काठमाडौं– स्पेनिस क्लब रियल मड्रिडले पहिलो रोजाइका गोलकिपर थिबाउट कोर्टुवा घाइते भएपछि नयाँ गोलकिपरको खोजी गरिरहेको छ। कोर्टुवा लामो समय मैदान बाहिर रहने भएका कारण रियलले उनको विकल्पको खोजी गरेको हो। यस्तोमा रियलको नजर म्यानचेस्टर युनाइटेडका पूर्व गोलकिपर डेभिड डि गिया माथि छ।
खेल सम्बन्धि विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका समाचार अनुसार रियलले यसै सिजन युनाइटेड छाडेका गियालाई भित्र्याउने तयारी गरेको छ। उनी सन् २०११ मा सपेनिस क्लब एटलेटिको मड्रिडबाट युनाइटेड गएका थिए। उनले युनाइटेडका लागि ५ सय ४५ खेल खेलेका छन्।


