गरेका छन्। नौ चौका र छ छक्का प्रहार गरेका कुशल अहिले आउट भएका हुन्। खेलमा सानदार प्रदर्शन गरेका कुशलले पहिलो पारीमा ६ विकेट गिराएका थिए।
अहिले नेपालले तीन विकेट गुमाएर १०३ रन बनाएको छ। खेल १५ औं ओभरमा चलिरहेको छ।
नेपालका लागि अहिले सम्म देव खनालले २४ रन बनाए। देवलाई पनि मोहम्मद फराजुदिनले आउट गराएका छन्। युएईका फराजुदिनले दुई विकेट लिए। नेपालले अहिलेसम्म तीन विकेट गुमाएसकेको छ।


