२०८३ कार्तिक ११ गते मङ्गलबार

पुर्खा अभिलेखालयमा अडिएको जातभात

 |  कृष्ण रिमाल
Sanket

कृष्ण रिमाल

काठमाडौँ, साउन १०
krishna_rimal

महाभारतकालअघि मानिस कर्म तथा पौरखका कारणले विभिन्न जातमा विभाजित भएको पाइन्छ। तर, जब राजा शन्तनुले आफ्नो पराक्रमले आर्जित राज्यको उत्तराधिकारी आफ्ना पुत्रलाई घोषणा गरे, त्यहीबाटै जन्मजात जात प्रथाको सुरुआत भयो। परम्परागत राज्य संयन्त्रमा विभिन्न भौगोलिक क्षेत्र र कार्य विभाजनलाई आधार मानेर थर राख्ने परिपाटी सुरु भयो। थर व्यवस्था राज्य निर्देशित कार्य सम्पन्न गर्न तथा राज्यभित्रको भूगोलको मानव अस्तित्व प्रस्तुतीकरण वा प्रतिनिधित्वको शाब्दिक उपयोगिता थियो। जब राज्यको उत्तराधिकारी जन्मसिद्ध हुने व्यवस्था भयो। त्यसपछि राज्य मातहतका सबै निकायले यसैको सिको गर्न थाले।

यसरी राजाको सन्तान राजा भएजस्तै सबै तप्काका मानिसले आफ्ना सन्ततिमा आफूले प्रयोग गरेको अधिकार र कर्तव्य खोजे। राज्यलाई आफ्ना दैनिक कार्य सञ्चालनका लागि आवश्यक जनशक्तिको झनै सुनिश्चितता भयो। थर प्रणाली वा परम्परा स्थायी रुपले पुस्तान्तरण हुँदै आयो। म आफ्नै थरको उदाहरण दिन्छु– अछामको रिमा गाउँमा त्यतिबेला जो–जो बस्थे, ती सबै रिमाल थिए। अथवा अहिलेको कुनै पनि थरधारी मानौं, लामिछाने, पौडेल वा जोकोही त्यो गाउँमा बस्थे भने रिमाल हुन्थे। त्यस्तै, सरकार वा राज्यसत्ताले निहित अधिकार दिएका जोकोही पनि कर्मचारी अधिकारी हुन्थे। अथवा अहिलेका परियार, नेपाली, लम्साल आदि जोकोही पनि अधिकारी बन्न सक्थे।

खासमा थर कार्य विभाजनको परम्पराको उपज थियो, जुन आज पनि तपाईं–हामीले नामका पछाडि झुन्ड्याइरहेकै छौं। यसरी थर परम्पराले वंश परम्परा र वंश परम्पराले कुल परम्पराको सिर्जना गरेर ल्यायो। पछिल्लो समय समाज विभाजनमा थरले ठूलो भूमिका खेल्दै आएको छ। मलाई लागेको के भने थर सामाजिक विभेदको मानक बन्दै गएको छ। यस्तै, थरमा आधारित कुलहरूले लैंगिक असमानता फैलाइरहेका छन् वा पक्षपोषण गरिरहेका छन्। कुल परम्परा सामाजिक आडम्बरको विषय बन्दै गयो। कसरी कुल परम्पराले लैंगिक असमानताको पक्षपोषण गर्‍यो भन्नेबारे पनि बताउँछु, म।

पछिल्लो समय देशभित्रका लगभग सबै थरहरूका आ–आफ्ना कुल थान छन्। यहीँ नेर म कुल मन्दिर शब्द प्रयोग नगर्न सल्लाह दिन्छु। मन्दिर अभौतिक र रहस्यमय ईश्वर वा सेवाहरूको सम्मानसूचक आलय हो। हामीले कुल भन्ने शब्द हाम्रा पुर्खालाई सम्झनका लागि प्रयोग गर्दै छौं। त्यसैले त्यसलाई कुल मन्दिरभन्दा पनि पुर्खा अभिलेखालयभन्दा उपयुक्त हुन्छ। हामी विद्यालयलाई ज्ञानको मन्दिर तथा अदालतलाई न्यायको मन्दिर भन्छौं किनभने ज्ञान र न्याय दुवै अभौतिक वस्तु हुन्। तर, कुल र पुर्खा, जो हामीजस्तै मान्छे थिए, जो बितेर गए, ती भौतिक थिए। अब पूजाको कुरा गरौँ। पूजाभन्दा पनि कुलोत्सव शब्दको प्रयोग सान्दर्भिक हुन्छ जस्तो लाग्छ।

खासमा थर कार्य विभाजनको परम्पराको उपज थियो, जुन आज पनि तपाईं-हामीले नामका पछाडि झुन्ड्याइरहेकै छौं। यसरी थर परम्पराले वंश परम्परा र वंश परम्पराले कुल परम्पराको सिर्जना गरेर ल्यायो। पछिल्लो समय समाज विभाजनमा थरले ठूलो भूमिका खेल्दै आएको छ।

देशभित्रका अधिकांश कुलपूजामा बली दिने गरिन्छ, जुन आफैंमा विरोधाभास कुरा हो। हामी जुन मान्यताका साथ कुलपूजा गर्न खोज्दै छौं, त्यो खासमा सामूहिक श्राद्ध हो। हामी हाम्रा बुबाआमाको स्मरणमा एक दिनअघिबाटै शुद्ध शरीर गरी एक छाक मात्र खाएर रातो रंगसमेत प्रयोग नगरी पूजा गर्छौँ भने त्यसकै ठूलो स्वरुपमा रातो रगतको खोलो कति जायज कुरा हो। योभन्दा खतरनाक कुरा अरु पनि छन्, जसले नारी शक्तिको पूरै अनादार गर्छ। कुलोत्सवको बलि विधान कस्तो हुन्छ भने हरेक वंशको कुनै एउटा हाँगो वा हरेक घरले एउटा बोको अनिवार्य बलि दिनुपर्छ।

त्यसमाथि यदि छोराको विवाह भएको भए अर्को थप र छोराले नाति पाए फेरि अर्को थप गर्नुपर्छ। यहाँनेर छोरीको विवाहको कुनै प्रसंग आवश्यक हुँदैन र छोराले नातिनी जन्माए पनि त्यो खुसीको कुरा हुँदैन। यस्तो बेपर्वाह र आपराधिक परम्परागत उत्सवमा जानेर व नजानेर फेरि महिला दिदीबहिनीकै ठूलो सहभागिता हुन्छ। हाम्रो वंश व्यवस्थाको सबैभन्दा कमजोर पक्ष यसमा आमा वा हजुरआमाको कुनै भूमिका वा स्थान हुँदैन। फलानोको नाति, फलानोको छोरो हुन्छ। तर, फलानीकी नाति, फलानीकी छोरो हुँदैन भने छोरी–नातिनी यस व्यवस्थामा केही पनि होइनन्। मानौँ, उनीहरूलाई अर्को कुनै कुलिन पुरुषको रेतस धारण गरेर उसकै वंश विस्तारमा सहयोग गर्ने सामान्य प्राणी हुन्।

वंश परम्पराको शुद्धतामा पनि प्रशस्तै शंका गर्ने ठाउँ छ। हाम्रो समय त हामी कसका सन्तान हौं, डीएनए गरेर थाहा पाऔंला तर हाम्रा हजुरबुबा, हाम्रै बूढा हजुरबुबाका सन्तति हुन् भन्ने के निश्चित छ? यसो हुँदाहुँदै पनि यो परम्पराको एउटा मात्रै राम्रो पक्ष के भने दिवंगतको स्मरण गरिन्छ। विश्व वा मानव सभ्यता अन्तरिक्षमा बस्ती बसाल्ने योजनामा छ।

यसको सफलताका लागि अधिकांश क्षेत्रमा महिलाको उल्लेख सहभागिता र योगदान रहेको अवस्था अनिवार्य छ। तर, तपाईं–हामी यस्ताखाले विभेदपूर्ण प्रथालाई तामझामका साथ कायम राखिराखेका छौं। खस आर्यहरूमा भन्दा मंगोलमा केही कम विभेद पाइन्छ। छोरालाई बाबुआमाको पालनपोषण र रेखदेखको जिम्मेवारी छ भने उनीहरूले आह्वान गर्ने देव कार्य तथा सम्पादन गर्ने पितृ कार्यमा छोरीलाई विशेष साँस्कृतिक अधिकार दिइएको पाइन्छ।

खसआर्यका छोरीलाई तिहारको टीकाबाहेक अरु कुनै न सामाजिक, न त सांस्कृतिक नै अधिकार दिइएको छ। बरु यस्ताखाले (कुलोत्सव) प्रथाले थप हेपेको पाइन्छ। तपाईं यहाँनेर परम्परामाथिको प्रहार भएको भनेर मलाई आरोपित गर्न सक्नुहुन्छ। तर, परम्परा भन्दैमा समयले ठीक नठहराएका प्रथाको निरन्तरता गरिनुहुन्न। यसो हो भने सती प्रथालाई फेरि जगाऔं र जिउँदा दिदीबहिनीलाई पोल्न सुरु गरौं किनभने यो पनि हाम्रो परम्परै हो। होइन भने यस्ता सामाजिक चलन समयचक्रसँगै बिलाएर जानेछन्। यसमा समय सान्दर्भिक सुधार गरेर परम्परागत रीति सुरक्षित गर्न सकिन्छ।

परिवारमा सबैको महत्त्व र अस्तित्वलाई समान रुपमा स्थापित र मान्य हुने तवरको संस्कार संशोधन गरौं। आफ्नै आमा, दिदीबहिनी, श्रीमती वा छोरीलाई हेला गर्ने यस्तो अपमानजनक प्रथा सुधार गर्न सक्दैनौं भने बरु बन्दै गरौं।

यस प्रकारको कुल वा वंश पूजा हुने कुल वा वंशभित्रका नारीहरू एकपटक परिवारभित्र छलफल गर्नुस्,नभए विद्रोह गर्नुस्। तर, तपाईंहरूप्रति यो पुस्ताले गरेको अन्याय आफू टुलुटुलु हेर्दै बसेर साक्षीको रुपमा अर्को पुस्तामा सर्न नदिनुस्। तत्काललाई केही अप्ठेरा आउलान् तर यो जसरी पनि गर्नैपर्ने काम हुन थाल्यो। परिवारभित्र तपाईंहरूको अस्तित्व नहुने तर तपाईहरूबाट जन्मेर फेरि वंशचाहिँ कायम रहने! यो कस्तो विरोधाभास कुरा हो? यस्ता संस्कारमा कसरी आफ्नो उपस्थिति जनाउन सक्नुहुन्छ? अलिक आक्रामक भाषा प्रयोग गर्ने हो भने यो पूजा, उत्सव वा संस्कार बोकाको बलि दिएर बोकाहरूको पूजा गरिने संस्कार भयो। यसअनुसार कोही पनि महिलाको स्थायी वंश नै नहुने भयो। आश्चर्य लागेको कुरा के भने कुल वा वंशमै जन्मेकाहरू कुल वा वंशविहीन हुन पुग्ने कस्तो सामाजिक संरचना बन्यो?

त्यसैले मेरो आग्रह, सबैभन्दा पहिला कुल मन्दिर भन्ने ठाउँमा पुर्खा संग्रहालय भन्ने शब्द प्रयोग गरौं। कुल पूजा शब्दको ठाउँमा कुल उत्सव भन्ने शब्द प्रयोग गरौं। कुलोत्सवमा बलिप्रथालाई पूर्ण रुपमा निरुत्साहित गरौं। सबैभन्दा महत्त्वपूर्ण कुरा, परिवारमा सबैको महत्त्व र अस्तित्वलाई समान रुपमा स्थापित र मान्य हुने तवरको संस्कार संशोधन गरौं। आफ्नै आमा, दिदीबहिनी, श्रीमती वा छोरीलाई हेला गर्ने यस्तो अपमानजनक प्रथा सुधार गर्न सक्दैनौं भने बरु बन्दै गरौं।

यो समय र अहिलेका नारी पुस्ता त्यति कमजोर छैनन्। हैन भने यस्तो पूजाआजाको चलन केही समयभित्रै पूर्ण रुपमा बन्द हुन सक्छ। सम्मानजनक सहभागिता तथा न्यायपूर्ण र समतामूलक समाजको राग एकातर्फ अलाप्ने र अर्कोतर्फ यस्ता कार्य नगरौँ भन्ने मात्र हो। अन्यथा नलिइदिनु होला। ‘आई लाइक एनी टाइप अफ मटन डिस बट आई हेट योर कुल पूजाको बोकाको मासु! कृपया कुलोत्सव कुलाइन (कुलत भनेजस्तै) पूजाको रुपमा नमनाऔं।

  • कुश्मा नगरपालिका–९, राम्दीफाँट, पर्वत
प्रकाशित: २०८० साउन १० गते बुधबार ०२:१३
प्रतिक्रिया

थप समाचार

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...

‘देश संकटमा छ, पीडितको आँसु पुछ्ने हात बनौँ’

नेपाल अहिले कठिन समयबाट गुज्रिरहेको छ। बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना