काठमाडौं – नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा निर्वाचनबाट राम अवाले हिजो बुधबार अध्यक्षमा निर्विरोध चयन भएका छन्। पोखरामा सम्पन्न साधारण सभाले दक्षिण एसियाली खेलकुदको बक्सिङका रजत पदक विजेतासमेत रहेका अवालेको अध्यक्षतामा चयन गरेको हो। यसअघिसमेत अध्यक्ष रहेका अवालेले संघमा निरन्तरता पाएका हुन्।
सोही साधारण सभाले २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन गरेको राष्ट्रिय खेलकुद परिषद् राखेपले जानकारी दिएको छ।
वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी, उपाध्यक्षमा भोजराज सिटौला, गणेशबहादुर भट्टराई, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरी, महासचिवमा मानबहादुर भण्डारी, सचिवमा पुष्करराज पन्त तथा कोषाध्यक्षमा गौतम सुजखु रहेका छन्।
सदस्यमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङतान, रेखा थापा मगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, सञ्जयकुमार पासवान र समरजंगबहादुर चन्द चुनिएका छन्।


