२०८३ कार्तिक १३ गते बिहिबार

सय किलो सुन तस्करी : अनुसन्धानको सुई दीपक मल्होत्रातिर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ४
deepak_malhotra

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको झन्डै एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान व्यापारी दीपक मल्होत्रातिर सोझिएको छ। मंगलबार भन्सार पास भएर बाहिर जान लागेको झन्डै एक सय किलो सुन तस्करीमा प्रकरणमा व्यापारी दीपक मल्होत्राको संलग्नता हुन सक्ने यो प्रकरणमा अनुसन्धान गरिरहेका अधिकारीको भनाइ छ।

हालसम्म यो प्रकरणमा पाँच जना पक्राउ परेका छन्। मोटरसाइकलको ब्रेकसुमा लुकाएर ल्याएको १६० टुक्रा सुनको आधिकारिक तौल नेपाल राष्ट्र बैंकले लिने भएपनि झन्डै एक सय किलो सुन रहेको हुन सक्ने राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताएका छन्।

यति ठूलो परिणाममा भित्र्याइएको सुन भित्र्याउन को को संलग्न छन् त? यो सुन कसको हो? विभागका महानिर्देशक ढुंगाना यो सुन कसको हो र को को संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेकाले कसैको नाम किटान गरेर भन्न नसकिने बताउछन्। यद्यपि अनुसन्धान भइरहेकाले र पक्राउ परेका पाँच जनाबाट समेत थप कुरा खुल्दै जाने उनको भनाइ छ। ‘यो प्रकरणमा शंकास्पदहरू सबैमाथि अनुसन्धान हुन्छ। यसलाई हामीले मिहीन ढंगले हेरिरहेका छौँ,’ ढुंगानाले भने।

अनुसन्धानमा खटिएका एक कर्मचारीका अनुसार व्यापारी दीपक मल्होत्रा यो प्रकरणमा तानिन सक्ने बताउँछन्। उनका अनुसार थप व्यक्ति पनि संलग्न भएको हुन सक्ने आशंका छ। तर अनुसन्धान प्रारम्भिक चरणमा नै रहेकाले कसको भूमिका केकस्तो हो भनेर खुलिसकेको छैन। तर आधिकारिक रूपमा नै विभागले यो कुरा सार्वजनिक गर्ने उनको भनाइ छ। उनका अनुसार विमानस्थलका विभिन्न संरचनासमेत मल्होत्राले भाडामा लिएर निर्माण/पुनर्निर्माणको काम गरिरहेका छन्।

विभागका अर्का एक कर्मचारीका अनुसार यो तस्करीमा पुरानै गिरोह जोडिएको छ। यसले थुप्रै पटक सुन तस्करी गरेको आशंका छ। ‘एक क्विन्टल सुन छिराउन नयाँ र सिकारु गिरोहले सक्ने कुरै भएन। विगतमा पनि पटकपटक सफल रुपमा सुन तस्करी गरेको शक्तिशाली गिरोह नै यसमा लागेको हुनुपर्छ। यही विषयलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको छ,’ विभागका ती कर्मचारीले भने।

यो प्रकरणमा विभागले हालसम्म ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक छन्। भान्जा दिलीपको बयानका आधारमा मामा रामकुमार पक्राउ परेका हुन्। मामाभान्जा बुधबार पक्राउ परेका हुन् भने बाँकी तीन जना मंगलबार पक्राउ परेका हुन्। मंगलबार नै सुन बरामद भए पनि गोप्य राखेर बुधबार साँझ मात्र सार्वजनिक गरेको थियो।

रेडी ट्रेडले यसअघि पनि पटक-पटक ब्रेकसु आयात गरेको खुलेको छ। यसले दुई महिनामा २२ पटक ब्रेकसु आयात गरेको पाइएको भन्सार विभागले जनाएको छ। यसरी २२ पटक ब्रेक सु आयात गर्दा कति पटक सुन तस्करी गरेको थियो भन्ने खुल्न बाँकी छ।

हङकङबाट ल्याइएको उक्त नेपालको भन्सार कार्यालयले भन्सार पास गरिदिएको थियो। मंगलबार नै भन्सार कार्यालयले मोटरसाइकलको ब्रेकसुलाई पास गरिदिएपछि ट्याक्सीमा राखेर लैजाने क्रममा राजस्व अनुसन्धान विभागले त्यही ब्रेकसुमा एक सय किलो सुन रहेको पाएको हो। यसपछि काठमाडौँ विमानस्थलको भन्सार र जाँचपास प्रक्रिया माथिसमेत प्रश्न उठेको छ। यसपटक बरामद गरिएको सुन हालसम्मको ठूलो परिणामको भएको बताइएको छ। यसअघि एकैपटक ८८ केजीसम्म सुन बरामद भएको थियो।

विभागका महानिर्देशक ढुंगानाका अनुसार सुन तस्करी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा विभागले कार्यदल बनाएको थियो। त्यसैले शंकास्पद वस्तुहरूमाथि निगरानी बढाएको थियो। यसपछि कार्यदलले विभिन्न स्थानमा सुराकीहरु पनि परिचालन गरेको थियो। सबै संयन्त्र प्रयोग गरेर सुन बरामद गर्न सफल भइएको ढुंगानाले बताए। ढुंगाना असार १२ गते मात्र विभागको जिम्मेवारी सम्हाल्न आइपुगेका व्यक्ति हुन्। बरामद गरिएको वस्तुमा ९९ प्रतिशतभन्दा बढी शुद्धताको सुन रहेको विभागको अनुमान छ।

भन्सार कार्यालयको एक्सरे मेसिनले ठूला फलामका सामानलाई नहेर्ने भएकाले त्यसलाई मान्छेले नै म्यानुअल्ली हेर्नुपर्ने हुन्छ। नेपालको भन्सार प्रणाली, जाँचपासको सम्पूर्ण प्रक्रिया, विमानस्थलमा हुन प्रत्येक कामलाई नजिकबाट नियालेको व्यक्तिले मात्र यसरी सुन तस्करी गरेर फाइदा लिन सक्ने विभागको भनाइ छ।

प्रकाशित: २०८० साउन ४ गते बिहिबार ०८:२७
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना