इस्लामावाद- पाकिस्तानमा इस्लामवादी पार्टीले आयोजना गरेको र्यालीमा विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।
जमियत उलेमा-ए-इस्लाम-फजल (जेयूआईएफ) को बैठक बसिरहेका बेला उत्तर-पश्चिमी बाजौर जिल्लामा भएको विस्फोटमा कम्तीमा दुई सय जना घाइते भएका छन्।
मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्। घाइतेहरुको उद्धार कार्य जारी छ। विस्फोटको कारण प्रहरीले पुष्टि हुन बाँकी छ।
अधिकारीहरूले अहिले यस क्षेत्रलाई घेराबन्दी गरेका छन्। प्रशासनले जिल्ला अस्पतालमा स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
विस्फोटमा जेयूआईएफका क्षेत्रीय नेता मौलाना जियाउल्लाहको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।



