काठमाडौँ– नेपाल प्रहरीले विभिन्न मिति र स्थानबाट बरामद गरेका ८ हजार ८ सय ९६ थान हतियार जलाएर नष्ट गरेको छ। काठमाडौं महानगरपालिका-११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा नष्ट गरिएको हो।
भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान हतियार जलाइएको हो।
यस्तै म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान जलाइएको प्रहरीले जानकारी दिएको छ। यसैगरी हर्नेट २५ थान र नाम नखुलेको ८४ थान जलाइएको छ।

\





सबै तस्बिर : नेपाल प्रहरी
