हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। ११० सदस्यीय बागमती प्रदेश सभामा उनले ४ राजनीतिक दलको ६७ मत प्राप्त गरेका हुन्।
माओवादीमा २१, कांग्रेसको ३७, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीका २ जनाले जम्मकट्टेललाई विश्वासको मत दिएका थिए।
पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेल फाल्गुन १३ गते अल्पमतमा परेका थिए। फागुन १३ मा राप्रपाले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो। केन्द्रमा सत्ता गठबन्धनबाट बाहिरिएपछि जम्मकट्टेलको सरकार झन् अप्ठेरोमा परेको थियो।
आलोपालो मुख्यमन्त्री बन्ने सहमतिका साथ कांग्रेसले विश्वासको मत दिएको बताइएको छ।


