२०८३ कार्तिक १३ गते बिहिबार

उत्तरवाहिनीमा १०८ धारा बनाउँदै मुक्तिनाथ समिति

 |  रासस
Sanket

रासस

काठमाडौँ, साउन २४
glayang

गल्याङ- स्याङ्जाको गल्याङस्थित प्रसिद्ध उत्तरवाहिनी क्षेत्रमा १०८ धारासहित विशाल शङ्ख, हिमाल, गुफा, मुक्तिनाथ भगवानको प्रतिमालगायतका संरचना बन्ने भएको छ। एक सय आठ धारा निर्माण भइरहेका छन्।

गल्याङ नगरपालिका–१ स्थित महालिङ्गधाम भनेर चिनिने ऐतिहासिक शङ्खे पीपल परिसरमा गुफाभित्र झरना, ध्यानस्थल, देवीदेवताका प्रतिमा लगायतका संरचना निर्माण गरिने मुक्तिनाथ धाम निर्माण समितिका संयोजक जगदीश गैरेले जानकारी दिए। उनका अनुसार ७५ मिटर लामो गुफाको प्रवेशद्वारमा शङ्ख र सिंहको प्रतिमा निर्माण हुनेछन्।

कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका सचिव सोमनाथ न्यौपानेले उत्तरवाहिनी क्षेत्रलाई धार्मिक गन्तव्यको केन्द्र बनाउन यस क्षेत्रका नागरिकको विशेष योगदान रहेको बताए। ‘धारा, गुफा, प्रतिमासहितका संरचना बनाउन रू ७० लाख बढी खर्चको अनुमान गरिएको छ’, उनले भने, ‘अहिलेसम्म शिला लेखमा नाम लेखिने गरी इच्छुकबाट प्रतिव्यक्ति रू १२ हजारका दरले सहयोग रकम सङ्कलन गरिएको छ।’

प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्ण प्रभुले हिन्दू धर्मशास्त्रमा उत्तरवाहिनी र कालीगण्डकीको विशेष महत्व रहेको उल्लेख गर्दै प्रतिष्ठानको संरक्षकत्वमा यहाँ कालीगण्डकी गुरुकुल समेत सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार प्राकृतिक अस्पतालसमेत निर्माणाधीन अवस्थामा छ।

‘उत्तरवाहिनी क्षेत्र पछिल्लो समय धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको छ। यहाँ देश तथा विदेशबाट धार्मिक पर्यटक कालीगण्डकी स्नानसँगै शालग्राम चक्रशिलाको पूजाका लागि आउने गरेका छन्’, प्रभुले भने, ‘यस क्षेत्र भगवान् रामसहित मार्कण्डेय, मृकण्डु आदिले तपस्या गरेको ठाउँ हो। ऋषि मार्कण्डेयको जन्म पनि यहीँ भएको विश्वास छ।’

७५ मिटर लामो गुफाको प्रवेशद्वारमा शङ्ख र सिंहको प्रतिमा पनि निर्माण हुनेछ।

यहाँ अद्भुत चक्रशिला, शङ्खको ध्वनि आउने पीपल, एक सय आठ शिवलिङ्ग, करिब दुई सय जना बास बस्न मिल्ने आवास गृह, स्नान गर्न घाटलगायत संरचना भएकाले पनि यसको अत्यन्त महत्व बढे्को उनको भनाइ थियो। यहाँ सुन्दर, मनोरम र आध्यात्मिक साधनाका लागि उपयुक्त भएको भन्दै प्रभुले यहाँ कहिलेकाही र्‍याफ्टिङ पनि हुने जानकारी दिए।

उत्तरवाहिनीमा औँसी तथा कुसे औँसीमा श्राद्ध गर्न आउनेहरूको भीड हुन्छ। वैशाख सङ्क्रान्ति, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघे सङ्क्रान्ति, बालाचतुर्दशीलगायतका विभिन्न तिथि तथा पर्वमा स्नान, पूजा एवं दर्शन गर्न आउनेहरूको भीड लाग्ने गरेको प्रभुले बताए। उनले भने, ‘कालीगण्डकी महालिङ्गधाममा आइपुगेपछि तीन किलो मिटर उत्तरतर्फ फर्केर बगेकाले यस क्षेत्रलाई उत्तरवाहिनी भनिएको हो। उत्तरवाहिनी धार्मिक दृष्टिकोणले निकै दुर्लभ र महत्वपूर्ण मानिन्छ।’

प्रभुले निकट भविष्यमा यसै क्षेत्रमा मार्कण्डेय ऋषिको प्रतिमा निर्माण गरिने तयारी भइरहेको पनि बताए। उनले यस क्षेत्रको महत्व उजागर गरी धार्मिक पर्यटन प्रवद्र्धनसँगै भौतिक संरचनाको विस्तार गर्दै विश्वभर चिनाउने तथा राष्ट्रलाई आर्थिक क्षेत्रमा योगदान पुर्याउने लक्ष्य रहेको स्पष्ट पारे।

गल्याङ बजारका व्यवसायी शिशिर पौडेलले उत्तरवाहिनी धार्मिक दृष्टिकोणले अन्य धार्मिक स्थलभन्दा पृथक लाग्ने भएकाले यो अत्यन्त महत्वपूर्ण रहेको बताए। ‘पैसा खर्च गरेर मुक्तिनाथ जान नसक्नेहरूका लागि मुक्तिनाथबाटै बगेर आएको जलले एक सय आठ धाराबाट स्नान गर्न पाउनु गौरवको विषय हो’, उनले भने, ‘उत्तरवाहिनी क्षेत्रको विकास हुँदा स्याङ्जा, पाल्पा र देशको विकासमा समेत कोसेढुङ्गा सावित हुने विश्वास छ।’

प्रकाशित: २०८० साउन २४ गते बुधबार ०५:१९
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना