२०८३ साउन १३ गते बुधबार

उत्तरवाहिनीमा १०८ धारा बनाउँदै मुक्तिनाथ समिति

 |  रासस
Sanket

रासस

काठमाडौँ, साउन २४
glayang

गल्याङ- स्याङ्जाको गल्याङस्थित प्रसिद्ध उत्तरवाहिनी क्षेत्रमा १०८ धारासहित विशाल शङ्ख, हिमाल, गुफा, मुक्तिनाथ भगवानको प्रतिमालगायतका संरचना बन्ने भएको छ। एक सय आठ धारा निर्माण भइरहेका छन्।

गल्याङ नगरपालिका–१ स्थित महालिङ्गधाम भनेर चिनिने ऐतिहासिक शङ्खे पीपल परिसरमा गुफाभित्र झरना, ध्यानस्थल, देवीदेवताका प्रतिमा लगायतका संरचना निर्माण गरिने मुक्तिनाथ धाम निर्माण समितिका संयोजक जगदीश गैरेले जानकारी दिए। उनका अनुसार ७५ मिटर लामो गुफाको प्रवेशद्वारमा शङ्ख र सिंहको प्रतिमा निर्माण हुनेछन्।

कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका सचिव सोमनाथ न्यौपानेले उत्तरवाहिनी क्षेत्रलाई धार्मिक गन्तव्यको केन्द्र बनाउन यस क्षेत्रका नागरिकको विशेष योगदान रहेको बताए। ‘धारा, गुफा, प्रतिमासहितका संरचना बनाउन रू ७० लाख बढी खर्चको अनुमान गरिएको छ’, उनले भने, ‘अहिलेसम्म शिला लेखमा नाम लेखिने गरी इच्छुकबाट प्रतिव्यक्ति रू १२ हजारका दरले सहयोग रकम सङ्कलन गरिएको छ।’

प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्ण प्रभुले हिन्दू धर्मशास्त्रमा उत्तरवाहिनी र कालीगण्डकीको विशेष महत्व रहेको उल्लेख गर्दै प्रतिष्ठानको संरक्षकत्वमा यहाँ कालीगण्डकी गुरुकुल समेत सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार प्राकृतिक अस्पतालसमेत निर्माणाधीन अवस्थामा छ।

‘उत्तरवाहिनी क्षेत्र पछिल्लो समय धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको छ। यहाँ देश तथा विदेशबाट धार्मिक पर्यटक कालीगण्डकी स्नानसँगै शालग्राम चक्रशिलाको पूजाका लागि आउने गरेका छन्’, प्रभुले भने, ‘यस क्षेत्र भगवान् रामसहित मार्कण्डेय, मृकण्डु आदिले तपस्या गरेको ठाउँ हो। ऋषि मार्कण्डेयको जन्म पनि यहीँ भएको विश्वास छ।’

७५ मिटर लामो गुफाको प्रवेशद्वारमा शङ्ख र सिंहको प्रतिमा पनि निर्माण हुनेछ।

यहाँ अद्भुत चक्रशिला, शङ्खको ध्वनि आउने पीपल, एक सय आठ शिवलिङ्ग, करिब दुई सय जना बास बस्न मिल्ने आवास गृह, स्नान गर्न घाटलगायत संरचना भएकाले पनि यसको अत्यन्त महत्व बढे्को उनको भनाइ थियो। यहाँ सुन्दर, मनोरम र आध्यात्मिक साधनाका लागि उपयुक्त भएको भन्दै प्रभुले यहाँ कहिलेकाही र्‍याफ्टिङ पनि हुने जानकारी दिए।

उत्तरवाहिनीमा औँसी तथा कुसे औँसीमा श्राद्ध गर्न आउनेहरूको भीड हुन्छ। वैशाख सङ्क्रान्ति, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघे सङ्क्रान्ति, बालाचतुर्दशीलगायतका विभिन्न तिथि तथा पर्वमा स्नान, पूजा एवं दर्शन गर्न आउनेहरूको भीड लाग्ने गरेको प्रभुले बताए। उनले भने, ‘कालीगण्डकी महालिङ्गधाममा आइपुगेपछि तीन किलो मिटर उत्तरतर्फ फर्केर बगेकाले यस क्षेत्रलाई उत्तरवाहिनी भनिएको हो। उत्तरवाहिनी धार्मिक दृष्टिकोणले निकै दुर्लभ र महत्वपूर्ण मानिन्छ।’

प्रभुले निकट भविष्यमा यसै क्षेत्रमा मार्कण्डेय ऋषिको प्रतिमा निर्माण गरिने तयारी भइरहेको पनि बताए। उनले यस क्षेत्रको महत्व उजागर गरी धार्मिक पर्यटन प्रवद्र्धनसँगै भौतिक संरचनाको विस्तार गर्दै विश्वभर चिनाउने तथा राष्ट्रलाई आर्थिक क्षेत्रमा योगदान पुर्याउने लक्ष्य रहेको स्पष्ट पारे।

गल्याङ बजारका व्यवसायी शिशिर पौडेलले उत्तरवाहिनी धार्मिक दृष्टिकोणले अन्य धार्मिक स्थलभन्दा पृथक लाग्ने भएकाले यो अत्यन्त महत्वपूर्ण रहेको बताए। ‘पैसा खर्च गरेर मुक्तिनाथ जान नसक्नेहरूका लागि मुक्तिनाथबाटै बगेर आएको जलले एक सय आठ धाराबाट स्नान गर्न पाउनु गौरवको विषय हो’, उनले भने, ‘उत्तरवाहिनी क्षेत्रको विकास हुँदा स्याङ्जा, पाल्पा र देशको विकासमा समेत कोसेढुङ्गा सावित हुने विश्वास छ।’

प्रकाशित: २०८० साउन २४ गते बुधबार ०५:१९
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना