२०८३ कार्तिक १२ गते बुधबार

सय किलो सुन तस्करी : ८ पोका बनाएर राष्ट्र बैंक पुर्‍याइयो सुन [८ तस्बिर]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ४
100kggold (7)
साउन २ गते बरामद भएको झन्डै सय किलो भनिएको सुन तौलन राष्ट्र बैंकको टक्सार महाशाखा लगिँदै। फाइल तस्बिर

काठमाडौँ- मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट बरामद गरिएको ठूलो परिणामको अवैध सुन जोख्नका लागि नेपाल राष्ट्र बैंक पठाइएको छ। राजस्व अनुसन्धान विभागका कर्मचारीहरुले राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखामा सुन पुर्‍याएको हो।

भन्सारले ८ वटा पोका बनाएर पठाएको छ। महाशाखाले सुनको परिणाम र गुणस्तर परीक्षण गरी निर्क्योल गर्नेछ। टक्सार महाशाखाले सुनको परीक्षण, नाप, जाँच गरेपछि बरामद गरेको सुन राष्ट्र बैंकको बैंकिङ विभागमा पठाउने काम गर्छ। मुद्दाको किनारा नलाग्दासम्म राष्ट्र बैंकले तौल नापजाँच गरिएको सुन मुचुल्का उठाएर राष्ट्र बैंकले राख्ने गर्छ।

बरामद गरिएको सुन सरकारलाई प्राप्त हुने अवस्था आएमा सुन राष्ट्र बैंकमा रहने र सुनको मूल्य बराबरको रकम नेपाल सरकारले प्राप्त गर्ने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए।

मोटरसाइकलको ब्रेकसुमा लुकाइएर ल्याइएको १६० टुक्रा सुनको अनुमान तौल ८० देखि १०० केजीसम्म हुने अनुमान राजस्व अनुसन्धान विभागको छ। यद्यपि राष्ट्र बैंकमा लगेर त्यसलाई गालेर नाप तौल नलिँदासम्म कति परिणाम र कस्तो गुणस्तरको सुन बरामद भएको हो यकिन भन्न नसकिने राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए।

यो प्रकरणमा विभागले हालसम्म ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक छन्। भान्जा दिलीपको बयानका आधारमा मामा रामकुमार पक्राउ परेका हुन्। मामाभान्जा बुधबार पक्राउ परेका हुन् भने बाँकी तीन जना मंगलबार पक्राउ परेका हुन्।

सुन तस्करी प्रकरणको अनुसन्धान व्यापारी दीपक मल्होत्रातिर समेत सोझिएको छ। मंगलबार भन्सार पास भएर बाहिर जान लागेको झन्डै एक सय किलो सुन तस्करीमा प्रकरणमा व्यापारी दीपक मल्होत्राको संलग्नता हुन सक्ने यो प्रकरणमा अनुसन्धान गरिरहेका अधिकारीको भनाइ छ।

प्रकाशित: २०८० साउन ४ गते बिहिबार ०२:५०
प्रतिक्रिया

थप समाचार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कुसुन्तीमा ५ करोडमा लिफ्टसहितको आकाशे पुल बन्दै, कहिलेदेखि सञ्चालनमा आउँछ?

काठमाडौँ: ललितपुर महानगरपालिका–१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलले...

अर्थतन्त्र र अहिलेको सरकारबारे रामेश्वर खनालको ‘क्लोज सट’: ‘अब सानो सुधारले पुग्दैन’

अहिलेको सरकारको शक्ति कहाँ छ भन्ने कुरा लगानीकर्ताले बुझ्न सकेका छैनन्। शक्ति कहाँ छ भन्ने थाहा भए त्यहीँ गएर कुरा गर्थे। जहाँ गएर कुरा गर्छन्, त्यहाँबाट कुनै सहारा प्राप्त नहुने र कहाँ गएर...

दुई महिनामा निजी क्षेत्रमा कर्जा ९३ अर्ब ५२ करोड मात्रै, कृषि र घरजग्गामा घट्यो

भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ४९ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा निक्षेप ०.९ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप वृद्धि...

बागमती प्रदेशमा बैंकहरूको सवा ३६ खर्ब कर्जा, कृषिमा ३.३३ प्रतिशत मात्रै

बागमती प्रदेशमा मात्रै बैंकहरूले ६१.६३ प्रतिशत कर्जा लगानी गरेका छन्। देशभर बैंकहरूले गरेको कर्जा प्रवाह ५८ खर्ब ८० अर्ब रहेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना