२०८३ कार्तिक ११ गते मङ्गलबार

मणिपुरमा किन बढिरहेका छन् जातीय र यौन हिंसाका घटना?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ८
manipur1
तस्बिर : एएनआई

मणिपुर– मणिपुर पुलिसले १३ सयभन्दा धेरैलाई हिरासतमा लिएको छ। उसले २९० भन्दा धेरै बंकर भत्काएको जानकारी दिएको छ। यी घटना पछिल्ला १५ दिनमा भएका हुन्।

जातीय द्वन्द्वले हिंसाग्रस्त बनेको मणिपुरमा कानुन र त्यसको कार्यान्वयन कायम राख्नका प्रहरीले यो कदम चालेको हो।

अहिले सामाजिक सञ्जालमा भाइरल भएको महिलामाथिको यौन हिंसाको भिडियोमा देखिएका थप १२ देखि १४ जनालाई प्रहरीले पत्ता लगाएको छ। प्रहरी स्रोताका अनुसार यो घटना गत मे ४ मा मणिपुरको थुबल जिल्लामा भएको थियो।

त्यहाँ तीन महिलालाई निर्वस्त्र पारेर भीडसँगै घुमाइएको थियो भने एक महिलाको बलात्कार भएको जनाइएको छ। तीन महिलालाई कपडा उतारेर भीडसँगै घुमाइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

मणिपुर पुलिसले सामाजिक सञ्जाल ट्विटरमा यही केसमा छ जनालाई पक्राउ गरेको बताएको छ। ‘त्यहाँ अरु मानिस पनि संलग्न पाइएका छन्, जो भिडियोमा देखिएका थिएनन्। तर उनीहरु पनि हिंसामा सहभागी बनेर पनि भिडियोमा लुकेका छन्,’ द हिन्दूले लेखेको छ।

लगातर हिंसा
गत मे ३ बाटै दंगा भड्किएको भए पनि द्वन्द्व सुरु भएको ८० दिनभन्दा धेरै बितिसक्दा पनि मानिसहरु पक्राउ परिरहेकै छन्।

मणिपुरमा कुकी र मैतेई जातिबीच द्वन्द्व भइरहेको छ। मणिपुर क्षेत्रमा मैतेईलाई माथिल्लो दर्जाको जातिका रूपमा लिइन्छ। शिक्षालगायतका क्षेत्रमा सहज पहुँच भएको जातिका रूपमा पनि यसलाई लिइन्छ। यद्यपि उनीहरु पुरा क्षेत्रको १० प्रतिशत ठाउँमा मात्र बसोवास गरिरहेका छन्।

बाँकी क्षेत्रमा कुकी र अन्य जनजातिको बसोबास रहेको छ। त्यस्तै, ४० प्रतिशत जनसंख्याको हिस्सा रहेको मैतेई समुदायबाट ५३ प्रतिशत विधानसभामा जनप्रतिनिधि रहेका छन्।

तर सामाजिक र शिक्षा क्षेत्रमा अघि रहेको मैतेईले राज्य सरकारले जनजातिलाई जस्तै अधिकार दिएपछि मणिपुरमा हिंसा सुरु भएको थियो।

कुकी जातिको अनुसार मैतेईलाई धेरै अधिकार दिइयो भने उनीहरु अझै शक्तिशाली बन्ने र कुकीको अधिकार खोसिने छन्। त्यसपछि मैतेईले राज्यमा थप दबाब बढाउने छन्।

मणिपुरमा रहेका मैतेई हिन्दू समुदायका हुन् भने धेरै कुकी इसाई सम्प्रदायका रहेका छन्। त्यसलाई प्रभावशाली धार्मिक समुदायका रुपमा लिइएको छ। उनीहरु भारतको दक्षिण पूर्वी क्षेत्रमा बसोवास गरिरहेका छन्। मैतेई समुदायका मानिस भने इम्फाल उपत्यकामा बसोबास गर्दछन्। कुकी भने त्यसबाहेकको पहाडी क्षेत्रमा बसोबास गर्दछन्। अहिले कुकीलाई डर छ कि मैतेई समुदायले पहाडी क्षेत्रमा पनि प्रभाव पार्नेछ र आफ्नो अधिकार खोस्नेछ।

द्वन्द्व भड्किएपछि आफ्नो बचाउका लागि भन्दै धेरै जनताले पुलिस फोसको हतियार नै लुटेर लैजान गरेका थिए। जतनाले पुलिसको सुरक्षा माग गर्दा प्रहरीले सुरक्षा नदिएपछि उनीहरुको अतियार आफ्नो सुरक्षाका लागि लुटेको स्थानीयले दाबी गर्दै आएका थिए। अहिले प्रहरीले आफ्नो हतियारमा झण्डा लगाउने काम गरिरहेको छ।

लुटिएका चार हजार हतियारमध्ये अहिलेसम्म १६ सय मात्र फेला परेका छन्।

बंकर तोडफोड
अहिलेको अवस्था द्वन्द्वग्रस्त भए पनि प्रहरीले ध्यान दिन सुरु गरेको छ। ‘अहिले मानिसलाई ठाउँठाउँमा रोकिएको छ। आफ्नो यात्राबारे सोधपुछ गर्न थालिएको छ। आफू रहेको ठाउँमा किन रहेको हो कारण बनाउनु पर्ने भएको छ। यसले ठूलो जमातमा हिँड्नका लागि र आक्रमणमा सहभागी नहुनका लागि सहयोग पुगेको छ,’ द हिन्दूले स्रोतलाई उदृत गर्दै लेखेको छ, ‘जसले आफ्नो यात्राबारे बताउन सक्दैनले उसले एक दिन हिरासतमा बस्नुपर्छ।’

अहिलेसम्म पहाड र उपत्यकामा गरेर २९ सयभन्दा धेरै बंकर नष्ट गरिएको छ। साथै बंकहरु, बालुका भरिएको बोराहरु र टिन, बोर्डलगायतका बस्तीका छेउमा स्थापना गरेका थिए। अहिले यस्तो संरचना हटाउने कार्य भइरहेका छन्।

गलत समाचार फैलाउनेविरुद्ध उजुरी
अहिले प्रहरीले मणिपुरबारे गलत सूचना फैलाउनेविरुद्ध उजुरी लिन थालेको छ। गत आइतबार मात्र यस्तो उजुरी दर्ता भएको थियो। तर यो एक राजनीतिक दलका कार्यकर्ता गरेका थिए। त्यस्तो उजुरीमा आफ्नो र आफ्नो छोराको फोटोलाई मे ४ को घटनामा जोडेर प्रचार गरिएको छ। र, उनीहरु हिंसामा प्रत्यक्ष संलग्न भएको बताएइको थियो। यसलाई धेरै सामाजिक सञ्जालमा प्रचार गरिएको छ।

यो केस प्रहरीले हेरिरहेको छ। चोटपटक, ड्यामेज र मानहानीलाई लिएर यो मुद्दा चल्नेछ। जुन भारतको नियमको निकै गम्भीर उल्लंघन हो। अहिले यो घटनामा दोषीको छानबिन भइरहेको छ।

मणिपुरको द्वन्द्वमा १४० भन्दा धेरेको ज्यान गएको छ भने ५४ हजार भन्दा धेरै मानिस विस्थापित भएका छन्। मे ३ यता पहिलो पटक गएको आइतबार मात्र सामानले भरिएको रेल गुहावटीबाट सुरु भएको मुख्यमन्त्री एन बिरेन सिंहले बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा यो मणिपुरका लागि ‘महत्त्वपूर्ण कदम’ भएको बताएका छन्। यो रेल आज मणिपुर पुग्दैछ। रेलवे सेवा बन्द भएपछि मणिपुरका उपत्यका एकमात्र हाइवेको भर पर्नु परेको थियो। त्यसबाटै अत्यावश्यक सामान ओहोरदोहोर गरिन्थ्यो। तर पछिल्लो ६० दिनयता पहाडी क्षेत्रबाट पर्ने नेसनल हाइेवको हिस्सा भने कुकी समुदायले आफ्नो कब्जामा लिएका थिए भने त्यो क्षेत्रमा आवागमन ठप्प थियो। उनीहरुले मैतेई रहेको भ्यालीमा जाने सवारीलाई अवरोध गरिरहेका थिए।

त्यो समयमा मणिपुर पुगेका गृहमन्त्री अमित शाहले खोङसाङ रेलवे स्टेसन चाँडै मर्मत गर्ने र सञ्चालन गर्न सक्ने अवस्थामा ल्याउने बताएका थिए।

(द हिन्दूमा प्रकाशित यो सामग्री विनयज्योति सापकोटाले भावानुवाद गरेका हुन्।)

प्रकाशित: २०८० साउन ८ गते सोमबार ०६:४०
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना