काठमाडौं– भारतीय बक्सिङ संघको आयोजनामा मार्च २५ देखि अप्रिल ६ सम्म हरियानामा हुने बहुराष्ट्रिय बक्सिङ प्रशिक्षण शिविरमा सहभागी हुन नेपाली युवा मुक्केबाजहरु भारत जाने भएका छन्। पाँच खेलाडीहरू भारत जान लागेको नेपाल बक्सिङ संघले जानकारी दिएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले युवा मुक्केबाजहरु वाङ्दी छिरिङ शेर्पा, रिजन गुरुङ, आयुस थापा, प्रवल उप्रेती, रोशन ठाकुरलाई खादामाला लगाई शुक्रबार विदाई गरेका थिए। उनीहरु आज भारत प्रस्थान गर्दैछन्।


