२०८३ कार्तिक ११ गते मङ्गलबार

विधि लत्याएर भागबन्डा रोज्दा भातृसंस्थाको ‘गलपासो’मा कांग्रेस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २५
nsu

काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेसका भातृसंस्थामा असन्तुष्टिको आगो सल्किएको छ। विधि र विधान अनुसार भातृसंस्थाहरुका नियमित महाधिवेशन गराउन चुकेको कांग्रेस भागवण्डाका आधारमा तदर्थवादी बन्न पुगेको छ। जसका कारण भातृसंस्थाहरुमा सल्किएको असन्तुष्टिको आगोले उग्ररुप लिन थालेको छ।

बुधबार मात्रै नेपाल विद्यार्थी संघमा देखिएको विवाद सानेपामा पुगेर पोखिएको छ। आन्तरिक विशेष अभियान लिएर गाउँ पसेको कांग्रेसमा भातृसंस्थाको कलह भने बढ्दै गएको छ। नेविसंघ र महिलासंघमा देखिएको कलहले उग्ररुप लिन थालेको छ।

२०७३ महाधिवेशन हुन नसकेको नेविसंघमा मंगलबार अध्यक्ष सहित ७११ सदस्यीय तदर्थ समिति गठन भएको छ। करिब १६ महिना अध्यक्ष दुजाङ शेर्पाले एकल रुपमा चलाएको नेविसंघमा कांग्रेस सभापति शेरबहादुर देउवाले ७१० जनालाई केन्द्रीय सदस्य मनोनित गरे। तर, इतिहासकै जम्बो समिति बनाउँदा पनि नेविसंघको एउटा पक्ष असन्तुष्ट छ। बुधबार असन्तुष्ट पक्षले समानान्तर समिति पार्टी केन्द्रीय कार्यालय सानेपाबाट घोषणा गर्ने तयारी गरेको थियो। तर, प्रहरी प्रयोग गरेर असन्तुष्ट समूहलाई सानेपा प्रवेशमा रोक लगाइएको छ। केन्द्रीय कार्यालयमा भेला गर्न नदिइएपछि असन्तुष्ट पक्षले पार्टी सभापति शेरबहादुर देउवाको घर घेर्ने चेतावनी दिएको छ।

असन्तुष्ट समूहले सानेपामा प्रदर्शन जारी राख्दा अध्यक्ष शेर्पा पक्ष नाराबाजी गर्दै सोही ठाउँमा पुगेका थिए। जसका कारण दुईपक्षबीच सामान्य झडप समेत भएको थियो। अध्यक्ष शेर्पा समूहले अवरोध गरेपनि असन्तुष्ट समूहले कोणसभा गरेको थियो। सभालाई सम्बोधन गर्दै त्रिविका पूर्वसभापति योगेन्द्र रावलले भाडाका गुण्डा र प्रहरी लगाएर आफूहरुलाई रोकिएको आरोप लगाए।

‘हाम्रा महामन्त्रीका दैलो पनि देखेका छौं, भोलि हामी शेरबहादुर देउवाको घर घेर्न जाँदैछौं । नेविसंघ भनेको देउवाका भतिजा, गगन थापाका साला र केही नेताका गर्लफ्रेण्ड व्यवस्थापन गर्ने संस्था होइन । के नेविसंघको सदस्य हुन नेताको साला भतिजा र गर्लफ्रेण्ड हुनुपर्ने हो ?,’ उनले भने, ‘हामी यो स्वीकार गर्दैनौं र अब देशभरका साथीहरू बोलाउँछौं ।’

असन्तुष्ट समूहले समानान्तर समिति घोषणा गर्ने तयारी गरिरहेको छ भने दुजाङ समूहले भेलामा सहभागी नहुन चेतावनी दिइरहेको छ। नेविसंघको महाधिवेशन पनि ०७३ पछि हुन सकेको छैन। उक्त महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका नैनसिंह महरले साढे २ वर्षसम्म पनि महाधिवेशन गरेर जिम्मेवारी हस्तान्तरण गर्न नसकेपछि राजीनामा दिएका थिए।

०७६ माघ १६ गते राजीव ढुंगानाको अध्यक्षतामा तदर्थ समिति बनाइएको थियो। तर, उनी कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए। ढुंगाना पार्टीको केन्द्रीय सदस्य बनेको ५ महिनापछि देउवाले शेर्पालाई नेविसंघको जिम्मेवारी सुम्पिएका थिए।

महिलासंघमा पनि किचलो
कांग्रेसको अर्को भातृसंस्था नेपाल महिला संघमा पनि संस्थापन र इतर समूहबीच किचलो देखिएको छ। दुई पक्षले एकअर्काप्रति आरोप-प्रत्यारोप गरिरहेका छन्। दुवै पक्षले एकअर्कालाई लगाउने आरोप भने समान छ- विधान विपरीत काम गरेको।

अध्यक्ष उषा राउत मिश्रले १२ जिल्ला अध्यक्ष हटाएको भन्दै संस्थापन इतर समूहले विरोध गरेको छ। विधानको धारा ३८ मा भएको स्पष्टीकरणको मौकासमेत नदिई नयाँ अध्यक्ष तोकिएको आरोप उक्त समूहको छ। इतर समूहका २० केन्द्रीय सदस्यले अध्यक्ष मिश्रलाई बर्खास्त गर्नुपर्ने माग राखेका छन्। महिलासंघको तदर्थ समिति ५२ सदस्यीय छ।

संघकी केन्द्रीय सदस्य रीता शाहीले महाधिवेशन गर्ने जिम्मा पाएको नेतृत्वले धमाधम जिल्ला नेतृत्वलाई हटाउनु दुःखद् भएको बताइन्। अध्यक्ष मिश्रले सोलुखुम्बुका अध्यक्ष छिल्हामु शेर्पा, बारा अध्यक्ष सीता मैनाली, पर्साका अध्यक्ष विद्या श्रेष्ठ, सिरहा सभापति विमला निरौला, ताप्लेजुङ अध्यक्ष मीना गुरुङ, इलाम अध्यक्ष निर्मला सञ्जेल, महोत्तरी अध्यक्ष वीना तिवारी, रौतहट अध्यक्ष भुवनी गिरी, कास्की अध्यक्ष कोपिला रानाभाट, झापा सभापति सुशीला ढकाल र हुम्ला सभापति विजया बुढालाई हटाएको इतर समूहले बताएको छ।

विधानविपरीत हटाइएका जिल्ला अध्यक्षलाई पुनर्बहाली नगरे देशभर समानान्तर समिति गठन गर्ने चेतावनी इतर समूहले दिएको छ। तर, मिश्रले भने आफूले विधान विपरित कुनै काम नगरेको र इतर समूहले मिडियामा स्टन्ट गरेको दाबी गरेकी छन्। इतर समूहका नेताहरुले अनुशासनमा बसेर काम नगरेको बताउँदै उनले ठूला कुरा गर्दै हिँडेको आरोप लगाएकी छन्।

कांग्रेसले तरुण दलको असारमा विस्तारित समितिप्रति पनि पार्टी भित्रै असन्तुष्टि छ। साउन २ देखि १० गतेसम्म बसेको केन्द्रीय समिति बैठकमा नेताहरुले तरुण दलको केन्द्रीय समितिबारे असन्तुष्टि राखेका थिए। पार्टी संगठनमा कामै नगरेका, रुख चिन्हमा मतदान नै नगरेकाहरुलाई तरुण दलको केन्द्रीय सदस्य बनाइएको भन्दै नेताहरुले असन्तुष्टि पोखेका थिए।

प्रकाशित: २०८० साउन २५ गते बिहिबार ०७:२५
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना