२०८३ कार्तिक ११ गते मङ्गलबार

उपनिर्वाचन हुने तीनै क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत १०
rsp file
फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १० वैशाखमा उपनिर्वाचन हुन लागेका तीन वटै प्रतिनिधि सभान निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो।

चितवन-२, तनहुँ-१ र बारा-२ मा वैशााख १० गते उपनिर्वाचन हुने निर्वाचन आयोगले तय गरिसकेको छ। गत मंसिर ४ मा भएको निर्वाचनमा पार्टी सभापति रवि लामिछानेको उम्मेदवारी दिने योग्यता नपुगेको भन्दै फैसला गरेको थियो। यद्यपि सर्वोच्चको फैसला आउँदा उनी निर्वाचित भएर गृहमन्त्रीसमेत बनिसकेका थिए।

‘हामीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवारी दिने निर्णय भएको छ,’ रास्वपका एक नेताले भने।

राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादव विजयी भएको क्षेत्रमा समेत वैशाख १० मा नै उपनिर्वाचन हुनेछ। यी क्षेत्रमा समेत पार्टीले उम्मेदवारी दिने ती नेताको भनाइ छ। पौडेल तनहुँ-१ र यादव बारा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएसँगै उनीहरु दुवैले सांसद पदबाट राजीनामा दिएका थिए।

सत्ता गठबन्धनका दलले आपसी सहमति गरेर तीनै क्षेत्रमा गठबन्धनका तर्फबाट एक जना मात्र उम्मेदवार खडा गर्ने तयारी गरिरहेका बेला रास्वपाले यस्तो निर्णय गरेको हो। उता जसपाका नेता प्रदीप यादवले भने तीनै क्षेत्रमा गठबन्धनले साझा उम्मेदवार खडा गर्ने विषयमा लगभग सहमति भइसकेको दाबी गरेका छन्।

‘वैशाख १० गते हुने उपनिर्वाचनमा प्रतिनिधि सभाका तीनै निर्वाचन क्षेत्रमा साझा उम्मेवारी खडा गर्ने विषयमा गठबन्धनमा लगभग सहमति छ,’ उनले भने, ‘जसपाले यसअघि विजयी भएको क्षेत्र बारा-२ आफूले पाउनुपर्ने दाबी गरेको छ। यसमा गठबन्धनका सबैजसो घटक सहमत छन्।’

आफ्नो निर्णयमा रास्वपा अडिग रहे सत्ता गठबन्धनबाट साझा उम्मेदवार नहुने लगभग निश्चित देखिएको छ।

प्रकाशित: २०७९ चैत १० गते शुक्रबार ०५:५१
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना