युरो कप छनोटमा शनिबार राति भएका खेलमा स्विट्जरल्यान्ड र स्पेनले शानदार जित निकालेका छन्। बेलारुसमा भएको ए खेलमा स्विट्जरल्यान्डले घरेलु टिमविरुद्ध ५–० को सानदार जित निकालेको हो।
स्विट्जरल्यान्डको जितमा स्टेफेनले ह्याट्रिक गरेका थिए। उनले खेलको चौथौ, १७ औं र २९ औं मिनेटमा गोल गर्दै २५ मिनेटमा ह्याट्रिक पुरा गरे। त्यस्तै साकाले ६२ औं मिनेटमा र जेकीले ६५ औं मिनेटमा गोल गरे।
गएरातिकै अर्को खेलमा फरवार्ड इर्लिङ हाल्यान्डबिनै उत्रिएको नर्वेले स्पेनसँग ३–० को हार बेहारेको छ। युरो छनोटकै खेलमा नर्वेले हार व्यहोरेको हो। स्पेनका लागि ड्यानी ओल्मोले एक र जोसेलुले दुई गोल गरे। अन्यखेलमा क्रोएसियाले वेल्ससँग बराबरी खेलेको छ भने रोमानियाँले एन्डोर्रालाई २–० ले हराएको छ।
त्यस्तै कोसोभोले इजरायलसँग बराबरी खेल्दा टर्कीले अर्मेनियामाथि २–१ को जित निकालेको छ।


