२०८३ कार्तिक ११ गते मङ्गलबार

भोजपुर गोल्डकपः ट्राइबेकरमा युकेएफसी भारतलाई हराउँदै डाँगीहाट युथ क्लब विजयी

 |  रासस
Sanket

रासस

टक्सार, चैत ११
bhojpur_goldcup
तस्बिरः निरोज कोइराला।

‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप’ प्रतियोगितामा डाँगीहाट युथ क्लब मोरङले युकेएफसी भारतलाई पराजित गरेको छ।

भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शनिवार भएको खेलमा डाँगीहाट युथ क्लब मोरङले युकेएफसी भारतलाई ट्राइबेकरमा पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीले एक–एक गोलको बराबरी खेलेका थिए। त्यसपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो। युकेएफसी भारतलाई पराजित गरेको डाँगीहाट युथ क्लब प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

निर्धारित समयमा युकेएफसी भारतका लागि खेलको २०औँ मिनेटमा बिरेन प्रधानले एक गोल गरेका थिए। विशाल पाण्डेले ७४औँ मिनेटमा गोल डाँगीहाट युथ क्लबलाई खेलमा फर्काएका थिए।

निर्धारित समयमा खेल बराबरी भएपछि समय थप नगरी सिधा ट्राइबेकरबाट निर्णय लिइएको थियो। ट्राइबेकर डाँगीहाट युथ क्लबका विवेक राई, प्रवीण राई, धिरेन विष्ट र सन याक्खाले गोल गर्दा युकेएफसी भारतका पेमा लामा, तुसार विश्वकर्मा र साहिल राईले गोल गरे।

खेलको म्यान अफ द म्याच डाँगीहाट युथ क्लब मोरङका गोलकिपर चरी लिम्बू भएका छन्। शुक्रबार भएको पहिलो खेलमा एनबिवाइसी सप्तरीलाई दुईका विरुद्ध चार गोल गर्दै आयोजक भोजपुर जिल्ला फुटबल संघ सेमिफाइनल प्रवेश गरेको थियो।

प्रतियोगितामा आठ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा युकेएफसी दार्जिलिङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल संघ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी रहेको खेल संयोजक आङपासाङ शेर्पाले जानकारी दिए।

गोल्डकपको मुख्य प्रायोजक रहेको भोजपुर नगरपालिकाले प्रतियोगिता सञ्चालनका लागि २५ लाख सहयोग गरेको छ । करिब ३२ लाख ८० हजारको लागतमा सञ्चालन भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद पाँच लाख र उपविजेताले तीन लाख पाउने छन्

आइतबार गोर्खा ब्वाइज रुपन्देही र भगवती स्पोर्टस् क्लब खोटाङका बीचमा प्रतिस्पर्धा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले बताए। प्रतियोगिताको फाइनल १६ गते हुनेछ।

प्रकाशित: २०७९ चैत ११ गते शनिवार ०८:४८
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना