काठमाडौं- बंगलादेशको ढाकामा जारी यू-१७ महिला साफ च्याम्पियनसिपमा आइतबार नेपाली टोलीले रसियाली टिमको सामना गर्दैछ। वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा आइतबार साँझ ७ बजे सुरु हुने खेलमा नेपालले रसियाको सामना गर्न लागेको हो।
आइतबारको खेलमा जितको लक्ष्यसँगै लिएर नेपाली टोली मैदान प्रवेश गर्दैछ। पहिलो खेलमा नै भारतसँग हार खेपेको नेपाललाई तालिकामा स्थान सुधार गर्नको लागि अनिवार्य जितको आवश्यकता छ। तर जारी प्रतियोगितामा सबैभन्दा उत्कृष्ट टिम नै रसिया देखिन्छ।
रसिया र युक्रेनको युद्ध चलिरहेले रसियाली टिमलाई फिफा प्रतियोगितामा सहभागी बन्न रोक लगाइको छ। त्यसैले उसले पहिलो पटक दक्षिण एसियामा फुटबल खेलिरहेको छ। साथै यो प्रतियोगिताको लागि आयोजक साफले यूइएफएसँग सहकार्य गरेको छ।
साफको खेलमा भारतसँग ४-१ ले हार व्यहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई ५-० ले हराएको थियो। यता रसियाले भने पहिलो खेलमा बंगलादेशलाई ३-० ले हराएको थियो भने भुटानलाई ९-१ ले हराएको थियो।
बंगलादेश पनि बलियो देखिएको छ। उसले भारतविरुद्ध पनि जित निकालेको छ। त्यसैले नेपालका लागि बाँकी दुवै खेल चुनौतीपूर्ण छन्।


