दोहा- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको १०औँ अधिवेशनको विषयलाई लिएर नेपाली राजदूतावास दोहाको हलमा दुई जनामाथि कुटपिट भएको छ। दूतावासमा भएको कार्यक्रममा जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि भण्डारी र शनीकुमार ओली कुटिएका हुन्।
कुटपिटबाट भण्डारीको कानको जाली फुटेको कतारको हमाद हस्पिटलको रिपोर्टले देखाएको छ। गैरआवासीय नेपाली संघ कतारको २३-२५ कार्यकालको लागि उपाध्यक्ष पदमा विधान विपरीत मो. मुक्तदा मुसलमानले ल्याई हस्तक्षेपका गरेको भन्दै उनीहरू माथि कुटपिट भएको थियो।
कुटपिटको घटनाबाट नेपाली समाजमा कोलाहलको वातावरण बनेको छ। दोहाको नेपाली समाजको बिग्रँदो अवस्थालाई सुधार गर्न समाजमा रहेका गुण्डागर्दीको अन्त्य गर्नुपर्ने नेपाली समाजले आवाज उठाउँदै आएका छन्। कतारमा नेपाली महिला अझ असुरक्षित भएको महिला समाज कतारकी अध्यक्ष सरिता भण्डारीको भनाइ छ।
दोहामा यसअघि पनि प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठी, संस्थापक अध्यक्ष कमलमणि गुरागाँई र खेमराज सुवेदीमाथि हातपात भएको थियो।


