काठमाडौँ- गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको सन् २०२३–२०२५ कार्यकालको लागि अध्यक्ष पदमा उत्तम गुरुङले उम्मेदवारी घोषणा गरेका छन्। कतारमा स्थापित सङ्घ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग गैरआवासीय नेपाली सङ्घको सबलीकरण र पृथकीकरणलाई जोड दिँदै उम्मेदवारी घोषणा गरेका हुन्।
१०औँ आईसीसी अधिवेशन हुन नसकेपछि विवाद भएको थियो। त्यसपछि परराष्ट्र मन्त्रालयले संरक्षक शेष घलेलाई पत्राचार गरी अधिवेशन गर्न निर्देशन दिएको थियो। विधिसम्मत अधिवेशनबाट अध्यक्ष बनेका विनोद कुँवरविरुद्ध मोर्चाबन्दी गर्दै तीन अध्यक्षको विभाजनले अलग्याएको अवस्थामा विनोद कुँवर पक्षलाईसमेत समेट्ने गरी गुरूङले अध्यक्ष पदमा दाबी गरेका हुन्। कतार एनसीसीका लागि उम्मेदवारी घोषणा गरेकाहरूले विभाजित संस्थालाई एकताबद्ध गर्ने गरी मुद्दा उठाउने गुरुङ पहिलो व्यक्ति हुन्।
विगत दुई दशकदेखि कतारलाई कर्मथलो बनाई विभिन्न सामाजिक तथा सामुदायिक संस्थामा रहेर कार्यसम्पादन गरिसकेका गुरुङ एनआरएन एनिसिसीको उपाध्यक्ष हुँदै २१-२३ कार्यकालमा प्रमुख सल्लाहकार बनेको अनुभव सम्हालेका छन्। संस्थाको खस्केको गरिमालाई पुनः उचाईमा पुर्याउने उनको प्रतिबद्घता छ।
यस्ता छन् गुरुङका एजेन्डा
क) कतारमा रहेको अर्को एनसीसीलाई समेट्दै निर्वाचित भएको पहिलो बैठकबाट वार्ता समिति गठन गरी एक महिना भित्र एकता गर्न पहल गर्ने ।
ख) हरेक ३/३ महिनामा एनसीसी कतारको आयव्यय एनसीसी कतारको अफिसियल फेसबुक र वेभसाईट मार्फत सार्वजनिक गर्नेछु ।
ग) हरेक मासिक बैठकमा आयव्यय पेस गर्ने व्यवस्था मिलाउने छु ।
घ )श्रमिक मैत्री वातावरण निर्माण गर्नुका साथै कतारमा रहेका श्रमिकका गुनासा सुन्न र दूतावाससँग सहजिकरण गर्न एक हटलाइन नम्बर सार्वजनिक गरिनेछ । साथै योग्य एक व्यक्तिलाई छनोट गरी २ वर्षको सम्झौतामा उपकरण/सामाग्री सहित जिम्मेवारी प्रदान गरिनेछ ।
ङ) सामाजिक सुरक्षा कोष तथा आईपीओसम्बन्धी कतारमा रहेका नेपाली बैकका प्रतिनिधिहरू सँग समन्वय गरी श्रमिकहरूलाई प्रशिक्षित गरिनेछ ।
च) नेपालबाट वैदेशिक रोजगारको लागी कतार आउने नेपाली दाजुभाइ तथा दिदी बैनीहरूलाई ब्रोकरहरूबाट ठगिन नदिन सम्बन्धित सरकारी निकाय सँग समन्वयात्मक भूमिका खेलिनेछ।
छ) कतारमा काम गर्ने नेपाली श्रमिक दाजुभाइ तथा दिदिबहिनीहरुको पारिश्रमिक, सुरक्षा तथा इन्सुरेन्सको सुनिश्चितताका लागी पहलकदमी चाल्नेछु।
ज) कतारको औद्योगिक क्षेत्रभित्र रहेका श्रमिकहरूलाई दूतावाससम्म जाने आउने सुव्यवस्थाका लागी karwa सँग समन्वय गरी सहजता प्रदान गर्ने।
झ) गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)मा आर्थिक पारदर्शिता र संस्था शुद्धीकरणका लागी लागी विशेष पहल गर्ने ।
ञ) कतारमा रहेर श्रम गरिरहेका श्रमजीवी नेपालीहरूको दुर्घटना या मृत्युवरण भएमा निजले प्राप्त गर्ने सहुलियतका लागी द्रुत गतिमा परिवार र तत् सम्बन्धित निकाय सँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गर्ने l साथै ढिलोमा १ हप्ता दिन भित्र मृतकको सब नेपाल पठाउन सक्रिय भएर लाग्ने ।
ट) दोहामा रहेका बौद्धिक वर्गसँगको परामर्शमा श्रमिकहरूको हितका लागी आवश्यक नीति निर्माण गरी सरोकारवालालाई उपलब्ध गर्ने।
ठ) नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियकरण र प्रवर्द्धन गर्न एनसीसीले उल्लेखनीय भूमिका खेल्ने।
ड) कतारमा रहनु भएका आईसिसि, एनसिसी संस्थापक र निवर्तमान पदाधिकारीहरु, र कतारमा रहनु भएका अग्रज तथा बौद्घिक ब्यक्तित्वहरु संग समन्वय र सहकार्य गर्न आवश्यक एक कमिटी निर्माण गरीनेछ ।


