२०८३ कार्तिक ११ गते मङ्गलबार

संसदीय दलको नेता परिवर्तन गर्न विधानले दिन्छ, म लागिरहन्छु

 |  गगन थापा
Sanket

गगन थापा

काठमाडौँ, साउन ८
gagan
फाइल तस्विर।

ममाथि लागेका लाञ्छनालाई वेवास्ता गर्छु। पछिल्लो दिनमा मैले जे महसुस गरेको छु, म आत्तिएको छु। जो बाहिर (विदेश) गयो त्यो खुसी छ। जो जान पाएन त्यो दुःखी छ। एम्बेसीमा भनिदिनुपर्‍यो भनेर आउनेको संख्या धेरै छ। कोही पनि खुसी छैन। भोलि राम्रो हुने कुरामा कसैलाई विश्वास छैन। निराशा बढेको छ। यस्तो बेलामा हामीले नैराश्यताबाट बाहिर निकाल्छौं भन्ने अठोट गर्नुपर्छ।

कांग्रेसभित्रको अवस्था आत्मविश्वास हराएको अवस्था छ। हामी प्रजापरिषद् र भारतीय कांग्रेस जस्तो बन्छौं भन्ने छ। केन्द्रीय समितिको छलफल सुन्दाा ठिकठाक छ जस्तो सुनियो। बाहिर आएको कुरा सत्य होइन, प्रायोजित हो जस्तो सुनियो। महामन्त्रीले मौन व्रत राख्दा ठिक हुन्छ भन्ने साथीहरुको छ। यो बेला हामी सम्हालिने बेला हो। हामीले आत्मनिरीक्षण गर्नुपर्छ।

हामीले जितेकै छौं फ्याक्ट हो। तर जितेको भाव आइरहेको छैन। हामी फुटबल हारेको टिम जस्तो छ। हामी जित्दैजित्दैनौँ भनेजस्तो भाव साथीहरुको छ। सत्याग्रह र जनमत संग्रहमा हार्‍यौं। त्यो बेला पनि यस्तै निराशा रहेछ। तर केही समयपछि गणेशमानको नेतृतवमा देशलाई कांग्रेसले जुरुक्क उठायो। सबैभन्दा धेरै मत कांग्रेसले पायो।

पार्टी विभाजनको बेला पनि त्यही थियो। ०६२ सालमा गिरिजाप्रसाद कोइरलाको नेतृत्वमा देश उठ्यो। यस्तो बेलामा पार्टी नेतृत्व र पार्टी झिनामसिना कुराबाट बाहिर निस्किएपछि जनताका माझ जानुपर्ने रहेछ। नागरिकहरुले तिमीहरुलाई साथ दियौं तर तिमीले हाम्रा आशा पुरा गरेनौँ।

भ्रष्टाचार अन्त्य गर्ने भन्थ्यौ तिमीले मलाई के दियौँ भनेर नागरिकले प्रश्न गरिरहेका छन्। कांग्रेसले कार्यकर्तालाई विश्वासमा लिएर एजेन्डाले बाँध्नुपर्छ। सरकारबाट सरकारमा जाने कुरा किन जाने केका लागि? अहिले हामी प्रतिपक्षमा हुँदा देशले के पाउँदैन थियो! जुन सरकारमा हुँदा पायो। यसमा फरक देखिनुपर्‍यो।

समुन्नत नेपाल र समान्नित कांग्रेसको भिजन हुनुपर्छ। अहिले कृष्ण सिटौलाले महत्वपूर्ण विषय उठाउनुभएको छ। हातमा संविधान छ। हामीले भनेको जस्तो काम गरेका छैनौँ। एउटाले कमजोरी संविधानलाई बोकाउनुपर्छ, अर्कोले ढुंगाको अक्षर हो चलाउनुहुँदैन भन्नेछ। यो संविधानलाई मानेर परिमार्जनका आवजलाई अग्रसरता लिनुपर्छ।

प्रतिनिधिसभालाई थप समावेशी बनाएर स्थिर सरकार बनाउने गरी काम गर्न सकिन्छ। यसमा आइडियाहरु छन्। अहिले प्रदेश खारेज र जिन्दावाद भन्ने दुई थरी विचार छन्। प्रदेशलाई कामकाजी बनाउने हो। यो सिस्टमको विकल्प खोज्ने होइन, सिस्टमभित्र विकल्प गर्ने हो। कांग्रेस भएन भने यो संविधान क्र्यास हुन्छ। सरकार गठबन्धनबाट बनेको छ। यसको नेता कांग्रेस हो।

डेमोक्रेसीको आधारभूत कुरा विसर्सन हुँदैन। सरकार टिकाउन र बनाउने कुरामा यो बिर्सन हुँदैन। २०८० सालमा छौं। कांग्रेसको नेतृत्वमा ३३२ स्थानीय सरकार छ। ४ मुख्यमन्त्री, संघमा ९ जना मन्त्री। साढे ४ वर्ष समय छ। १८ महिनाको बीपीको सरकार हामी सम्झन्छौं। २०८४ को कुरा छाडौं। यो ४ वर्षको जिम्मा कसको? यसको जिम्मा हामीले लिनुपर्छ। डेलिभरी गर्नुपर्छ।

भ्रष्टाचारप्रति कठोर बन्न पर्छ। अबको ४ वर्षभित्र हामीले जिम्मेवारी पाएको ठाउँमा गुणात्मक परिवर्तन ल्याउनुपर्छ। हाम्रो अर्थतन्त्र संकटमा छ। नागरिकले बैंकको कर्जा तिर्न सकेका छैनन्। सबैको बेहाल छ। यो बेलामा अर्थ मन्त्रालय कांग्रेसले लिएको छ। अहिले सम्हालेर परिणाम दिनुपर्छ। म आन्दोलनमा छु र मेरो परीक्षा भइरहेको भन्ने सबै साथीहरुमा हुनुपर्छ।

अहिलेको अवस्था पार्टी चल्दैन। विधानको शासन पहिलो शर्त हो। हामीले एउटा कार्यतालिका ल्याएको हो। एनजीओको ‘विसलिस्ट’ हो भन्ने पनि आयो। एनजीओमा काम नगरेकाले थाहा भएन।

केन्द्रीय समिति बैठक २ महिनामा बस्नै पर्छ। अहिले नै मिति तय गर्नुपर्छ। विभाग गठनको कुरा सभापतिले नै गर्नुपर्छ। मैले गरेर हुँदैन।

भारतले चामाल पठाउन रोक्यो। कांग्रेसले के गर्छ? भन्ने चासो छ। कांग्रेसले जहाँ पनि विजयी हुनुपर्छ भन्ने ठानियो भने त्यो ठिक होइन। राइटम्यान राइटप्लेसमा जानुपर्छ। अनलाइन सदस्यता साधरण सदस्यका लागि हो। सदस्यता खुला गर्ने र संसदीय समितिले टिकट नबाँड्ने कुरामा छलफल गर्नुपर्छ।

०८२ सालमा जसरी पनि महाधिवेशन गर्नुपर्छ। पार्टीमा नेतृत्वमा परिवर्तन किन उठाएको भन्ने कुरा उठ्यो। नेतृत्व परिवर्तन असहज भएकाले पार्टीहरु संकटमा छन्। एक्जिट पोलेसी छैन। त्यसकारण हाम्रो पार्टी जमेको पोखरी जस्तो बनेको छ। पुरानो पार्टीमा ३५ वर्षदेखि एउटै नेतृत्व हुँदा संकटमा परेका छन्। यसमा मेरो पहल रहन्छ।

मैलै संसदीय दलको नेता परिवर्तनका लागि प्रयास गरेँ। तर सकिनँ। यो प्रयास गर्ने कि नगर्ने? संसदीय दलको नेता परिवर्तन गर्ने कुरा विधानले दिन्छ। मलाई थाहा छ गाह्रो छ। सांसदको मत पाउने गाह्रो छ। गाह्रो काम छाड्न हुँदैन। सभापतिले ल यार म किन हुने कोही हुने हो आउ भन्नुभयो भने झन् राम्रो हुन्छ। म नै हुनुपर्छ भन्ने होइन। साथीहरु किन आत्तिनु भएको मैले पार्टी फेर्ने कुरा गरेको हो र? दलको नेता मात्रै फेर्न खोजेको हो। म बदल्न लागिरहन्छु, सके बदल्छु, नसके चुप लागेर बस्छु।

बहुमत र अल्पमतले मात्र पार्टी चल्दैन। आत्मा हुनुपर्छ। फरक मतले स्थान पायो भने मात्र पार्टी चल्छ। यसलाई स्पेस मान्छु। म कांग्रेसको महामन्त्री हुँ। म फलानो फलानो मन्त्री बने भनेर समाचार पढ्छु। पत्रिकाले सोध्छन् मलाई थाहा छैन भन्नुपर्छ।

सभापतिकहाँ हामी गइरहन्छौं। बिहानबेलुकै महामन्त्रीहरु सभापतिलाई भेटिरहेका छन्, बाहिर आएर अर्कै कुरा गर्छन् भन्ने परेको रहेछ। मैले धेरै कुरा बाहिरबाटै थाहा पाउँछु। अनि नबोल्ने हुन्छ। प्रोसेसमा सहभागी हुन पाउँदिनँ। प्रोसेसमा सहभागी हुन पाए सबै कुरा मिल्छ।

प्रिइलेक्सनका बारेमा नीति अधिवेशनबाट प्रिइलेक्सन एलायन्स गर्दैनौं भनेर संकल्प गर्नुपर्छ।

भ्रष्टाचारको कुनै जात लिंग हुँदैन। नेपाली कांग्रेसले सरकारले अघि बढाएका कुरामा साथ दिनुपर्छ। कांग्रेस भएका कारण कुनै पनि व्यक्तिले छुट पाउन हुँदैन र कसैले अतिरिक्त भार बोक्नुहुँदैन। यदि कोही नेता अभियुक्त हुन्छ भने उसले पार्टी जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुपर्छ। होइन भने फौजदारी अभियोग लागेकालाई फैसला नहुन्जेल निलम्बन गर्नुपर्छ। निलम्बन भनेको कारबाही होइन।

मेरो मत यो पार्टीमा दर्ज गराउँछु। मैले चाहेको कुरा २१औं शताब्दी अनुसारको पार्टी बनाउने हो। बलियो बनाउने र पार्टी बदल्दै बलियो बनाउने हो। यो पार्टीले आज देशको जिम्मेवारी पुरा गर्न सक्ने पार्टी बनाउने हो। आएको सुझाव र आलोचनालाई ग्रहण गर्छु।

(कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले राखेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित: २०८० साउन ८ गते सोमबार ०६:०७
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना