राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो प्रमुख दायित्व र कर्तव्य भएको बताएका छन्। नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले संविधान निर्माण गर्ने प्रक्रियामा समेत रहेर काम गर्ने अवसर प्राप्त भएकाले संविधानले राष्ट्रपतिलाई दिएको काम कर्तव्य र अधिकारप्रति आफु सचेत रहेको बताए। ‘संविधानको अक्षर र भावनाको मर्मअनुरुप कानुनका जानकारहरुले काम गर्न सुझाव र सल्लाह दिनुहोला,’ उनले भने।
सो अवसरमा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।


